Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

स्थानीय तहले विद्यालय चलाएपछि शिक्षक त्रसित

\"\"काठमाडौं । नेपाली शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्पष्ट कानूनी आधारबिना विद्यालय शिक्षामा स्थानीय तहले अधिकार प्रयोग गरेको भन्दै त्यसको आलोचना गरिएको छ । स्थानीय तहले बनाउन थालेका शिक्षासम्बन्धी ऐन, नियम र कार्यविधिमा आफूहरुको ट्रेड युनियन अधिकारको बेवास्ता गरिएको र शिक्षामा थप अराजकता ल्याउन खोजिएकोमा उनीहरुले गुनासो व्यक्त गरेका छन् । नेपालको संविधानमा विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहलाई दिइएको छ तर शिक्षक संगठनहरुले संघीय शिक्षा ऐन र प्रादेशिक शिक्षा ऐन जारी नभएसम्म विगतकै अभ्यास र कानूनी आधारमा विद्यालय चलाउन माग गर्दैआएका छन् । शिक्षाविद् एवं स्थानीय विकास मन्त्रालयका अधिकारीले भने संविधान बमोजिम सथानीय तहको अधिकार कार्यान्वयन हुँदा शिक्षक तर्सनु नपर्ने बताउँदै आएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालगायत स्थानीय तहले हालै त्यहाँका सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति विघटन गरी वडाध्यक्षकै अध्यक्षतामा व्यवस्थापन समिति पुनःगठन गरेकामा पनि शिक्षकहरुले त्यसको आलोचना गरेका छन् । शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी महासंघको महाधिवेशनको बन्द सत्रमा महासचिव तिलक कुँवरले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा ‘विद्यालय शिक्षा सञ्चालनको स्पष्ट ऐन कानून अभावका कारण स्थानीय तह मनोमानी ढंगले चल्दा शिक्षामा अराजकता फैलिने खतरा देखिएको’ उल्लेख गरिएको छ । नेपालको संविधानको धारा ३४ ले श्रमको हक स्थापित गरेको र प्रत्येक श्रमिकलाई कानून बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने र सौदाबाजी गर्ने हकको प्रबन्ध गरिए पनि स्थानीय तहमा लागू भएका कार्यविधिले ट्रेड युनियन अधिकारको कटौती गरेको प्रतिवेदनले औँल्याएको छ । हाल मुलुकभर एक लाख सात हजार ८६० शिक्षक दरबन्दी छ । हालसम्म कार्यरत शिक्षकहरुको पद समायोजन, अनुदान, वृद्धि र विकास संघीय सरकारद्वारा सुनिश्चत गरिनुपर्ने, शिक्षकको स्थायित्व र बढुवा शिक्षक सेवा आयोग मार्फत गरिनुपर्ने, शिक्षकको दरबन्दी, सेवा, सर्त र सुविधाको न्यूनतम मापदण्ड संघीय कानूनमा प्रबन्ध गरिनुपर्ने महासंघको माग छ । स्थानीय तहको शिक्षा समितिमा समन्वय र सहकार्य गर्न जिल्ला समन्वय समितिमा शिक्षा शाखाको प्रबन्ध गरिनुपर्ने पनि महासंघको माग छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको नमूना कानूनका आधारमा रही स्थानीय तहले कानून जारी गर्न थालेका हुन् । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले विधि र प्रक्रिया बमोजिम कानून बनाएर स्थानीय तहले विद्यालय शिक्षा सञ्चालन गर्नसक्ने भन्दै सबै मिलेर गुणस्तरीय सार्वजनिक शिक्षामा केन्द्रित हुनुपर्ने बताए । महासंघका अध्यक्ष केशव निरौलाले प्रदेश सरकारले शिक्षाका कानून बनाएपछि ती कानूनसँग नबाझिने गरी मात्र स्थानीय तहले कानून र कार्यविधि ल्याउनुपर्ने तर्क राखे । उनले भने, ‘हामी स्थानीय तहको अधिकारबारे जानकार छौँ तर शिक्षकहरुलाई बेवास्ता गरी कुनै पनि सरकारले कानून ल्याउदा कार्यान्वयनमा जटिलता भई शैक्षिक अव्यवस्थापन बढ्नसक्छ भन्नेतर्फ सचेत गराउन चाहान्छौँ ।’ महासंघको घटक संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापा स्थानीय तहमा शैक्षिक सञ्चालनमा देखिएका समस्या र अन्योललाई महासंघको आगामी नेतृत्वले कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर सहजीकरणको बाटोमा जाने जानकारी दिए । सूर्यविनायक नगरपालिकामा उपप्रमुख जुना बस्नेतले स्थानीय तहलाई जनताले विश्वास र संविधानले अधिकार दिएकाले शिक्षाको अवस्था सुधारका लागि कानून बनाएरै काम शुरु गरेको दाबी गरे । विसं २०७१ फागुन २८ मा तत्कालीन नेपाल शिक्षक युनियन महासंघमा रुपान्तरण भएको हो । सामुदायिक र निजी विद्यालयका विभिन्न १६ शिक्षक संगठन आवद्ध महासंघको तीन दिने महाधिवेशनले नयाँ नेतृत्वसमेत निर्वाचित गर्नेछ ।रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending