Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

लाहोर डायरी: जहाँ महिलाले सर्टिफिकेट सिरानीमै थन्क्याउँछन्

\"\"हेलो ! कतैबाट आवाज आयो । पुलुक्क मात्रै के हेरेका थियौँ हामीले ठम्याइहाल्यौँ, हामीलाई लिन आएका पास्कितानी साथी यिनै हुन् भनेर । पातलो शरीर, सुकिलो अनुहार, आँखामा कालो चस्मा । उनीसँगैका अर्का साथी पनि उस्तै पातलो शरीरका, तालुमा थोरै कपाल भएका । पाकिस्तानी उर्दू लवजमा हालखबर सोधे । यसअघि धेरैपटक देखभेट भएझैँ आत्मीय तरिकाले अँगालो मारे । हामी लाहोर सहर प्रवेश गर्‍यौँ । अाजको नयाँ पत्रिकामा लेखिएको छ-थकानले कतिवेला लाहोर पुगिएला र आरामले बस्न पाइएला भन्ने हतारोमा थियौँ । करिब ३५ घन्टे रेलको यात्रा पार गरी सुगौलीदेखि अमृतसहर पुगेका थियौँ । हाम्रा कुरा सुनेपछि कमरेड आडम पालले ‘तपार्इंहरू धेरै थाक्नुभएको होला’ भन्दै आराम गर्न आग्रह गरे । तर, हामीले घुमघामलाई प्राथमिकता दियौँ । थकाइ मार्नुभन्दा सहर घुम्न हामीले आग्रह गर्‍यौँ । नाइटलाइफको लाहोर कस्तो हुँदो होला ? हुटहुटी मनमा थियो । मैले पहिलोपटक पाकिस्तानमा पाइला टेकेको थिएँ । साथी संघर्ष दाहाल भारत आउने–जाने धेरै गरेका रहेछन् । तर, उनका लागि पनि पाकिस्तान नौलो रहेछ । पास्कितान भन्नेबित्तिकै मलाई महिलाले लगाउने बुर्का र हतियारद्वारा सुसज्जित आतंकवादको झझल्को आउँथ्यो । हाम्रोजस्तै धुलो, मैलो र दुर्गन्धित सहरको कल्पना थियो । तर, लाहोर कल्पना गरेभन्दा फरक थियो । ००० फराकिला बाटाहरू । तल–माथि हुइँकिएर गाडी गुड्ने सहर । विश्वविद्यालयलगायत अन्य शैक्षिक संस्था र कर्पोरेट हाउसहरू । ठूला, अग्ला, सफा र सुन्दर भवन मनै लोभ्याउने खालका थिए । लाहोर सहरमा मात्रै साढे २ करोड जनसंख्या, झन्डै नेपालको कुल जनसंख्याजत्तिकै । दिनरात ननिदाई जागै बस्दो रहेछ, लाहोर सहर । लाहोरमा महिलाको अवस्था कल्पना गरेजस्तै खालको लाग्यो । नेपालमा बढ्दै गएको स्वतन्त्रतालाई पनि पश्चिमाहरूले महिलाको सवालमा ‘नराम्रो’ भनेर मूल्यांकन गर्छन । त्योभन्दा दयनीय अवस्था देखियो, लाहोरमा महिलाको । रातको ९/१० बजेको हुँदो हो, लाहोर प्रेस क्लबमा कालो चिया पिउँदै थियौँ । सडकमा आवत–जावत बाक्लै थियो । जताततै झिलिमिली बत्तीका कारण रात पनि दिनजस्तै थियो । मेरा आँखा बाटोका महिलामाथि दौडिरहेका थिए । ‘यहाँका महिलाको अवस्था कस्तो होला’ भन्ने जिज्ञासाको सतही जवाफ मेरा आँखाले खोजिरहेका थिए । महिला कस्तो पहिरनमा हुन्छन् ? युवायुवती अँगालोमा देखिन्छन् कि देखिँदैनन् ? यो जान्ने तीव्र इच्छा थियो । बाक्लो हुलमा न त स्कुटीमा सवार महिला देखिए न त पाइन्ट लगाएका युवतीको हुल नै देखिन्थ्यो । त्यहाँ मात्र पुरुषहरूको आवतजावत थियो । जताततै पुरुषहरू । एक साता बसाइका क्रममा रात होस् कि दिन, नेपालमा जस्तो युवायुवती एकआपसमा कुम जोडेर हिँडेको दृश्य देखिएन । यो सहरमा युवायुवतीले हात समातेर हिँड्नु वा प्रेम गर्नु बर्जित छजस्तो लाग्यो । पास्कितानी पत्रकार अली ओइसेट भन्दै थिए, ‘सरकारले महिलालाई छात्रवृत्ति दिएर डाक्टर, इन्जिनियर बनाएको छ । निकै खर्च गरेको छ । डाक्टर, इन्जिनियर पढ्ने महिला धेरै छन् । अरू विषयमा पनि डिग्री पास गर्ने महिला उत्तिकै छन् । तर, उनीहरू जागिर खाँदैनन् । घरमै बस्छन्, त्यो औपचारिक डिग्री घरमै सीमित हुन्छ ।’ सिरानीमै सर्टिफिकेट थन्क्याउने प्रवृत्ति कायम रहेपछि पछिल्लो समय सरकारी छात्रवृत्तिमा महिलालाई डाक्टर, इन्जिनियर पढ्न दिइने सुविधा बन्द गरिएछ । यसरी लिइने डिग्री आकर्षक जागिर होइन, राम्रो कुल घरानाको केटासँग बिहे गर्नका लागि मात्रै रहेछ । राम्रो केटा पाउनैका लागि यहाँका महिला डिग्रीसम्म पढ्दा रहेछन् । तर, कतिपय महिला धार्मिक कट्टरपनका कारण स्कुल नै नगई घरमै सीमित हुँदा रहेछन् । पाकिस्तानभरि नै यो समस्या रहेछ । ००० कार्यक्रम तय गरिएभन्दा एक दिनअगावै हामी लक्षित स्थानमा पुगिसकेका थियौँ । पहिला नै त्यहाँ पुग्दा हामीले त्यस ठाउँको अवलोकन र कार्यक्रमका लागि तयारी गर्ने सुविधा पायौँ । मलाई लागेको थियो, पाकिस्तान मुस्लिम बाहुल्यता भएको मुलुक, धर्मप्रति कट्टर देश । के त्यहाँ पनि कम्युनिस्ट होलान् र ! मेरो अनुमानको उल्टो त्यहाँ केही युरोपका ‘कमरेड’सहित पाकिस्तानका विभिन्न प्रान्तबाट आएका पाँचसय भन्दा धेरैको सहभागिता भयो । कार्यक्रमस्थल पूरै कम्युनिस्टको रातो झन्डाले सजिएको थियो । आसनग्रहणका क्रममा ‘कमरेड’ आडम पालले हामीलाई लक्षित गर्दै भने– विश्वको अग्लो सगरमाथा भएको देश, जहाँ भर्खरै ७० प्रतिशतभन्दा धेरै कम्युनिस्ट जनमत प्राप्त भएको छ । जहाँ कम्युनिस्ट विचार छ । त्यहाँका कमरेडहरूले १० वर्षसम्म जनयुद्ध लडे । त्यही देशका दुईजना कमरेड ३५ घन्टाभन्दा लामो यात्रा गरेर आउनुभएको छ । उनले यसो भन्दै गर्दा तालीको गडगडाहटले हल गुन्जियो । पाकिस्तानी युवा देखेर अत्यन्तै डाह भयो । जो मजदुर, विद्यार्थी, मेडिकल डाक्टर, इन्जिनियर संगठित छन् । जसले सैद्धान्तिक धरातलमा टेकेर ‘यो यस कारण ठीक र त्यो यसकारण बेठीक’ भन्ने तर्क गरिरहेका छन् । अध्ययनमा उनीहरूको गहिरो रुचि र लगाव छ । उनीहरूको कलाले पनि छक्कै बनायो । कोही भाषणमा पारंगत छन् त कोही राम्रो सायरी सुनाउँछन् । कुनैलाई राम्रो गीत गाउन आउँछ त कोही मीठो गरी हार्मोनियम बजाउँछन् । उनीहरूले यसरी दुई दिनसम्म प्रतिभा प्रस्तुत गरे । कार्यक्रममा उपस्थित डाक्टर, इन्जिनियर, विद्यार्थीलगायत समाजवाद ल्याउन जुझारु भएर प्रस्तुत भए । उनीहरूको ऊर्जा देख्दा लाग्छ, यहाँ क्रान्तिका नाममा धोका भएको छैन । त्यसैले ऊर्जाका साथ उनीहरू सक्रिय छन् । मैले सम्झिएँ, नेपालमा यस्ता संघर्ष, परिवर्तन तमाम भए । उनीहरूले नेपाललाई कम्युनिस्ट आन्दोलनको उर्वर भूमिका रूपमा व्याख्या गरेपछि मलाई लाग्यो, कम्युनिस्टहरूको पनि फरक–फरक ब्रान्ड हुन्छन्, सायद ! एउटा ब्रान्डले अर्कोलाई देखिसहँदैन । एकले अर्कोलाई हेर्ने दृष्टिकोण नितान्त फरक छ । नेपालका कम्युनिस्टहरूले एकले अर्कोलाई संशोधनवादी, गद्दार, भ्रष्ट, जडसूत्रवादी, उग्रवादीलगायत आरोप–प्रत्यारोप गरेको सम्झिएँ । तर, मुलुकबाहिर भने नेपाल कम्युनिस्टको उर्वर भूमिको रूपमा स्थापित रहेछ । ००० नेपालमा डाक्टर, इन्जिनियर कम्युनिस्ट सिद्धान्तमा लाग्नु अनौठो मानिन्छ । यस्ता पेसामा आबद्ध पेसाकर्मीलाई मेसिनजस्तो व्यवहार गरिन्छ । यद्यपि, पछिल्लो समय यो क्रम टुटेको छ । अघिल्लो दिनसम्म विप्लव, वैद्य, प्रचण्ड माओवादी हुँ भन्दै क्रान्तिकारी देखिने व्यक्ति भोलिपल्ट कांग्रेस बनेको हुन्छ । त्यस्तै, बडो लोकतन्त्रवादी हुँ भन्ने पनि केही समयको अन्तरालमा कट्टर कम्युनिस्ट बनेको पाइन्छ । सत्ता, शक्ति र पैसाका लागि हिँडेपछि धमिलो पानीमा माछा मार्न पाइन्छ भन्ने मनसायले पनि यस्तो प्रवृत्ति देख्न पाइन्छ । हुन त माओले समाजमा यस्ता वर्गका मान्छे हुन्छन् भनेका छन् ।  
सरकारले महिलालाई छात्रवृत्ति दिएर डक्टर, इन्जिनियर बनाएको छ । निकै खर्च गरेको छ । डक्टर, इन्जिनियर पढ्ने महिला धेरै छन् । अरू विषयमा पनि डिग्री पास गर्ने महिला उत्तिकै छन् । तर, उनीहरू जागिर खाँदैनन्, घरमै बस्छन् । त्यो औपचारिक डिग्री घरमै सीमित हुन्छ ।
  लाहोर बसाइका क्रममा पन्जाब विश्वविद्यालय, लाहोर संग्रहालय, मुगल दरबार अवलोकन गरियो । हप्ता दिनको बसाइपछि फर्किने क्रममा संघर्ष दाहालले चिनोस्वरूप तीनवटा टोपी र एक किलो खजुर किने । एउटा टोपी संर्घषले लगाए, त्यो देखेर पाकिस्तानी एक सेनाले मुस्कुराउँदै भने, ‘टोपी पनि किनियो होइन त ?’ उनले मुस्कुराउँदै बिदाइको हात हल्लाए । पाकिस्तानको सीमा नाघेर भारत प्रवेश गर्दा एक महिला साथमा थिइन् । जहाँ गाडीमा राखेर बोर्डर पार गराइन्छ । गाडीमा एउटी महिला मात्रै देखेपछि ‘तपाईं कहाँ जाने ?’ भनेर सोधेँ । ‘साउथ इन्डिया’ उनले जवाफ दिइन् । त्यसपछि बोलचाल बन्द भयो । ‘तपाईं पाकिस्तानी कि भारतीय ?’ मैले अर्को जिज्ञासा राखेँ । ‘जन्मेको लाहोर, विवाह साउथ इन्डिया । अंकल मुम्बईमा व्यापार गर्ने सिलसिलामा आउने–जाने गर्थें । त्यही क्रममा एक भारतीयसँग प्रेम भयो । अनि विवाह गरेँ,’ उनले पूरै वृत्तान्त बनाइन् । त्यसयता उनको साउथ इन्डिया र लाहोर आउजाउ चलिरहँदो रहेछ । उनले निकटता दर्शाउँदै आफ्नो दुःख हामीसामु बिसाइन् । सुन्नबाहेक हामी के नै पो गर्न सक्थ्यौँ र ! भारत–पाकिस्तान बोर्डर क्रस गर्नु निकै गाह्रो रहेछ । अत्यन्तै शंकाको नजरले हेरिँदोरहेछ । ‘हामीलाई चोर, डाँका वा कुनै आतंककारीजस्तो व्यवहार गर्छन्, पुलिसले,’ उनले थपिन्, ‘घर आउन–जान त मन लाग्छ, तर के गर्नु, यस्तै हैरानी सम्झिँदा मन भाँचिएर आउँछ ।’ कुरा हुँदाहुँदै हामी पनि भारतीय अध्यागमनको फन्दामा पर्‍यौँ । ००० भारतीय अध्यागन प्रवेशअगावै तालिमप्राप्त कुकुरले झोला सुँघे । सामान्य सोधपुछ भयो । अध्यागमन प्रवेश गरेपछि सुरु भयो, केरकारको सिलसिला । मुसुक्क मुस्कुराउँदै ‘कहाँबाट आएको ?’ सोधियो । त्यसपछि उर्लियो, प्रश्नको बाढी । ‘विद्यार्थी हौ ?’ ‘होइन पत्रकार हौंँ ।’ ‘किन गएको ?’ ‘प्रोग्रेसिभ युथले आयोजना गरेको कार्यक्रममा सहभागी हुन’ भन्ने जवाफ दिएका थियौँ । को–को आएका थिए, कुन ठाउँमा थियो ?लगायतका प्रश्नको घेराबन्दीमा पारियो । मेरो हिन्दी राम्रो थिएन । संघर्ष जवाफ दिइरहेका थिए । सबै जवाफ दिए पनि अगाडि जाने अनुमति दिइएन । ‘चिया पिउनुहुन्छ ?’ भन्दै कोठाभित्र लगियो । चिया र बिस्कुट ल्याइयो । बिहानै खाना नखाई लाहोरबाट हिँडेका हामी, लाहोरको खाना पनि चिल्लो र मासु नमिसाएको पाउनै मुस्किल । अमृतसहरमा खाना खाने कुरा थियो । निकै भोक लागेकाले मैले चिया र बिस्कुट खाएँ । मैले खाएको देख्दा संघर्षले भने कुटौँलाझैँ गरी हेरे । विरानो ठाउँमा अरूले दिएको क्वाप्पै खानुहुन्न भन्ने उनको मान्यता थियो, सायद । हामीलाई डेढ घन्टाको केरकारपछि छाडियो । अध्यागमनको अर्को कक्षमा एकजना मुस्लिम टोपी लगाएर उभिएका थिए । उनले पनि मिजासिलो तरिकाले तिनै प्रश्न सोधे । कहाँबाट आएको, किन गएको आदि, इत्यादि । ती पाकिस्तानीलाई कम्युनिस्टजस्तै लागेछ क्यारे, उनलाई प्रश्न गरियो– ‘अब विश्वमा आर्थिक क्राइसिस हुँदै छ है ? विश्वभर समाजवाद आउँछ है ?’ आदि । साथीले ‘समाजवाद आउने भए समाजवाद ढल्ने थिएन होला’ भनेर जवाफ फर्काए । यो कक्षबाट पनि हामीलाई अगाडि बढ्ने अनुमति मिल्यो । हामीमाथि गरिएको अनेक केरकार र हामीले बेहोरेको हैरानीको कारण हाम्रो गरिबी पो हो कि भन्ने आकलन गर्दै हामी अमृत सहर प्रवेश गर्‍यौँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending