Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

काठेपुल बगाएपछि जीप चढ्ने इच्छा अधूरै

बझाङ । सेती नदीमा राखिएको काठेपुल नदीले बगाएपछि यातायात बन्द हुँदा स्थानीयवासीका इच्छा अधूरै रहेका छन् । दुर्गाथली र थलारा गाउँपालिकाबीच झनाना बजारनिर निर्माण गरिएको सेती नदीको काठे पुल नदीले बगाउँदा समस्या आएको छ । गाउँमा गाडी चल्दा नून, तेल, चामल र गहु खरीदमा सस्तो हुने गरेको थियो । त्यस्तै सदरमुकाम चैनपुरदेखि अन्य ठाउँमा जान आउन सजिलो हुने गरेको थियो । अहिले नदीमा पानी बढेसँगै नदीमाथि बनाएको काठे पुल बगाउँदा आफूलाई निकै समस्या भएको थलारा गाउँपालिका–४ का पदम खड्काले बताए। उनले भने, “खेतमा फलेको अन्नले तीन महिना खान पुग्दैन, सधैँ खाद्य खरीद गरेर खानुपर्छ । दुई महिनाअघि खोली बजारमा चामलको मूल्य मोटो चामल ५० केजीको मूल्य रु एक हजार ८०० थियो । अहिले गाडी बन्द भएसँगै त्यसको मूल्य रु दुई हजार ३०० भएको छ । बर्खायाममा रु तीन हजारसम्म हुन्छ । धनीलाई मालामाल, गरीबलाई थाप्लोमा ऋण थपिने समय आयो, नदीमा पुल भए पुरानै भावमा चामल खान पाइन्थ्यो होला ।” झोताको भैरव उमाविमा अध्ययनरत थलारा, खोलीकी छात्रा सरिता गुरुले जीप चल्दा २५ मिनेटमा पुग्ने गरेकामा अहिले पूरै एक घण्टाभन्दा बढी पैदल समय लाग्ने गरेको बताए । उनले भने, “झोतामा डेरा गरेर बसौँ भने एक त कोठा पाइँदैन, छोरी मान्छे एक्लै बस्न गाह्रो हुन्छ, जेठको प्रचण्ड गर्मीमा हिँडेर जानुपर्छ अध्ययन गर्न, हलमा बस्दा शीतल हुने भएकाले पढलेख गर्नुको साटो निद्रा लागेर हैरानी हुन्छ । यातायात सुविधा भएको भए यस्तो दुःख भोग्नु पर्ने थिएन । नदीमा कहिले पक्की पुल बन्छ र निर्धक्क भए विद्यालय हलमा बसेर पढ्न पाइन्छ भन्ने लागेको छ । हाम्रो मर्का कसले बुझ्ने ? गाउँपालिकाबाट काठे पुलको लागि लाखौँ रुपैया खर्च गरेको भए पनि दुई महिनामा सबै सेतीले बगाएर लग्यो ।” दुई महिनाका लागि भए पनि गाउँपालिकाका बासिन्दालाई राहत पुग्छ भन्ने उद्देश्यले रु नौ लाख ९४ हजार ९३२ खर्च गरे सेती नदीमा काठे पुल निर्माण गरी अस्थायी रुपमा जीप यात्रु, ट्र्याक्टर सामान ओसारपसार र स्काभेटर सडक कटान गर्न मंसिरदेखि वैशाखको अन्तिमसम्म राखिएको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्याले बताए । उनले भने “हामीलाई जनताले विकास गर्ने भनेर पठाएका हुन्, हामी जनतालाई विकास दिन्छौँ ।” काठे पुल अलि अग्लो बनाएको भए असारसम्म वारपार गर्न हुने बताइएको छ । पक्की पुल निर्माणको काम पनि तीव्र रुपमा सञ्चालन भइरहेको उनले बताए । पुल एक वर्षभित्र पूरा हुने बताइएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies