Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

गुण्डागर्दी र लागुऔषध नियन्त्रणका लागि समिति गठन

 

काठमाडौं । गोँगबु, नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन सात वटा समिति गठन गरिएको छ । महानगरीय प्रहरी प्रभाग नयाँबसपार्क, सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा आज नयाँ बसपार्क र त्यस क्षेत्र वरपर हुने अपराध नियन्त्रण गर्न समिति गठन गरिएको हो ।

गठन गरिएका समितिहरुमा लागुऔषध नियन्त्रण तथा निराकरण समिति, महिला विरुद्धको अपराध नियन्त्रण समिति, व्यवस्थित फुटपाथ तथा पार्किङ समिति, होटल लज रेष्टुराँ, डान्स बार व्यवस्थित समिति, अवैध धन्दा निराकरण समिति, गुण्डागर्दी नियन्त्रण तथा निराकरण समिति र सार्वजनिक स्थान सरसफाइ समिति रहेका छन् । प्रभाग प्रमुख प्रताप पौडेलले गोँगबु, नयाँ बसपार्क क्षेत्रको अपराध नियन्त्रण गरी उक्त क्षेत्रलाई सबैको रोजाइको क्षेत्र बनाउनका लागि विभिन्न समिति गठन गरिएको जानकारी दिए । “गोँगबु क्षेत्रको शान्तिसुरक्षालाई बलियो बनाउनका लागि स्थानीय जनताको साथ सहयोग आवश्यक छ,” उनले भने । स्थानीय सामुदायिक सेवा केन्द्रका कार्यवाहक अध्यक्ष शैलेश कार्कीले नेपालको एक मात्र राष्ट्रिय बसपार्क रहेको नयाँ बसपार्कको शान्तिसुरक्षालाई बलियो बनाउन केन्द्रले प्रहरीसँग मिलेर समिति गठन गरेको जानकारी दिनुभयो । “प्रहरीलाई सहयोग गर्ने भनेको स्थानीयवासीले नै हो,” उनले भने । सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख दीपेन्द्रबहादुर मल्लले बिना बर्दीका प्रहरका रुपमा गोँगबु क्षेत्रलाई उपत्यकाको नमूना क्षेत्र बनाउन स्थानीय जनताको सहयोग प्रहरीलाई आवश्यक पर्ने बताए । गठन गरिएका समितिमा अनिवार्य एक प्रहरीसहित स्थानीयवासीको सहभागिता रहनेछ । प्रत्येक समितिमा कम्तीमा १५ सदस्य रहने व्यवस्था गरिएको छ । गोँगबु क्षेत्रमा एक हजारभन्दा धेरै होटल, लज, बार तथा रेष्टुराँ सञ्चालनमा छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending