Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

लाहोर डायरी: जहाँ महिलाले सर्टिफिकेट सिरानीमै थन्क्याउँछन्

\"\"हेलो ! कतैबाट आवाज आयो । पुलुक्क मात्रै के हेरेका थियौँ हामीले ठम्याइहाल्यौँ, हामीलाई लिन आएका पास्कितानी साथी यिनै हुन् भनेर । पातलो शरीर, सुकिलो अनुहार, आँखामा कालो चस्मा । उनीसँगैका अर्का साथी पनि उस्तै पातलो शरीरका, तालुमा थोरै कपाल भएका । पाकिस्तानी उर्दू लवजमा हालखबर सोधे । यसअघि धेरैपटक देखभेट भएझैँ आत्मीय तरिकाले अँगालो मारे । हामी लाहोर सहर प्रवेश गर्‍यौँ । अाजको नयाँ पत्रिकामा लेखिएको छ-थकानले कतिवेला लाहोर पुगिएला र आरामले बस्न पाइएला भन्ने हतारोमा थियौँ । करिब ३५ घन्टे रेलको यात्रा पार गरी सुगौलीदेखि अमृतसहर पुगेका थियौँ । हाम्रा कुरा सुनेपछि कमरेड आडम पालले ‘तपार्इंहरू धेरै थाक्नुभएको होला’ भन्दै आराम गर्न आग्रह गरे । तर, हामीले घुमघामलाई प्राथमिकता दियौँ । थकाइ मार्नुभन्दा सहर घुम्न हामीले आग्रह गर्‍यौँ । नाइटलाइफको लाहोर कस्तो हुँदो होला ? हुटहुटी मनमा थियो । मैले पहिलोपटक पाकिस्तानमा पाइला टेकेको थिएँ । साथी संघर्ष दाहाल भारत आउने–जाने धेरै गरेका रहेछन् । तर, उनका लागि पनि पाकिस्तान नौलो रहेछ । पास्कितान भन्नेबित्तिकै मलाई महिलाले लगाउने बुर्का र हतियारद्वारा सुसज्जित आतंकवादको झझल्को आउँथ्यो । हाम्रोजस्तै धुलो, मैलो र दुर्गन्धित सहरको कल्पना थियो । तर, लाहोर कल्पना गरेभन्दा फरक थियो । ००० फराकिला बाटाहरू । तल–माथि हुइँकिएर गाडी गुड्ने सहर । विश्वविद्यालयलगायत अन्य शैक्षिक संस्था र कर्पोरेट हाउसहरू । ठूला, अग्ला, सफा र सुन्दर भवन मनै लोभ्याउने खालका थिए । लाहोर सहरमा मात्रै साढे २ करोड जनसंख्या, झन्डै नेपालको कुल जनसंख्याजत्तिकै । दिनरात ननिदाई जागै बस्दो रहेछ, लाहोर सहर । लाहोरमा महिलाको अवस्था कल्पना गरेजस्तै खालको लाग्यो । नेपालमा बढ्दै गएको स्वतन्त्रतालाई पनि पश्चिमाहरूले महिलाको सवालमा ‘नराम्रो’ भनेर मूल्यांकन गर्छन । त्योभन्दा दयनीय अवस्था देखियो, लाहोरमा महिलाको । रातको ९/१० बजेको हुँदो हो, लाहोर प्रेस क्लबमा कालो चिया पिउँदै थियौँ । सडकमा आवत–जावत बाक्लै थियो । जताततै झिलिमिली बत्तीका कारण रात पनि दिनजस्तै थियो । मेरा आँखा बाटोका महिलामाथि दौडिरहेका थिए । ‘यहाँका महिलाको अवस्था कस्तो होला’ भन्ने जिज्ञासाको सतही जवाफ मेरा आँखाले खोजिरहेका थिए । महिला कस्तो पहिरनमा हुन्छन् ? युवायुवती अँगालोमा देखिन्छन् कि देखिँदैनन् ? यो जान्ने तीव्र इच्छा थियो । बाक्लो हुलमा न त स्कुटीमा सवार महिला देखिए न त पाइन्ट लगाएका युवतीको हुल नै देखिन्थ्यो । त्यहाँ मात्र पुरुषहरूको आवतजावत थियो । जताततै पुरुषहरू । एक साता बसाइका क्रममा रात होस् कि दिन, नेपालमा जस्तो युवायुवती एकआपसमा कुम जोडेर हिँडेको दृश्य देखिएन । यो सहरमा युवायुवतीले हात समातेर हिँड्नु वा प्रेम गर्नु बर्जित छजस्तो लाग्यो । पास्कितानी पत्रकार अली ओइसेट भन्दै थिए, ‘सरकारले महिलालाई छात्रवृत्ति दिएर डाक्टर, इन्जिनियर बनाएको छ । निकै खर्च गरेको छ । डाक्टर, इन्जिनियर पढ्ने महिला धेरै छन् । अरू विषयमा पनि डिग्री पास गर्ने महिला उत्तिकै छन् । तर, उनीहरू जागिर खाँदैनन् । घरमै बस्छन्, त्यो औपचारिक डिग्री घरमै सीमित हुन्छ ।’ सिरानीमै सर्टिफिकेट थन्क्याउने प्रवृत्ति कायम रहेपछि पछिल्लो समय सरकारी छात्रवृत्तिमा महिलालाई डाक्टर, इन्जिनियर पढ्न दिइने सुविधा बन्द गरिएछ । यसरी लिइने डिग्री आकर्षक जागिर होइन, राम्रो कुल घरानाको केटासँग बिहे गर्नका लागि मात्रै रहेछ । राम्रो केटा पाउनैका लागि यहाँका महिला डिग्रीसम्म पढ्दा रहेछन् । तर, कतिपय महिला धार्मिक कट्टरपनका कारण स्कुल नै नगई घरमै सीमित हुँदा रहेछन् । पाकिस्तानभरि नै यो समस्या रहेछ । ००० कार्यक्रम तय गरिएभन्दा एक दिनअगावै हामी लक्षित स्थानमा पुगिसकेका थियौँ । पहिला नै त्यहाँ पुग्दा हामीले त्यस ठाउँको अवलोकन र कार्यक्रमका लागि तयारी गर्ने सुविधा पायौँ । मलाई लागेको थियो, पाकिस्तान मुस्लिम बाहुल्यता भएको मुलुक, धर्मप्रति कट्टर देश । के त्यहाँ पनि कम्युनिस्ट होलान् र ! मेरो अनुमानको उल्टो त्यहाँ केही युरोपका ‘कमरेड’सहित पाकिस्तानका विभिन्न प्रान्तबाट आएका पाँचसय भन्दा धेरैको सहभागिता भयो । कार्यक्रमस्थल पूरै कम्युनिस्टको रातो झन्डाले सजिएको थियो । आसनग्रहणका क्रममा ‘कमरेड’ आडम पालले हामीलाई लक्षित गर्दै भने– विश्वको अग्लो सगरमाथा भएको देश, जहाँ भर्खरै ७० प्रतिशतभन्दा धेरै कम्युनिस्ट जनमत प्राप्त भएको छ । जहाँ कम्युनिस्ट विचार छ । त्यहाँका कमरेडहरूले १० वर्षसम्म जनयुद्ध लडे । त्यही देशका दुईजना कमरेड ३५ घन्टाभन्दा लामो यात्रा गरेर आउनुभएको छ । उनले यसो भन्दै गर्दा तालीको गडगडाहटले हल गुन्जियो । पाकिस्तानी युवा देखेर अत्यन्तै डाह भयो । जो मजदुर, विद्यार्थी, मेडिकल डाक्टर, इन्जिनियर संगठित छन् । जसले सैद्धान्तिक धरातलमा टेकेर ‘यो यस कारण ठीक र त्यो यसकारण बेठीक’ भन्ने तर्क गरिरहेका छन् । अध्ययनमा उनीहरूको गहिरो रुचि र लगाव छ । उनीहरूको कलाले पनि छक्कै बनायो । कोही भाषणमा पारंगत छन् त कोही राम्रो सायरी सुनाउँछन् । कुनैलाई राम्रो गीत गाउन आउँछ त कोही मीठो गरी हार्मोनियम बजाउँछन् । उनीहरूले यसरी दुई दिनसम्म प्रतिभा प्रस्तुत गरे । कार्यक्रममा उपस्थित डाक्टर, इन्जिनियर, विद्यार्थीलगायत समाजवाद ल्याउन जुझारु भएर प्रस्तुत भए । उनीहरूको ऊर्जा देख्दा लाग्छ, यहाँ क्रान्तिका नाममा धोका भएको छैन । त्यसैले ऊर्जाका साथ उनीहरू सक्रिय छन् । मैले सम्झिएँ, नेपालमा यस्ता संघर्ष, परिवर्तन तमाम भए । उनीहरूले नेपाललाई कम्युनिस्ट आन्दोलनको उर्वर भूमिका रूपमा व्याख्या गरेपछि मलाई लाग्यो, कम्युनिस्टहरूको पनि फरक–फरक ब्रान्ड हुन्छन्, सायद ! एउटा ब्रान्डले अर्कोलाई देखिसहँदैन । एकले अर्कोलाई हेर्ने दृष्टिकोण नितान्त फरक छ । नेपालका कम्युनिस्टहरूले एकले अर्कोलाई संशोधनवादी, गद्दार, भ्रष्ट, जडसूत्रवादी, उग्रवादीलगायत आरोप–प्रत्यारोप गरेको सम्झिएँ । तर, मुलुकबाहिर भने नेपाल कम्युनिस्टको उर्वर भूमिको रूपमा स्थापित रहेछ । ००० नेपालमा डाक्टर, इन्जिनियर कम्युनिस्ट सिद्धान्तमा लाग्नु अनौठो मानिन्छ । यस्ता पेसामा आबद्ध पेसाकर्मीलाई मेसिनजस्तो व्यवहार गरिन्छ । यद्यपि, पछिल्लो समय यो क्रम टुटेको छ । अघिल्लो दिनसम्म विप्लव, वैद्य, प्रचण्ड माओवादी हुँ भन्दै क्रान्तिकारी देखिने व्यक्ति भोलिपल्ट कांग्रेस बनेको हुन्छ । त्यस्तै, बडो लोकतन्त्रवादी हुँ भन्ने पनि केही समयको अन्तरालमा कट्टर कम्युनिस्ट बनेको पाइन्छ । सत्ता, शक्ति र पैसाका लागि हिँडेपछि धमिलो पानीमा माछा मार्न पाइन्छ भन्ने मनसायले पनि यस्तो प्रवृत्ति देख्न पाइन्छ । हुन त माओले समाजमा यस्ता वर्गका मान्छे हुन्छन् भनेका छन् ।  
सरकारले महिलालाई छात्रवृत्ति दिएर डक्टर, इन्जिनियर बनाएको छ । निकै खर्च गरेको छ । डक्टर, इन्जिनियर पढ्ने महिला धेरै छन् । अरू विषयमा पनि डिग्री पास गर्ने महिला उत्तिकै छन् । तर, उनीहरू जागिर खाँदैनन्, घरमै बस्छन् । त्यो औपचारिक डिग्री घरमै सीमित हुन्छ ।
  लाहोर बसाइका क्रममा पन्जाब विश्वविद्यालय, लाहोर संग्रहालय, मुगल दरबार अवलोकन गरियो । हप्ता दिनको बसाइपछि फर्किने क्रममा संघर्ष दाहालले चिनोस्वरूप तीनवटा टोपी र एक किलो खजुर किने । एउटा टोपी संर्घषले लगाए, त्यो देखेर पाकिस्तानी एक सेनाले मुस्कुराउँदै भने, ‘टोपी पनि किनियो होइन त ?’ उनले मुस्कुराउँदै बिदाइको हात हल्लाए । पाकिस्तानको सीमा नाघेर भारत प्रवेश गर्दा एक महिला साथमा थिइन् । जहाँ गाडीमा राखेर बोर्डर पार गराइन्छ । गाडीमा एउटी महिला मात्रै देखेपछि ‘तपाईं कहाँ जाने ?’ भनेर सोधेँ । ‘साउथ इन्डिया’ उनले जवाफ दिइन् । त्यसपछि बोलचाल बन्द भयो । ‘तपाईं पाकिस्तानी कि भारतीय ?’ मैले अर्को जिज्ञासा राखेँ । ‘जन्मेको लाहोर, विवाह साउथ इन्डिया । अंकल मुम्बईमा व्यापार गर्ने सिलसिलामा आउने–जाने गर्थें । त्यही क्रममा एक भारतीयसँग प्रेम भयो । अनि विवाह गरेँ,’ उनले पूरै वृत्तान्त बनाइन् । त्यसयता उनको साउथ इन्डिया र लाहोर आउजाउ चलिरहँदो रहेछ । उनले निकटता दर्शाउँदै आफ्नो दुःख हामीसामु बिसाइन् । सुन्नबाहेक हामी के नै पो गर्न सक्थ्यौँ र ! भारत–पाकिस्तान बोर्डर क्रस गर्नु निकै गाह्रो रहेछ । अत्यन्तै शंकाको नजरले हेरिँदोरहेछ । ‘हामीलाई चोर, डाँका वा कुनै आतंककारीजस्तो व्यवहार गर्छन्, पुलिसले,’ उनले थपिन्, ‘घर आउन–जान त मन लाग्छ, तर के गर्नु, यस्तै हैरानी सम्झिँदा मन भाँचिएर आउँछ ।’ कुरा हुँदाहुँदै हामी पनि भारतीय अध्यागमनको फन्दामा पर्‍यौँ । ००० भारतीय अध्यागन प्रवेशअगावै तालिमप्राप्त कुकुरले झोला सुँघे । सामान्य सोधपुछ भयो । अध्यागमन प्रवेश गरेपछि सुरु भयो, केरकारको सिलसिला । मुसुक्क मुस्कुराउँदै ‘कहाँबाट आएको ?’ सोधियो । त्यसपछि उर्लियो, प्रश्नको बाढी । ‘विद्यार्थी हौ ?’ ‘होइन पत्रकार हौंँ ।’ ‘किन गएको ?’ ‘प्रोग्रेसिभ युथले आयोजना गरेको कार्यक्रममा सहभागी हुन’ भन्ने जवाफ दिएका थियौँ । को–को आएका थिए, कुन ठाउँमा थियो ?लगायतका प्रश्नको घेराबन्दीमा पारियो । मेरो हिन्दी राम्रो थिएन । संघर्ष जवाफ दिइरहेका थिए । सबै जवाफ दिए पनि अगाडि जाने अनुमति दिइएन । ‘चिया पिउनुहुन्छ ?’ भन्दै कोठाभित्र लगियो । चिया र बिस्कुट ल्याइयो । बिहानै खाना नखाई लाहोरबाट हिँडेका हामी, लाहोरको खाना पनि चिल्लो र मासु नमिसाएको पाउनै मुस्किल । अमृतसहरमा खाना खाने कुरा थियो । निकै भोक लागेकाले मैले चिया र बिस्कुट खाएँ । मैले खाएको देख्दा संघर्षले भने कुटौँलाझैँ गरी हेरे । विरानो ठाउँमा अरूले दिएको क्वाप्पै खानुहुन्न भन्ने उनको मान्यता थियो, सायद । हामीलाई डेढ घन्टाको केरकारपछि छाडियो । अध्यागमनको अर्को कक्षमा एकजना मुस्लिम टोपी लगाएर उभिएका थिए । उनले पनि मिजासिलो तरिकाले तिनै प्रश्न सोधे । कहाँबाट आएको, किन गएको आदि, इत्यादि । ती पाकिस्तानीलाई कम्युनिस्टजस्तै लागेछ क्यारे, उनलाई प्रश्न गरियो– ‘अब विश्वमा आर्थिक क्राइसिस हुँदै छ है ? विश्वभर समाजवाद आउँछ है ?’ आदि । साथीले ‘समाजवाद आउने भए समाजवाद ढल्ने थिएन होला’ भनेर जवाफ फर्काए । यो कक्षबाट पनि हामीलाई अगाडि बढ्ने अनुमति मिल्यो । हामीमाथि गरिएको अनेक केरकार र हामीले बेहोरेको हैरानीको कारण हाम्रो गरिबी पो हो कि भन्ने आकलन गर्दै हामी अमृत सहर प्रवेश गर्‍यौँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending