Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

ल्यापटप चलाउन नजान्ने मन्त्रीलाई बिदाई गर्ने ओलीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिना भित्र मन्त्रीहले ल्यापटप चलाउनु जान्नै पर्ने बताएका छन् । मन्त्रीपरिषदको बैठकलाई समेत कागजमुक्त बनाउने भन्दै उनले ल्यापटप चलाउन नजान्ने मन्त्रीलाई पदबाटै बिदा गरिने चेतावनी समेत दिएका छन्। ‘मैले मन्त्रीपरिषदमा भनि सकेको छु, अब कागजको ढ्ड्डा राख्दैंनौं,’ उनले भने, ‘बैठक सुरु हुने बित्तिकै ल्यापटपमा कार्यक्रमरएजेण्डा आउँछ ।’ ६ महिना भित्र मन्त्रीपरिषदको बैठकलाई कागजी ढड्डा मुक्त बनाउने उनले घोषणा गरेका हुन् । ‘६ महिना सम्म मन्त्री जीहरुले सहयोगीको सहयोग लिन सक्नुहुन्छ,’ उनले थपे, ‘६ महिना पछि आफैं ल्यापटप चलाउन नजाने अर्को चान्समा सिकेर आउनु होला, यहि ल्यापटप लिएर जानु भनेर बिदा गरिन्छ ।’ नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औँ महाधिवेशन बुधबार राजधानीको राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकहरुलाई आफ्नो विषयमा विज्ञ हुन आग्रह गरेका छन् । ‘अंग्रेजी पढाउने शिक्षकले अंग्रेजी पढाउन जान्नै पर्छ । ल्यापटप चलाउन नजान्ने मन्त्रीहरुलाई बिदाई गरेजस्तै पढाउन नसक्ने शिक्षकहरुलाई पनि बिदाई गरिने उनको भनाई थियो । ‘सिकाईलाई प्रविधिमैत्री बनाउनु आवश्यक छ,’ उनले भने, ‘पढाई सकेपछि रोजगारी खोज्ने होइन, जागिरले योग्य जनशक्ति खोज्दै आउने वातावरण बनाईन्छ ।’ विद्यार्थीलाई आधुनिक, प्रतिस्पर्धी, गुणात्मक, उत्पादनमुखि शिक्षा दिनसक्नु पर्छ  । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले शिक्षा क्षेत्रमा छुट्टाएको बजेटलाई अधिकत्तम प्राविधिक शिक्षामा खर्च गर्न जोड दिने बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: