Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

बुटवलमा छुट्टै ‘ट्रान्सपोर्ट भिलेज’

 

रुपन्देही । नगरभरि छरिएर रहेका ढुवानी तथा यातायात व्यवसायलाई एउटै जग्गामा व्यवस्थापन गर्ने गरी बुटवलमा छुट्टै ‘ट्रान्सपोर्ट भिलेज’ बनाउन शुरु गरिएको छ ।

बुटवल उपमहानगरपालिका– १२ भैरहवा टोलमा रहेको सार्वजनिक जग्गालाई संरक्षण गर्दै ट्रान्सपोर्ट भिलेज बनाउने काम अघि बढाइएको छ । भैरहवा टोलमा पवित्र युवा क्लबले डेढ दशकदेखि संरक्षण गर्दै आएको ५४ बिगाह जग्गा सुकुम्बासीका नाममा अतिक्रमण हुँदै आएपछि अहिले उपमहानगरपालिकाले संरक्षण शुरु गरेको छ । संरक्षितमध्येको साढे तीन बिगाह क्षेत्रफलमा ट्रान्सपोर्ट भिलेज बनाइने उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । खेल मैदानसहित तारबार गरेर संरक्षण गरेको जग्गासहित सार्वजनिक स्वामित्वको खाली जग्गामा व्यवस्थित संरचना बनाउन लागिएको हो । सार्वजनिक जग्गामा अहिले २५ परिवारले घर बनाएर अतिक्रमण गरेका छन् भने केहीले आफन्तका नाममा घर घडेरीको कारोबार गरिरहेका छन् । स्थानीय अगुवा गुरुप्रसाद शर्माले भने “अतिक्रमण गर्ने प्रवृत्ति रोक्न जरुरी छ, जनप्रतिनिधिले राम्रो कामको थालनी गर्दा खुशी लागेको छ ।” अतिक्रमित जग्गा नापजाँचपछि सार्वजनिक जग्गा प्रमाणित भएमा अतिक्रमणकारीलाई कानूनअनुसार हटाइने र त्यहाँ ट्रान्सपोर्ट भिलेज बनाउने योजना रहेको उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताए । पहिलो चरणमा आठ बिगाह १० कट्ठा जग्गा नापजाँच गरिएको छ । कुनै पनि व्यक्तिको सम्पत्तिमाथि नगरपालिकाले दाबी नगर्ने र स्थानीयवासीको सहमति र सहकार्यमै सार्वजनिक जग्गाको संरक्षण गरिने उनको भनाइ छ । अर्का अगुवा खगुलाल गिरी सार्वजनिक जग्गाको संरक्षणमा समुदायले पनि चासो दिन जरुरी रहेको बताए । यसका लागि संरक्षण अभियान सञ्चालन गर्नु जरुरी छ । उपमहानगरपालिकाले तीन बिगाह १० कट्ठा क्षेत्रफलमा ट्रकलगायतका ढुवानीका सवारी साधन पार्किङ गर्ने गरी ट्रान्सपोर्ट भिलेज बनाउन थालेको हो । ट्रान्सपोर्ट भिलेज नहुँदा बुटवल बजारमा सामान ढुवानी गर्न आवतजावत गर्ने ट्रकलगायतका साधनले ट्राफिक जाम र बजारलाई नै अस्तव्यस्त बनाउने गरेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending