Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

दुईतिर काम गर्ने डाक्टरलाई कारबाही गर्ने लालबाबुको चेतावनी

\"\"काठमाडाैं ।जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एउटै समयमा निजी क्षेत्र र सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । भ्रूणको लिंग पहिचान गरी गर्भपतनको अपराधलाई बढवा दिने चिकित्सा सेवाका विकृति अन्त्य गर्न आफुले चाँडै नै मन्त्रिणपरिषद्मा एक प्रस्ताव प्रस्तुत गर्ने घोषणा पनि उनले गरे । मातृशिशु समाज नेपालको द्विदिवसीय एघारौ सम्मेलनको आज यहाँँ उद्घाटन गर्दै पण्डितले नेपालका सबै तह र तप्काका नागरिकले स्वदेश मै उपचार गर्ने प्रण गर्ने निजी क्षेत्रलाई निषेध होइन प्रवद्र्धन तथा देशलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सिा सेवाको केन्द्र विन्दुका रुपमा स्थापित गर्ने प्रस्ताव पेश गर्ने जानकारी दिए । सुधारका योजना दीर्घकालीन दृष्टिकोण, नवीनतायुक्त प्रस्ताव र सुझाव सरकारलाई प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्दै मन्त्री पण्डितले भने“सरकारी अस्पतालबाट भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ ।” समृद्धितर्फ लम्कने राष्ट्रिय अठोट पूरा गर्न समाजका सबै वर्गबाट सहयोग हुनुपर्ने वास्तविकता औल्याउँदै उहाँले अबदेखि भ्रूणको लिंग पहिचान नगर्ने प्रतिबद्धता पनि चिकित्सकहरुबाट व्यक्त हुनैपर्छ भने । समाजका अध्यक्ष प्राडा मणिन्द्र रञ्जन बरालले मातृशिशु कक्ष देशका सबै अस्पतालमा व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै मातृशिशुको उचित संरक्षण नगरेसम्म कुनै पनि राष्ट्रको भविष्य सुनिश्चि नहुने यथार्थ सुनाए । उनले गर्भवति र नवजात शिशुको स्वास्थ्य सेवामा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए । सम्मेलनमा मातृशिशु स्वास्थ्यको क्षेत्रमा चिकित्सा क्षेत्रमा भएका नवीनतम् उपलव्धि, नेपाली माता र शिशुले जन्मपछिका बाल्य अवस्थामा झेल्नुपरेका समस्या लगायत विषयमा गहन विचार विमर्श हुनेछ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending