Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

बोक्सी भन्दै युवती घण्टाैं कुटिइरहिन गाउँले रमिते बनिरहे

\"\"काठमाडाैं । देशभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा कैलालीको दुर्गम थारू बस्तीमा बिहीबार बोक्सी आरोपमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया राधा चौधरीलाई मरणासन्न हुने गरी घण्टौंसम्म कुटपिट गरिएको छ । निर्मम कुटपिटबाट शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
अाजको कान्तिपुरमा खबर छ-घोडाघोडी नगरपालिका–५ देउकलीस्थित घरमा बिहान आँगन सफा गरिरहेका बेला आइपुगेका गाउँकै सात जनाको समूहले उनलाई जबर्जस्ती बाँधेर लगेका थिए । नजिकै छिमेकी किस्मती चौधरीको आँगनमा कुरिरहेका भोलेबाबा भनिने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै उनीमाथि निर्मम कुटपिट गरेका हुन् । पीडित चौधरीको पेट, छाती, टाउको, खुट्टा, घाँटी, नाक, कानलगायत शरीरका अन्य भागमा गम्भीर चोट छन् ।
कुनै समय सानोतिनो व्यापारमा संलग्न भए पनि अहिले आफूलाई भोलेबाबा बताउने २५ वर्षीय रामबहादुरले बोक्सी भगाउने भन्दै कुटपिट गरिरहँदा भेला भएका सयौं स्थानीयमध्ये कसैले पनि नरोकेको पीडितका बुवा जोखन चौधरीले दुखेसो पोखे । ‘लगातार छोरीमाथि कुटपिट भयो,’ उनले भने, ‘सबैले नाटक हेरेजस्तै हेरिरहे, कसैले रोक्ने प्रयास गरेनन् ।’
‘घटना एकाएक भयो, छोरीको हातखुट्टा बाँधेर लिएर गए, गुरुवा (थारू समुदायको झाँक्री) भएको ठाउँमा पुग्दा सयौं मान्छे जम्मा भइसकेका थिए,’ उनले भने, ‘हामी एक्लाको कुरा कसले सुन्ने ? कसैले सुनेनन् ।’ पीडित राधाकी आमा फूलकेशरीले कुटपिट रोक्नुको सट्टा जम्मा भएका स्थानीयले ताली बजाएको बताइन् । ‘हामी रोइकराइ गरिरहेका थियौं, अरू ताली बजाइरहेका थिए,’ उनले सुनाइन् । प्रहरीले समेत सुरुमा कुरा सुन्नै नमानेको उनले गुनासो गरिन् । ‘गाउँकै किस्मती चौधरी लगायतको समूहले छोरीलाई जबर्जस्ती लगेका हुन्,’ उनले भनिन् ।
[caption id=\"attachment_178808\" align=\"alignleft\" width=\"750\"]\"\" बोक्सी आरोपमा झाँक्रीसहितले अत्याचार गर्दा रमिते बनेका गाउँले[/caption]
‘बिहान आँगन सफा गरिरहेकी थिएँ, एकाएक जबर्जस्ती मलाई बाँधेर बाबा भएको ठाउँमा लगे,’ शुक्रबार उपचारका लागि सेती अञ्चल अस्पताल ल्याइएकी पीडित चौधरीले भनिन्, ‘उनीहरूले बोक्सी झार्नुपर्छ भन्दै जबर्जस्ती उठाएर किस्मतीको आँगनमा पुर्‍याए ।’ आफूलाई पुर्‍याइँदा त्यहाँ धेरै मान्छे जम्मा भइसकेको बताउँदै उनले भनिन्, ‘मेरा संवेदनशील अंगदेखि शरीरभरि कुटपिट भयो ।’ उनले ‘बोक्सी हुँ’ भनेर नस्वीकार्दासम्म घण्टौं कुटपिट भइरहेपछि स्वीकार्न बाध्य भएको बताइन् ।
आफूलाई दैवीशक्ति प्राप्त भएको भन्दै बोक्सी आरोपमा कुटपिट गर्ने रामबहादुरलाई शुक्रबार मात्र प्रहरीले पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय सुखडमा ल्याइएका भोलेबाबालाई छुटाउन सयौंको संख्यामा स्थानीय प्रहरीकहाँ पुगेका थिए । प्रहरीले घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकाया र पीडित युवतीका बुवा जोखन चौधरी लगायतको रोहबरमा भोलेबाबा उर्फ रामबहादुर चौधरीलाई छाडेको सई दिनेश विष्टले बताए । नगरप्रमुख चौधरीले घटनाबारे आफूलाई जानकारी नभएको जवाफ दिए । ‘बिहीबार म मलामी गएको थिएँ, साँझ अबेर मात्र घटनाबारे जानकारी पाएको हुँ,’ उनले भने ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले घटनाबारे अनुसन्धान भइरहेको बताए । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयको टोली अस्पताल पुगी घटनाबारे पीडित र आफन्तसँग जानकारी लिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending