Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

नेपाली महिला बेलायती विश्वविद्यालयको पाठ्यक्रममा

\"\"काठमाडौं । नेपाली महिलाका जीवनी बेलायतको लिभरपुलस्थित लिभरपुल जोन मुर्स विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा समावेश गरेको छ । विभिन्न क्षेत्रमा सक्रिय २५ जना महिलाका प्रेरणादायी जीवनी विश्वविद्यालयको मानविकी र समाज विज्ञान विभागले स्नातकोत्तर तहको पाठ्यक्रममा राखी अध्यापन गराउन थालेको हो । आजको अन्नपूर्णमा खबर छ-१४ वर्षअघि सुरु सेलिब्रेटिङ वुमनहुड नवदेवी अवार्ड्सबाट सम्मानित नेपाली महिलाका जीवनीलाई पुस्तकको रूप दिएर पाठ्यक्रममा राखिएको हो । अवार्डकी परिकल्पनाकार एवं संयोजक सिर्जनासिंह योञ्जन र विश्वविद्यालयकी रिडर डा. सारा पार्करले तयार पारेका ‘सेलिब्रेटिङ वुमनहुड : विमेन हू इन्स्पायर पोजेटिभ चेन्ज’ पुस्तकमा समाज परिवर्तनमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने महिलाका संघर्ष कथा समेटिएका छन् । लामो समय नेपाली महिलाबारे अध्ययन अनुसन्धान गरी बटुलेका तथ्य अध्यापनमा समेट्दै आएकी सारा विश्वविद्यालयको पाठ्यक्रममा नेपाली महिलाको जीवनी समेटिँदा बेलायती विद्यार्थी पनि प्रेरित हुने बताइन् । पाठ्यक्रममा समेटिएका महिला आफ्ना कामका कारण निकै चर्चित र प्रेरणादायी भएकाले उनीहरूको जीवनी पढ्ने विद्यार्थी पनि उत्साहित हुने उनले बताइन् । ३० वर्षदेखि नेपाल ओहोरदोहोर गर्दै पद्मकन्या क्याम्पसको सानिध्यमा महिलामाथि काम गर्ने उनले बेलाबेला बेलायतबाट विद्यार्थी ल्याएर अध्ययन गराउने गरेकी थिइन् । अहिले पाठ्यक्रममा समेटिँदा धेरै सजिलो भएको र बेलायती विद्यार्थीले बेलायतभन्दा यहाँ वास्तविक महिलावाद देख्न पाएको धारणा उनले राखिन् । विश्वविद्यालयले वेबसाइटमा पनि यी नेपाली महिलाका जीवनीको अनलाइन संस्करण अपलोड गरिसकेको छ । यसको नेपाली संस्करण प्रकाशन गरेर पद्मकन्या कलेजको पाठ्यक्रममा पनि समावेश गर्न पहल गरिने भएको छ । पाठ्यक्रममा समेटिएका महिलाले फरक भौगोलिक क्षेत्र, संस्कृति, सामाजिक र आर्थिक अवस्थाका साथै फरक व्यवसायको प्रतिनिधित्व गरेका छन् । पहिलो चरणमा २५ जनाको जीवन संघर्ष पाठ्यक्रममा समावेश गरिए पनि हालसम्म नवदेवी सम्मान पाउने सबैलाई समेटिने आयोजकले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending