Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

कर्णालीका बाढीपीडित भन्छन्ः सरकार अरु चाहिँदैन, बास भए पुग्छ

\"\"सुर्खेत । सुर्खेत पञ्चपुरी नगरपालिका– १० गल्फगाउँका बाढीपीडितको अवस्था बुभ्mन कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसहित पत्रकारको टोलीले त्यहाँको स्थलगत भ्रमण गरेको छ । कानूनमन्त्री भण्डारी पुगेपछि कलेटी परेका ओठ, चाउरी परेका गाला र निन्याउरो अनुहारमा थोरै खुशी लिएर पालमुनिबाट बालबालिकासहित महिला र पुरुषको समूहले रुखका पातको माला बनाएर उहाँलाई स्वागत गरे । मन्त्री तहको मान्छे पहिलो पटक पालको बास खोजेर आउँदा गल्फवासीको खुशीको सीमा रहेन । पालका बस्तीमा आफूसँग दुःख साट्ने मन्त्री पाएको भन्दै स्थानीय दुर्गा नेपालीले गर्व लागेको बताइन्। यद्यपि मन्त्रीको आगमनमा देखिएको खुशीभित्र दुर्गालगायतका सबै बाढीपीडित गल्फवासीका लुकेका पीडा पोखिने बेला खोजिरहेका थिए । एकैछिनपछि गल्फकै स्थानीय महिला बिन्द्रा जैसीले भनिन् ‘सरकार घरदैलो पुगेको छ, अब हामीले हाम्रा समस्या बताउनु पर्दैन ।’ स्थानीय राजु विकले विसं २०७१ साउनमा भेरी नदीमा आएको बाढीले पञ्चपुरी नगरपालिका–१० (साविक तातोपानी गाविस ६) गल्फका मात्रै १०७ घरधुरी बगाउँदा २९ मान्छे र सयौँ पशुवस्तुको क्षति हुनुका साथै आफू घरबारविहीन भएको दुःख व्यक्त गरे । उनले भने, ‘बाढीको बज्रपातका बेला सरकारभन्दा निजी क्षेत्रले लत्ताकपडा, चामल र पाल दिएर सहयोग ग¥यो ।’ सोही वडाकै रतन कामीले भने, ‘सहयोगका नाममा सरकारले एकपटक रु ४० हजार ५०० दिएको थियो । आखिर त्यसले के पुग्छ र ?’ एक मिटर जमिन किन्दा रु तीन लाख पर्ने ठाउँमा रु ५० हजारले घर जग्गा किन भन्ने सरकारका नागरिक भएर बाँच्न नसकिने अवस्था आइलागेको उनले बताए । कानूनमन्त्री भण्डारीसँग पञ्चपुरी नगरपालिकाका सबै बाढीपीडितको एउटै माग थियो, सरकार हामीलाई अरु चाहिँदैन भन्दै बासको व्यवस्था गरिदिन आग्रह गरे । सरकारले बासको मात्र व्यवस्था गरिदिए गास र कपासका आफैँ संघर्ष गर्ने उनीहरुले बताएका छन् । सामुदायिक जंगलमा बस्दा समितिका मान्छेले रुख त के हाँगासमेत काट्न नदिएको उनीहरुको गुनासो थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending