Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

नेपाली महिला बेलायती विश्वविद्यालयको पाठ्यक्रममा

\"\"काठमाडौं । नेपाली महिलाका जीवनी बेलायतको लिभरपुलस्थित लिभरपुल जोन मुर्स विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा समावेश गरेको छ । विभिन्न क्षेत्रमा सक्रिय २५ जना महिलाका प्रेरणादायी जीवनी विश्वविद्यालयको मानविकी र समाज विज्ञान विभागले स्नातकोत्तर तहको पाठ्यक्रममा राखी अध्यापन गराउन थालेको हो । आजको अन्नपूर्णमा खबर छ-१४ वर्षअघि सुरु सेलिब्रेटिङ वुमनहुड नवदेवी अवार्ड्सबाट सम्मानित नेपाली महिलाका जीवनीलाई पुस्तकको रूप दिएर पाठ्यक्रममा राखिएको हो । अवार्डकी परिकल्पनाकार एवं संयोजक सिर्जनासिंह योञ्जन र विश्वविद्यालयकी रिडर डा. सारा पार्करले तयार पारेका ‘सेलिब्रेटिङ वुमनहुड : विमेन हू इन्स्पायर पोजेटिभ चेन्ज’ पुस्तकमा समाज परिवर्तनमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने महिलाका संघर्ष कथा समेटिएका छन् । लामो समय नेपाली महिलाबारे अध्ययन अनुसन्धान गरी बटुलेका तथ्य अध्यापनमा समेट्दै आएकी सारा विश्वविद्यालयको पाठ्यक्रममा नेपाली महिलाको जीवनी समेटिँदा बेलायती विद्यार्थी पनि प्रेरित हुने बताइन् । पाठ्यक्रममा समेटिएका महिला आफ्ना कामका कारण निकै चर्चित र प्रेरणादायी भएकाले उनीहरूको जीवनी पढ्ने विद्यार्थी पनि उत्साहित हुने उनले बताइन् । ३० वर्षदेखि नेपाल ओहोरदोहोर गर्दै पद्मकन्या क्याम्पसको सानिध्यमा महिलामाथि काम गर्ने उनले बेलाबेला बेलायतबाट विद्यार्थी ल्याएर अध्ययन गराउने गरेकी थिइन् । अहिले पाठ्यक्रममा समेटिँदा धेरै सजिलो भएको र बेलायती विद्यार्थीले बेलायतभन्दा यहाँ वास्तविक महिलावाद देख्न पाएको धारणा उनले राखिन् । विश्वविद्यालयले वेबसाइटमा पनि यी नेपाली महिलाका जीवनीको अनलाइन संस्करण अपलोड गरिसकेको छ । यसको नेपाली संस्करण प्रकाशन गरेर पद्मकन्या कलेजको पाठ्यक्रममा पनि समावेश गर्न पहल गरिने भएको छ । पाठ्यक्रममा समेटिएका महिलाले फरक भौगोलिक क्षेत्र, संस्कृति, सामाजिक र आर्थिक अवस्थाका साथै फरक व्यवसायको प्रतिनिधित्व गरेका छन् । पहिलो चरणमा २५ जनाको जीवन संघर्ष पाठ्यक्रममा समावेश गरिए पनि हालसम्म नवदेवी सम्मान पाउने सबैलाई समेटिने आयोजकले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending