Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा विस्तार गरिने: मुख्यमन्त्री आचार्य

खबरडबली संवाददाता

भैरहवा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुर्गम जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत सञ्चालनमा रहेको रुकुमपूर्व अस्पतालको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो कुरा बताएको हो ।

उनले भने, “सर्वसुलभ रूपमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न जनशक्तिको अभाव हुन दिएका छैनौँ । रिक्त हुँदाबित्तिकै जनशक्ति पठाउने व्यवस्था मिलाएका छौँ ।” मुख्यमन्त्री आचार्यले सो अवसरमा भने, “विशेषज्ञ जनशक्ति पुर्‍याउन केही चुनौती छन् । ती चुनौतीलाई समाधान गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको छ ।”

उनले विषयगत विशेषज्ञ चिकित्सक पुर्‍याउन सरकार अघि बढ्ने स्पष्ट पारे । मुख्यमन्त्री आचार्यले पूर्वी रुकुमका सबै वडामा सडक पुर्‍याउन विगतदेखि काम भइरहेको उल्लेख गर्दै आगामी वर्षमा आवश्यकता अनुसार बजेटमा प्राथमिकता दिइएको बताए। कार्यक्रममा प्रदेश स्वास्थ्यमन्त्री खेमबहादुर सारूले रुकुमपूर्वलगायत विशिष्ट प्रकृतिका क्षेत्रमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए । उनले स्वास्थ्य संस्था तथा अस्पताललाई विशेषज्ञ चिकित्सक, उपकरण र पूर्वाधारमा बलियो बनाउने गरी काम भइरहेको जानकारी दिए । 

उनले भनेयो, “दुर्गम क्षेत्रमा जनशक्ति जानै नमान्ने अवस्था थियो तर हामीले यो परिपाटी बदल्न सकेका छौँ । अब पहिला दुर्गम अनि त्यसपछि सुगम पठाउने व्यवस्था मिलाएका छौँ ।” प्रदेश सरकारको १४ करोड रुपियाँ लगानीमा अस्पताल निर्माण गरेको हो । दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएको यस ५० शय्याको अस्पतालले अब स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

सङ्घीयतापछि २०७४ सालमा रुकुमपूर्व छुट्टै जिल्ला बनेपछि साबिकको इलाका स्वास्थ्य कार्यालयकै संरचनाबाट जिल्ला अस्पतालको सेवा सञ्चालन हुँदै आएको थियो । सीमित भौतिक संरचना र जनशक्तिका कारण अस्पतालले अहिलेसम्म मुस्किलले १५ शय्यासम्म सेवा दिँदै आएको अवस्था थियो । 

अस्पतालबाट अन्तरङ्ग सेवा, फार्मेसी सेवा, विशेषज्ञ दन्त रोग उपचार सेवा, फिजियोथेरापी सेवा, ल्याब सेवा, एक्सरे सेवा, सुत्केरी आमा तथा नवजात शिशु स्वास्थ्य सेवा, स्वास्थ्यलगायतका सेवा सञ्चालन भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा। कृष्ण खरालले जानकारी दिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...

जटिल भूगोल र अव्यवस्थित सडकका कारण दुर्घटना बढिरहेको छ: आइजीपी कार्की

काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...

झापामा च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी

झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...

पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...

बोलपत्र प्रणाली ह्याक गरी ठेक्का मिलेमतो गरेको आरोपमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...

कामु प्रधानन्यायाधीशलाई रविको चुनौती: मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...

मन्त्री वा प्रधानमन्त्री बन्नु ठूलो कुरा होइन, हामी इतिहास लेख्ने यात्रामा छौं- रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...

कम्युनिस्ट एकताको आवश्यकता बढेको छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...

तीन प्रदेशका एक हजार मटाँवा-बरघर तथा थारू अगुवा दाङमा भेला हुँदै

दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending