Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

बंगला विमान उड्नुअघिको दाइले गरेको बहिनीलार्इ त्यो टेलिफोन...

\"\"काठमाडौं । ‘मध्याह्न बाह्र बजेतिर फोन गरेर काठमाडौँको मौसम कस्तो छ बहिनी भनेर सोध्नुभएको थियो । मैले ठिकै छ, घाम लागिरहेको छ दाइ’ भनेको थिएँ तर...’ यति बोलेपछि निर्मला बोहराको गला अवरुद्ध भयो । ढाकाबाट काठमाडौँ उड्नुअघिको दाइको त्यही शब्द सम्झिएर भाव विह्वल भएकी बहिनी निर्मलामा साँझ ७:३० बजेसम्म दाइको अवस्था पत्तो नहुँदा चिन्ता र अन्योल थपियो । अाजको अन्नपूर्णमा खबर छ-आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त विमान युएस बंगलादेशमा परेका आफ्ना दाइ बैतडीका सोविन्द्रसिंह बोहराको अवस्था पत्ता लगाउन विभिन्न अस्पतालमा पुगे पनि तत्काल अवस्था पत्ता लाग्न सकेन । सिनामंगलको काठमाडौँ मेडिकल कलेज, नयाँ वानेश्वरको निजामती, माइतीघरको अन्नपूर्ण न्यूरो हुँदै थापाथलीको नर्भिक अस्पतालसम्म पुग्दा पनि दाइ कुन अवस्थामा कहाँ हुनुहुन्छ भन्ने उनको परिवारले थाहा पाउन सकेन । नर्भिकमा ल्याएका पाँच घाइतेमा पनि सोविन्द्रसिंहको नाम नदेखिएपछि प्रहरी, चिकित्सिक, सञ्चारकर्मी र सम्बन्धित सबैतिर बुझ्दै निर्मला र उनका आफन्त महाराजगञ्जस्थित शिक्षण अस्पतालमा कुँदे, त्यहाँ सोविन्द्रसिंहलाई ल्याइएको बताइए पनि उहाँसँग तक्काल भेट्न दिइएन । सुरक्षाकर्मीले गम्भीर अवस्थामा उपचार गराइरहेको जानकारी मात्र दिए, निर्मलाको मनको ढुकढुकी झन बढ्यो । सँगै रहेका निर्मलाका श्रीमान्ले नरुन सम्झाउँदा पनि उनको आँशु रोकिएको थिएन । त्यतिबेलासम्म विमानका ७१ यात्रुमध्ये ४९ जनाको ज्यान गइसकेको पुष्टि भइसकेको थियो । त्यसमध्ये ११ जना नेपालीको मात्र जीवित उद्धार भएको जानकारी नागरिक उडड्यन प्राधिकरणले दिएको छ । विमानमै रहेका अर्का यात्रु पाटन निवासी राजभाइ शाक्यको छोरी आस्था शाक्यको पनि साँझसम्म अवस्था पत्ता लागेको छैन । राजभाइ पनि विभिन्न अस्पतालमा चाहार्न पुगे । कुन घाइते कहाँकहाँ कतिखेर लगिएको भन्ने व्यवस्थित सूचना नहुँदा पनि परिवार र आफन्तले थप हैरानी बोहोर्नुपरेको जनाए । नर्भिक अस्पतालमा टोलाइरहेका राजभाइका साथी टेकरत्न बज्राचार्यले भने, \'घटना सुन्नेबित्तिकै साह्रै तनाव भएर आस्थालाई खोज्न आएँ तर हालससम्म भेटिएको छैन ।\' पच्चीस वर्षीया आस्था चिकित्सा शिक्षाको पढाइ सकेर स्वदेश फर्किएका थिए । नर्भिकमा उपचारका लागि ल्याइएका पाँचमध्ये वोन ट्राभल एजेन्सी, हात्तिसारका विनोदराज पौडेलको टाउँकोमा गम्भीर चोट देखिएको छ । उनलाई थप उपचारका लागि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पठाइएको छ । यहाँ ल्याइएका अन्य तीन नेपालीको अवस्था सामान्य देखिन्छ भने एक बंगलादेशीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उपचाररतमध्ये कीर्तिपुर निवासी बत्तिसपुतलीका ट्राभल एजेन्टस् व्यवसायी वसन्त बोहराको हातखुट्टा र टाउँकोमा चोट लागे पनि बोल्नसक्ने अवस्थामा छन् । रेम्बो ट्राभल, गैह्रीधाराका आशिष रञ्जीत र लक्ष्मी ट्राभलका सनम शाक्यको पनि खुट्टा र हातमा चोट लागेको छ । \'सनमलाई सघन उपचार कक्षमा भेटेर आएँ, बोल्न सक्ने छन्\', उनका एक आफन्तले भने । सो विमानमा बंगलादेशमा ट्राभल एजेन्टस् व्यवसायीको एक पुरस्कार वितरण कार्यक्रममा सहभागी भई फर्केका र चिकित्सा शिक्षा पढेर फर्केका अधिकांश यात्रु सवार रहेको पाइएको छ । बंगलादेशी यात्रुको विस्तृत विवरण आइसकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending