काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि जारी भिडियो सन्देशमार्फत उनले विशेष महाधिवेशनमा सहभागी नभएका नेता–कार्यकर्तालाई समेत समावेश गर्दै अघि बढ्ने बताएका हुन् ।
शर्माले अब नेपाली कांग्रेस पुरानै ढर्रामा होइन, नयाँ सोच र नवीन कार्यशैलीका साथ अगाडि बढ्ने उल्लेख गरे । उनले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ बाट उठेका आवाजलाई आत्मसात् गर्दै पार्टीलाई समयअनुकूल रूपान्तरण गर्ने बताए । कांग्रेसले अघि सारेको उदारवादी अर्थतन्त्रको मार्गलाई अझ स्पष्ट र व्यवहारिक बनाउँदै जनतासँग जोडिने उनको भनाइ थियो ।
उनका अनुसार अब कांग्रेस केवल संगठन विस्तारमा सीमित नरही विचार, नीति र व्यवहारमा समेत परिवर्तनको दिशामा अघि बढ्नेछ । “छुटेका, असन्तुष्ट र फरक मत राख्ने सबैलाई जोडेर पार्टीलाई साझा घर बनाउने हाम्रो प्रयास हुनेछ,” शर्माको सन्देशको सार थियो ।
यता, शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई एकपटक पनि नबोलाई गरिएको निर्णय अस्वीकार्य भएको प्रतिक्रिया दिएका छन् । उनले निर्वाचन आयोगको निर्णयलाई षड्यन्त्रपूर्ण भएको आरोप लगाउँदै संस्थापन पक्ष कानुनी र राजनीतिक दुवै मोर्चाबाट संघर्ष गर्ने चेतावनी दिएका छन् ।
कांग्रेसभित्र आधिकारिकता टुंगिएसँगै एकातर्फ नयाँ नेतृत्व समेट्ने सन्देशमा देखिएको छ भने अर्कातर्फ असन्तुष्ट पक्षले प्रतिवादको बाटो रोज्ने संकेत देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - २१:३५
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...
माघ ३ गते, २०८२ - २१:३३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिँदै आएको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने स्पष्ट संकेत...
माघ ३ गते, २०८२ - २१:२४
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्क...
माघ ३ गते, २०८२ - २१:२१
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाश...
माघ ३ गते, २०८२ - २१:१७
काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे ...
माघ ३ गते, २०८२ - २१:१५
काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ । ...
माघ ३ गते, २०८२ - २१:१३
काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार...
माघ ३ गते, २०८२ - २१:०८
काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट ...
माघ ३ गते, २०८२ - १८:२६
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...
माघ ३ गते, २०८२ - १८:२३
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...




प्रतिकृया लेख्नुहोस्: