Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

चुनौतीको घेरामा गृहमन्त्री बादल

\"\"काठमाडौं । नेपाल प्रहरीको नेतृत्व परिवर्तनको संघारमा छ। प्रहरी महानिरीक्षक बन्न अहिलेदेखि नै आकांक्षीको दौडधुप सुरु भइसकेको छ। चैत २८ मा आईजीपी प्रकाश अर्यालले अनिवार्य अवकाश पाउँदैछन् । यसअघि प्रहरीको नेतृत्व परिवर्तनसम्बन्ध विवाद सर्वोच्च अदालतले समाधान गर्नु परेको थियो। आईजी नियुक्ती सरकारको क्षेत्राधिकारमा पर्ने भए पनि नियुक्तीमा असन्तुष्टहरू नियुक्ती उल्ट्याउन सर्वोच्च गुहार्नु नियमितजस्तै भइसकेको छ। यतिबेला नेतृत्वमा होडबाजी चलिरहेको छ। खासगरी संगठन गतिशील बनाउने, चेन अफ कमान्ड, सरुवा-बढुवा पारदर्शी र अल्पकालीनसँगै दीर्घकालीन रणनीति ल्याएर प्रहरीको वृत्तिविकासमा टेवा पुर्‍याउन सक्ने नेतृत्वको खोजीमा प्रहरी संगठन छ । अाजको अन्नपूर्णमा खबर छ-गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रहरीका समस्याबारे धेरै अनुभव नभए पनि बाहिर सार्वजनिक भएका विवाद र तथ्यको राम्रो जानकारी छ। लामो समयदेखि प्रहरीमा बढुवा रोकिएको छ। बढुवामा विगतदेखि नै दलीय भागबन्डा खोज्ने प्रवृत्ति हाबी छ। पद बहालीसँगै बादलले कसैको दबाब र प्रभावमा नपरी सुरक्षा निकाय (प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग)लाई आफ्नो जिम्मेवारी व्यावसायिक ढंगबाट निर्वाह गर्न निर्देशन दिएका थिए। सुरक्षा निकायभित्र देखिएका पछिल्ला गतिविधि राजनीतिक दबाब र प्रभावबाट मुक्त देखिँदैनन्। चेन अफ कमान्डमा चल्ने संगठनमा राजनीतिक दबाब बढ्दै गएपछि त्यसले निम्त्याउन सक्ने सम्भावित जोखिमबारे बादल जानकार हुनुपर्छ। बादलले पनि सुरक्षा निकाय परिचालन र व्यवस्थापनबारे दैनिक जानकारी लिन सक्नुपर्छ। संघीय व्यवस्थामा सुरक्षा निकाय व्यवस्थापन गर्न संघीय प्रहरी ऐन, नियमावली र निर्देशिका तत्काल बनाउनुपर्ने जिम्मेवारी गृहमन्त्री बादलमाथि छ।
मुख्य चुनौती - प्रहरी नेतृत्व छनोट गर्नु - संघीय प्रहरी ऐन निर्माण गर्नु - प्रहरी सरुवा-बढुवा पारदर्शी गर्नु - सुरक्षा निकायमा चेन अफ कमान्ड दिगो बनाउनु - प्रहरीको तीनबर्से रणनीति पारित गराउनु - सुरक्षा निकायमा दलीय प्रभाव रोक्नु - माओवादीबाट चोइटिएका पार्टीका गतिविधि रोक्नु - सशस्त्र समूहका गतिविधि रोक्नु - सीमा अपराध नियन्त्रण गर्नु
पछिल्ला दिनमा प्रहरी नेतृत्व अलमलिन खोज्दा केही प्रहरी अधिकृत सरुवामा परे। नवराज सिलवालविरुद्ध किर्तेमा मुद्दा चलाउन नमान्दा काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुक, मुद्दा शाखाका डीएसपी बेलबहादुर पाण्डेको सरुवा गरियो। नाजायज निर्देशन पालना नगर्दा प्रहरी अधिकृत सरुवा हुने र व्यक्तिगत लाभमा बढुवा हुने प्रवृत्ति गृहमन्त्री बादलले रोक्न सक्लान् ? पूर्व गृहसचिव एवं लोक सेवा आयोगका सदस्य गोविन्द कुसुम विज्ञताका आधारमा मन्त्री नियुक्ती नहुँदा ठूलो असर गर्ने बताउँछन्। गृहमन्त्रीले गृह प्रशासन सुधार र राष्ट्रिय सुरक्षा पहिलो प्राथमिकतामा राखेर काम गरे खासै चुनौती नहुने ठम्याइ उनको छ। उनले भने, ‘कानुन पालना गराउने मुख्य दायित्व गृहमन्त्रीकै हुन्छ तर पालनाको नाममा आफैं उल्लंघन गर्ने हो भने मातहत निकायको विश्वास जित्न सकिँदैन। गृहमन्त्री आफैंले सबैलाई विश्वासमा लिनसक्नुपर्छ ।’ कुसुमले यसअघि आईजी नियुक्तीमा राजनीतिक दबाबले प्रहरी संगठनको नैतिकता खस्केको बताए। ‘सरुवा-बढुवामा राजनीतिक सिराबाट नसोची कार्यक्षमता र दक्षतासँगै ऐनका आधारमा गर्‍यो भने गृहमन्त्री विवादमा आउँदैनन्। अहिले पनि दलीय प्रभाव नै गृहमन्त्रीज्यू सामु यो चुनौती देख्छु’, उनले भने, ‘गृहमन्त्रीले क्षेत्र, स्थान र पार्टीको सिफारिसभन्दा व्यावसायिकतामा ध्यान दिएर काम गरे विवाद आउँदैन’, उनले नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी, सीमा अपराध र सशस्त्र समूहका गतिविधि नियन्त्रण गर्न गृहमन्त्री बादलसामु चुनौती रहेको बताए । पूर्वडीआईजी हेमन्तबहादुर मल्ल गृहमन्त्रीको नियत राम्रो भए सुरक्षा निकाय अझ बढी क्रियाशील र व्यावसायिक बन्ने विश्वास गर्छन्। कसैसँग समन्वय नगरी एकलौटी अघि बढे अहिलेको थिति पनि बिग्रने उनको दाबी छ। उनले भने, ‘मन्त्रीले गृह प्रशासनमा अनुभवी अधिकृत र सुरक्षा नेतृत्वलाई सँगसँगै विश्वासमा लिएर अघि बढे चुनौती आफैं पार लाग्छन्। पार्टीगत स्वार्थ लाद्न खोजे अविश्वास उत्पन्न हुने र प्रहरीमा सुविधा र पैसा भए पनि सुरक्षा व्यवस्थामा समेत असर पर्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending