Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

सडकको माग गर्दै ७८ वर्षीय वृद्ध अनशनमा बसेपछि..

\"\" बैतडी । गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बसेका छन् । दशरथचन्द नगरपालिका–१ खालका ७८ वर्षीय वृद्ध हरिजित सिंह टेर यहि जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा बसको हो । गाउँमा गाडी पुगेको हेर्ने धोको भएकाले आफू सडकको माग गर्दै अनशन बसेको अनशनरत वृद्ध टेरको भनाइ रहेको छ । विगतमा गुरुखोलादेखि खालसम्म सडकको सर्वे भएको र त्यतिबेला सर्वे भएका अरु ठाउँमा सडक पुगे पनि आफ्नो गाउँमा सडक नपुग्दा अनशन बसेको उउने पनि । “सडकका लागि विनियोजन भएको रकम अन्यत्रै रकमान्तरण गरिन लागेको सुन्नमा आएकाले अनशन बसेको हुँ”, उनले बताए । उता गुरुखोलादेखि खालसम्मको सडक निर्माण गर्न रु १४ लाख ५० हजार विनियोजन गरिएको र स्थानीयले जग्गा दिन नमानेपछि सडक खन्न शुरु नभएको दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनप्रसाद भट्टले बताए । रकम विनियोजन भएको १० महिना बितिसकेको र पटकपटक जग्गावालासँग छलफल गर्दासमेत उनीहरु सडक खन्न सहमत नभएका कारण सडक निर्माण कार्य अगाडि बढ्न नसकेको हो, उनले भने । “अझै पनि जग्गावाला जग्गा दिन सहमत भएमा सडक निर्माण कार्य अगाडि बढाइनेछ”, उनी भन्छन् । यता अनशनरत वृद्धले भने सडक निर्माण कार्य शुरु नहुँदासम्म अनशन जारी राख्ने बताएका छन्। राजमार्ग भत्काएर सडक बनाउँदा समस्या यसैबीच, स्थानीय तहले मनलाग्दी हिसाबले शाखा सडक निर्माण गर्न थालेपछि राष्ट्रिय राजमार्गमा समस्या देखिएको डिभिजन सडक कार्यालय, पाटन बैतडीले जनाएको छ । अहिले सबै ठाउँमा राष्ट्रिय राजमार्गलाई जोडेर शाखा सडकको ट्रयाक खोल्ने कार्य भइरहेको र धेरै ठाउँमा सडक नै जोखिममा पार्ने गरेर शाखा सडक निर्माण भइरहेको डिभिजन कार्यालयका प्रमुख अमित श्रेष्ठले जानकारी दिए । दोगडाकेदार गाउँपालिकाले सिल्लेगडा–काँडा–सुनखोला–कपडा सडक निर्माण गर्दा महाकाली राजमार्गको केही भाग भत्काएर ट्रयाक खोलेको उहाँले आरोप लगाएका छन् । यो विषयमा गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले भने आफूहरुले सडकलाई क्षति पु¥याउने नियतले सडक निर्माण नगरेको तर ट्रयाक खोल्दा केही प्राविधिक समस्या भएको हुनसक्ने बताए । आफूहरुले वाल लगाएर सडकमा पुगेको क्षतिलाई कम गर्ने उहाँले दाबी गर् । सार्वजनिक सडक ऐन २०३१ ले राष्ट्रिय राजमार्गबाट शाखा सडक निर्माण गर्दा सडक कार्यालयको अनुमति लिनुपर्ने, सडक भत्काएर निर्माण गर्नुपरे धरौटी राखेर मात्रै निर्माण गर्नुपर्ने भएपनि बैतडीमा मनोमानी हिसाबले सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए । उनले भने “बिना स्टमेट बनेका सडकले भोलिका दिनमा समस्या निम्त्याउनेछ” यसरी राजमार्ग नै क्षति गरेर शाखा सडकले राजमार्ग क्षेत्रमा दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ । बैतडीका अधिकांश स्थानीय तहहरुले सडकलाई प्राथमिकतामा राखेर ग्रामीण सडक निर्माण गरिरहेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies