Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

निर्वाचन आयोगले देउवा पक्षलाई नयाँ दल दर्ताको अवसर दिने

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ ।

शुक्रबार साँझ बसेको निर्वाचन आयोगको बैठकले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको रूपमा अद्यावधिक गर्ने निर्णय गरेसँगै आयोगले देउवा पक्षका लागि वैकल्पिक कानुनी बाटो खुला राखेको हो । आयोगको निर्णयसँगै औपचारिक रूपमा नेपाली कांग्रेस दुई धारमा विभाजित भएको छ ।

आयोग स्रोतका अनुसार देउवा पक्षले चाहेमा नयाँ दल दर्ताका लागि सीमित समयसीमा उपलब्ध गराउने विषयमा आयोग लचिलो रहने निर्णयमा पुगेको छ । राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार आधिकारिकता गुमाएको समूहले नयाँ दल गठन गर्न चाहेमा आयोगले निश्चित समय प्रदान गर्न सक्ने प्रावधान छ ।

देउवा पक्ष गगन थापा नेतृत्वको कांग्रेसमै रहने वा अलग भएर नयाँ दल दर्ता गर्ने भन्ने विषयमा आन्तरिक छलफलमा रहेको बताइएको छ । यदि देउवा पक्षले नयाँ दल दर्ता गर्ने निर्णय गरेमा आयोगले नयाँ दलको नाम र चुनाव चिह्न समेत उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ ।

यसअघि निर्वाचन आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशनलाई वैधानिक ठहर गर्दै कांग्रेसको चुनाव चिह्न ‘रुख’ र पार्टीको आधिकारिक अभिलेख थापा नेतृत्वको समितिलाई अद्यावधिक गरेको थियो । उक्त निर्णयपछि देउवा पक्ष असन्तुष्ट देखिएको छ ।

आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा कांग्रेसको आन्तरिक विभाजन र त्यसपछि बन्ने नयाँ राजनीतिक समीकरणले राष्ट्रिय राजनीतिमा थप तरंग ल्याउने देखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वप्रकाश शर्माको सन्देश : छुटेका सबैलाई जोडेर नयाँ कांग्रेस बनाउँछौँ

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...

अब कांग्रेसमा गठबन्धन, गुट र भागबन्डाको राजनीति हुँदैनः गगन थापा

  काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिँदै आएको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने स्पष्ट संकेत...

आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं: पूर्णबहादुर खड्का

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्क...

आयोगले नियम-कानून र विधिको धज्जी उँडायाेः प्रकाशशरण महत

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाश...

कालीकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे ...

निर्वाचन आयोगले देउवा पक्षलाई नयाँ दल दर्ताको अवसर दिने

काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ । ...

२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईं समूहबीच सम्झौता

काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार...

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दियो

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट ...

गगन थापाको विधान क्रान्ति : नेतृत्वदेखि उम्मेदवारसम्म प्रत्यक्ष चुनाव

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...

कांग्रेस विवाद थप पेचिलो, निर्वाचन आयोगको निर्णय कुर्दै गगन समूह सडकमै

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending