Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

संसदबाट गायब खेलाडी: जसलाई संसद्ले ‘मिस’ गर्दैछ

\"\"काठमाडाैं । अहिलेको संसद्मा पुराना दुई अनुभवी राजनीतिज्ञ छैनन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई संसद्मा ‘मिस’ गरिएको छ । बिजुक्छे पाँचपटक सांसद भए, सरकारमा कहिल्यै सहभागी भएनन् । केसी सामान्य जीवनशैली र सत्तापक्षमाथिको खरो प्रस्तुतिका कारण अघिल्ला संसद्मा चर्चामा रहन्थे । अाजको नयाँ पत्रिकामा खबर छ- यसअघिको केपी ओली नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री बनेका थिए । जसको दल सकियो तर पद जोगियो \"\" एक–दुई सिट हुँदा पनि अघिल्ला संसद्मा केही चल्तीका सांसदको तत्कालीन पार्टी अस्तित्वविहीन बने पनि आफ्नो पद जोगाएका छन् । ठूला पार्टीमा प्रवेश गरेर उनीहरू अहिले पनि सांसद बनेका छन् । अखण्ड नेपाल पार्टी गठन गरेर दोस्रो संविधानसभामा समानुपातिक सांसद बनेका कुमार खड्का प्रचण्ड नेतृत्वको सरकारमा महिला, बालबालिकामन्त्रीसमेत बने । यसपटकको निर्वाचनमा थ्रेसहोल्ड लागू भएपछि निर्वाचनअघि नै उनी कांग्रेस छिरे र आमन्त्रित केन्द्रीय सदस्य बने । अहिले प्रदेश ४ को सांसद पनि छन् । संसदीय दलको नेतामा दाबेदारी गरिरहेका छन् । सद्भावना आनन्दीदेवीका तर्फबाट पहिलो संविधानसभामा समानुपातिक सांसद सरिता गिरी बाबुराम भट्टराई नेतृत्वको सरकारमा श्रममन्त्री बनिन्, तर बर्खास्तीमा परिन् । आनन्दीदेवीपछि श्यामसुन्दर गुप्तासँगै पार्टीमा सक्रिय रहिन् । गुप्तासँग पनि विवाद भएपछि उनले नेपाल सद्भावना पार्टी गठन गरिन् । दोस्रो संविधानसभामा चुनाव पनि लडिन्, तर जितिनन् । ०७१ फागुनमा अनिल झाको संघीय सद्भावना पार्टीसँग एकता गरेर सह–अध्यक्ष भइन् । त्यसपछि अनिल झाले कानुन विपरीत काम गरेको भन्दै अदालतसम्म पुगिन् । तर, मुद्दा नुटुंगिदै उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा पुगिन् । खस आर्य कोटाको पहिलो नम्बरमा समानुपातिकतर्फ सिफारिस भएकी उनी अहिले प्रतिनिधिसभामा सांसद छिन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि अतहर कमाल मुसलमानले कपिलवस्तु–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । चुनाव पनि जिते । स्वतन्त्र सांसद कमाल त्यतिबेला उपराष्ट्रपतिको उम्मेदवारसमेत बनेका थिए । हिन्दू धर्म मान्ने पार्टी अखण्ड नेपालका कुमार खड्काको प्रस्ताव र क्रिश्चियन धर्म मान्ने लोकमणि ढकालको समर्थनमा कमालको उम्मेदवारी थियो । तर, पछि उम्मेदवारी फिर्ता लिए । संविधानसभामा स्वतन्त्र उम्मेदवारी दिएलगत्तै कांग्रेसले कारबाही ग¥यो, तर सांसद बनेपछि उनलाई कारबाहीले असर गरेन । साढे दुई वर्षजति स्वतन्त्र सांसदकै हैसियतमा काम गरे । १३औं महाधिवेशनको एक हप्ताअघि पार्टीले अनुशासनको कारवाहीबाट फुकुवा गरिदिएपछि उनी पुनः कांग्रेसमै सक्रिय रहे । यसपटकको निर्वाचनमा कपिलवस्तुबाटै उम्मेदवारी दिने तयारी गरे पनि दिपकुमार उपाध्याय निर्वाचन लड्ने भएपछि उनी पछाडि हटेका थिए । उम्मेदवारी दिन नपाएपछि कमाललाई सभापति शेरबहादुर देउवाले २६ मंसिरमा केन्द्रीय सदस्यमा मनोनित गरे । प्रतिनिधिसभामा समानुपातिकबाट मुस्लिम कोटामासमेत परे । उनी पहिलो संविधानसभामा कांग्रेसबाटै टिकट पाएर पनि पराजित भएका थिए । दुईवटै संविधानसभामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) बाट सांसद रहेकी रुक्मिणी चौधरी अहिले संसदबाहिर छिन् । तर, पार्टीभित्रको प्रभाव भने कायम राखेकी छिन् । उनको पार्टीले अपेक्षित मत ल्याउन नसक्दा संसदमा प्रतिनिधित्व हुन सकेन । अबको समय संगठन विस्तारमै खर्चिने योजना उनले सुनाई । ‘सांसद हुन चाहेको भए अन्य पार्टीमा निर्वाचन पहिला नै लाग्ने थिएँ, राजनीतिमा हावाको बगेतिर जाने मेरो सोच होइन’ चउनले भनिन्, ‘अब पार्टीको संगठन विस्तार गरी अर्को निर्वाचनको तयारी गर्ने हो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending