काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिँदै आएको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने स्पष्ट संकेत दिएका छन् । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिक ठहर गरेपछि पहिलो सार्वजनिक सन्देश जारी गर्दै उनले पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई संयमित, जिम्मेवार र एकढिक्का भएर अघि बढ्न आग्रह गरेका हुन् ।
थापाले अब कांग्रेसमा गठबन्धन, गुट वा भागबन्डाको राजनीति नचल्ने स्पष्ट गर्दै पार्टीलाई विधि, विधान र पद्धतिमा आधारित रूपमा सञ्चालन गरिने बताए । विज्ञप्तिमा उनले विशेष महाधिवेशन कुनै विवादको विषय नभएको उल्लेख गर्दै आयोगले संविधान, प्रचलित कानुन र पार्टी विधानअनुसार निर्णय गरेको भन्दै त्यसप्रति आभार व्यक्त गरेका छन् ।
उनले विशेष महाधिवेशनमा सहभागी भएका–नभएका, समर्थन गरेका–नगरेका सबैलाई एकतामा बाँधिन आग्रह गर्दै कांग्रेस नयाँ ऊर्जा र आत्मविश्वाससहित रूपान्तरणको यात्रामा प्रवेश गरिसकेको बताए । “रिफर्मको प्रक्रिया सुरु भइसकेको छ । अब उच्च मनोबलका साथ आसन्न निर्वाचनमा एक भएर होमिनुपर्छ,” थापाले भनेका छन् ।
सभापति थापाले पार्टीलाई मजबुत बनाउन सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै पूर्व सभापति शेरबहादुर देउवा लगायत पार्टीका सबै तह र निकायमा रहेका नेताहरूबाट लोकतान्त्रिक प्रक्रियाप्रति सकारात्मक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
उनको सन्देशलाई कांग्रेसभित्रको लामो समयदेखिको गुटगत ध्रुवीकरण अन्त्य गर्ने र पार्टीलाई चुनावमुखी एकतामा लैजाने प्रयासका रूपमा हेरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८२ - २१:०३
मुम्बई । समूह चरणबाट बाहिरिसकेको नेपालका लागि अन्तिम खेल प्रतिष्ठा जोगाउने अवसर बनेको छ। ICC T20 World Cup अन्तर्गत मुम्बईको Wankhede Stadium मा स्कटल...
फाल्गुन ५ गते, २०८२ - २०:५९
वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर १ चुनावी प्रयोगशालाजस्तै बनेको छ। यहाँको प्रतिस्पर्धा केवल उम्मेदवार...
फाल्गुन ५ गते, २०८२ - २०:५४
कैलाली । कैलालीको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीमा विपरित दिशाबाट आएको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। ज...
फाल्गुन ५ गते, २०८२ - २०:५१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७५ हजार बढी सेवाग्राहीलाई निःशुल्क कानुनी सहायता प्रदान गरेको जनाएको छ । कामपाले हाल पाँचौ संस्करणका न्यायिक सहज...
फाल्गुन ५ गते, २०८२ - २०:५१
पोखरा । पोखरामा विद्यार्थी बोकेर विद्यालय आउजाउ गराउने बस चालकले नै मादक पदार्थ सेवन गर्ने गरेको भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले यसबारे निग...
फाल्गुन ५ गते, २०८२ - २०:४६
भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले पहिलो पटक आमाको नामबाट नागरिकता जारी गरेको छ । मंगलबार टेम्केमैयुङ गाउँपालिका–३ का आदित्य दर्नाललाई आमाको...
फाल्गुन ५ गते, २०८२ - २०:४४
भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ यतिबेला केवल निर्वाचन क्षेत्र मात्र होइन, राजनीतिक बहसको केन्द्र बनेको छ । यहाँको चुनावी प्रतिस्पर्धा उम्मेदवारको व्...
फाल्गुन ५ गते, २०८२ - २०:२५
काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला काठमाडौंबाट पक्राउ परेका छन् । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार ब...
फाल्गुन ५ गते, २०८२ - २०:१९
खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणले गति लिएको छ। दिक्तेल–रेग्मी...
फाल्गुन ५ गते, २०८२ - २०:१७
रुकुमपूर्व । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई सामान्य प्रतिस्पर्धा नभई “तीन प्रवृत्तिबीचको जनमत संग्रह”को रूपमा व्याख्या गरेका छन्। विकट क...



प्रतिकृया लेख्नुहोस्: