Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

उपत्यकामा एक साताभित्रै स्मार्ट लाइसेन्स !

\"\"काठमाडाैं । यातायात व्यवस्था विभागले एक महिनाभित्र स्मार्ट लाइसेन्स दिने तयारी थालेको छ । ‘देशभरको जुनसकै यातायात कार्यालयबाट ट्रायल पास गरे पनि स्मार्ट कार्ड प्रदान गर्छौं’, विभागका निर्देशक एवम् सूचना अधिकारी तुलसीराम अर्यालले भने– ‘राजस्व तिरेको एक महिनाभित्र स्मार्ट लाइसेन्स लिन सकिन्छ।’ आजको नेपाल समाचारपत्रमा खबर छ-तर उनले काठमाडौं उपत्यकामा भने एक साताभित्रै दिन सकिने दाबी गरे। सेवाग्राहीले सवारी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेको ७ महिना हुनलाग्दा पनि लाइसेन्स पाउन सकेका छैनन्। कार्डका लागि समयमै टेन्डर नहुँदा लाइसेन्स वितरणमा विलम्ब भएको हो। गत असोजमा ट्रायल पास गरेका सेवाग्राहीले अहिलेसम्म लाइसेन्स पाएका छैनन्। असोजयता मात्र साढे ५ लाख स्मार्ट कार्ड प्रिन्ट हुन सकेको छैन। सेवाग्राहीहरू स्मार्ट लाइसेन्स लिनका लागि दिनहुँ यातायात व्यवस्था विभाग धाउने गरेका छन्। विभागले सहजरूपमा स्मार्ट कार्ड वितरण गर्नका लागि बिहान सात बजेदेखि बेलुका सात बजेसम्म दुई सिफ्टमा स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने व्यवस्था गर्न लागिएको जनाएको छ। सूचना अधिकारी अर्यालले लाइसेन्स वितरणमा ढिलाइ हुनुमा विभाग नै जिम्मेवार रहेको स्वीकार्दै गत वर्ष टेन्डर नहुँदा समस्या आएको बताए। स्मार्ट लाइसेन्स दिन अर्थ मन्त्रालयसँग बजेट स्वीकृति लिइसकिएकाले कार्ड टेन्डरमा आर्थिक समस्या नहुने उनको भनाइ थियो। ‘साढे ७ लाखमध्ये साढे ३ लाख कार्ड आइसकेका छन्, साढे ३ लाख कार्ड छाप्नका लागि ४ वटा प्रिन्टर एक महिनाभित्र आउँदैछन्’, अर्यालले भने– ‘अब देशभरका कार्ड छाप्न ९ वटा प्रिन्टर चलाउँछौ।’ अहिले दैनिक १२ सय कार्ड मात्र छापिँदै आएको र त्यसमा बढाएर अब दैनिक ३ हजार बनाइने उनले जानकारी दिए। ९ वटा प्रिन्टर दैनिकरूपमा सञ्चालन गरेको अवस्थामा अझै २ महिनामा साढे २ लाख कार्ड छापिने र त्यसपछि सहजरूपमा वितरण गर्न सकिने गृहकार्य विभागले गरेको छ। २०७२ मंसिरबाट स्मार्ट कार्ड वितरण प्रक्रिया शुरू भएको थियो। सूचना अधिकारी अर्यालका अनुसार २०७२ मंसिरबाट हालसम्म ३ लाख ५० हजार स्मार्ट कार्ड वितरण भइसकेका छन्। विभागले कागजी लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स लागू गरेपछि दिन प्रतिदिन माग बढ्दै गएको छ। कागजी लाइसेन्स हुनेहरूले समेत स्मार्ट कार्डका लागि निवेदन दिएका छन्। विभागले गतअसोजमा एकै पटक ७ लाख ५० हजार कार्डका लागि भद्रास प्रिन्टसँग सम्झौता गरेको थियो। अहिले दैनिक झण्डै ४ हजार कार्डको माग छ। देशभर हाल २८ लाख सवारीसाधन रहेको विभागसँग तथ्यांक छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending