Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

एमाले–माओवादी एकता: प्रक्रिया टुंगोतिर

[caption id=\"attachment_172125\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौँ । पाँच दशकदेखि फरक धारको राजनीतिक अभ्यास गर्दै आएका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीमा २०१९ सालयता विभाजन सुरु भएको थियो । त्यही विभाजनको खाडलबाट कम्युनिस्ट पार्टीका दुई ठूला भँगालाका रूपमा एमाले र माओवादीको उदय भएको हो । तिनै दुई भँगाला अब एक भएर अघि बढ्ने अन्तिम तयारी गर्दैछन् । एकताको अन्तिम घोषणा कम्युनिस्ट पार्टी स्थापना भएको दिन अप्रिल २२ लाई पारेर आउँदो वैशाख ९ गते गर्ने तयारी छ । अाजको कान्तिपुरमा खबर छ-दुवै पार्टीले एकताको सम्पूर्ण आधार करिब तयार गरेका छन् । संगठनात्मक स्वरूप तयार भइसकेको छ । दुवै दलको राजनीतिक दस्तावेज पनि अन्तिम चरणमा पुगेको छ । वाम एकता संयोजन समितिको बैठकबाट सबै दस्तावेज अनुमोदनेपछि एकताको औपचारिक घोषणा हुने नेताहरूले जनाएका छन् । प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि नै एकता गर्ने तयारी भए पनि छलफलका लागि पर्याप्त समय नभएपछि अब कम्युनिस्ट पार्टी स्थापना दिवसकै दिन एकता गर्नु उपयुक्त हुने नेताहरूले ठानेका छन् । ‘पार्टी एकताका लागि उपयुक्त दिन स्थापना दिवस नै हो, त्यही तयारी छ,’ एकतासम्बन्धी विधान बनाउन गठित कार्यदलका सदस्य एमाले नेता वेदुराम भुसालले भने । कस्तो बन्दै छ संगठन ? एमाले र माओवादी केन्द्रबीच एकतापछिको पार्टीको केन्द्रीय समिति २ सय ९९ हुनेछ । कम्युनिस्ट पार्टीमा केन्द्रीय समितिभित्र पोलिटब्युरो र स्थायी समितिका संरचना राख्ने अभ्यास छ । त्यही अभ्यासलाई निरन्तरता दिँदै पोलिटब्युरो ९९ र स्थायी कमिटी ३३ सदस्यीय बनाउने सहमति भएको छ । पार्टीमा पदाधिकारी रहने छैनन् । अध्यक्ष भने दुई जना हुनेछन् । केन्द्रीय समितिमा दुवै पार्टीका तर्फबाट व्यक्ति छनोट हुनेछन् । हाल एमालेका करिब २ सय जना केन्द्रीय सदस्य छन् । माओवादीका भने केन्द्रीय सदस्यहरू छैनन् । महाधिवेशन आयोजक समितिको नाममा केन्द्रीय संरचना बनाइएको छ । त्यसमा करिब ४ हजार जना छन् । माओवादीको हेटौंडा महाधिवेशनले ९९ जनाको केन्द्रीय समिति बनाउने तय गरेको थियो । त्यसलाई आधार मानेर व्यक्ति छनोट गरिने छ । पार्टीको केन्द्र र प्रदेश दुवै संरचनामा अनुशासन, लेखा परीक्षण र निर्वाचनसम्बन्धी काम गर्ने आयोगहरू रहनेछन् । केन्द्रीय कमिटीबाहेक राज्यको संरचनाअनुसारकै अन्य पार्टी कमिटी रहने गरी सहमति छ । केन्द्रीय कमिटीपछि राष्ट्रिय परिषद् हुनेछ । त्यसबाहेक प्रदेश कमिटी, जिल्ला कमिटी, नगर/गाउँ कमिटी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कमिटी, प्रदेशसभा निर्वाचन क्षेत्र कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटीहरू रहनेछन् । प्रदेश कमिटी बढीमा १ सय ५१ सदस्यीय हुनेछन् । पार्टीमा तीन खाले सदस्य रहने सहमति भएको छ– पार्टी सदस्य, संगठित सदस्य र मानार्थ सदस्य । भ्रातृ संगठनहरूबारे भने पछि निर्णय हुनेछ । एकतापछि बन्ने पार्टीको संगठन विभागले मापदण्ड तय गरेर भ्रातृ संगठनहरू एकीकरण गर्नेछ । अन्य कमिटी र भ्रातृ संगठनमा दुई अध्यक्षात्मक प्रणाली लागू नगर्ने सैद्धान्तिक सहमति छ । संगठनात्मक स्वरूप निर्धारणका चार आधार एमाले र माओवादी केन्द्रले चार आधारमा एकीकृत पार्टीको संगठनात्मक स्वरूप निर्धारण गरेका छन् । सैद्धान्तिक आधार ‘माक्र्सवाद–लेनिनवाद’ लाई मानिएको छ । लेनिनवादी संगठनात्मक सिद्धान्तअनुसार चल्ने भनिएको छ । एकताका लागि यसअघि गरिएका सहमतिका तीन दस्तावेजलाई आधार मानिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा गठबन्धन निर्माण गर्नुअघि असोजमा ६ बुँदे सहमति भएको थियो । सहमतिअनुसार एमाले र माओवादी केन्द्रले ६० र ४० प्रतिशतको भागबन्डाको आधारमा चुनावी तालमेल गरेका थिए । गठबन्धन निर्माणपछि दुवै दलले संयुक्त चुनावी घोषणापत्र जारी गरेका थिए । गठबन्धन निर्माणको सहमति र घोषणापत्रसमेत आएपछि दुई दलीय गठबन्धनले चुनावमा राम्रो परिणाम ल्यायो । दुई दलबीच गत फागुन ७ गते एकताको प्रारम्भिक आधार भन्दै सातबुँदे सहमति भएको थियो । ती सहमतिको आधारमा संगठनात्मक र राजनीतिक दस्तावेज बनाउने कार्यदल बनाएको थियो । विगतका सहमतिलाई आधार बनाएर एकताको स्वरूप तयार पारेको हो । सिद्धान्त : माक्र्सवादी–लेनिनवादी मात्र एमाले र माओवादी मूलत: माक्र्सवादी लेनिनवादी सिद्धान्तबाटै निर्देशित हुन् । तर उनीहरूको राजनीतिक कार्यदिशा फरक थियो । एमाले शान्तिपूर्ण राजनीतिक बाटोबाट हुर्कियो । त्यसैले माक्र्सवादको नयाँ प्रयोगका रूपमा उसले लोकतान्त्रिक प्रतिस्पर्धालाई स्वीकार्य र संसदीय राजनीतिक अभ्यास गर्‍यो । यो राजनीतिक अभ्यास गर्न उसले मदन भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’ लाई आफ्नो मुख्य सिद्धान्त मान्दै आएको छ । त्यस्तै, माओवादीले क्रान्ति शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धा नभई हिंसात्मक बल प्रयोगबाट सफल हुने विचार राख्थ्यो । त्यसैले उसले माक्र्सवादको प्रयोगका रूपमा माओले अघि सारेको हिंसात्मक बल प्रयोग गर्ने सिद्धान्त अवलम्बन गर्‍यो । यी दुई राजनीतिक सिद्धान्तको पाठशालाबाट हुर्किए पनि अब दुवै शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धाबाटै अघि बढ्ने बाटामा आइपुगेका छन् । तर तत्काल एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई घोषित रूपमा अपनाउन माओवादी तयार छैन । त्यस्तै एमाले पनि माओवादीले भन्दै आएको एक्काइसौं शताब्दीको जनवाद लगायतका सिद्धान्तलाई मानेर जाने अवस्थामा छैन । दुवैले अपनाउँदै आएका यी सिद्धान्तलाई पक्रेर बस्दा एकता नै नहुने अवस्था आउने भएकाले तत्कालका लागि पार्टीको दस्तावेजमा ‘माक्र्सवादी–लेनिनवादी’ सिद्धान्तलाई मात्र मूल सिद्धान्त मानिनेछ । जनताको बहुदलीय जनवाद र माओवाद, एक्काइसौं शताब्दीको जनवादसम्बन्धी विषयलाई महाधिवेशनसम्म छलफलमै लैजाने सहमति भएको नेताहरूले जानकारी दिए । विवाद: सूर्य चिह्न र जनयुद्ध दुवै पार्टी एकीकरणको अन्तिम तयारीमा पुग्दा दुइटा विषयमा भने विवाद देखिएको छ । यद्यपि यो विवाद ठूलो नभएको नेताहरूको दाबी छ । एकीकृत पार्टीको चुनाव चिह्न ‘सूर्य’ नै राखौं भन्ने प्रस्ताव एमालेको छ । माओवादीले भने ‘सूर्य’ चिह्नलाई परिमार्जन वा अन्य कुनै नयाँ चिह्नको प्रस्ताव गरेको छ । माओवादीको समेत पहिचान झल्किने गरी सूर्य र हँसिया हथौडा चिह्न मिलाउनुपर्ने माओवादी पक्षको माग छ । एमालेले भने सूर्य चिह्न नै जनतामा भिजिसकेकाले यसलाई परिवर्तन गर्न नहुने अडान राखेको छ । चुनाव चिह्नबाहेक पार्टीको विधानमा ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने भन्नेमा पनि विवाद छ । एमालेले ‘जनक्रान्ति’ भन्ने शब्द राख्नुपर्छ भनेको छ । माओवादीले भने ‘जनयुद्ध’ नै राख्नुपर्ने अडान लिइरहेको छ । जनयुद्धभन्दा ठूलो अर्थ त जनक्रान्तिले दिने एमालेको तर्क छ । माओवादीले भने १० वर्षे सशस्त्र युद्धका कारण गणतन्त्र स्थापना भएकाले ‘जनयुद्ध’ लाई नजरअन्दाज गर्न नमिल्ने जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending