Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

पति प्रत्यक्ष, पत्नी समानुपातिकबाट साँसद (भाग्यमानी ११ जाेडी)

\"\"काठमाडौं । यसपालिकाे निर्वाचनबाट करिब एक दर्जन दम्पति सांसद बनेका छन् । अधिकांश पति प्रत्यक्षबाट निर्वाचित हुँदा पत्नीहरु समानुपातिकबाट सांसद् बनेका छन् । अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ- एमाले र माओवादी केन्द्रबाट संसदमा बन्ने दम्पति धेरै छन् । मधेसी दलबाट पनि दम्पति सांसद बनेका छन् । निर्वाचन आयोगले निर्वाचनको नतिजा सार्वजनिक गरेपछि यस निर्वाचनमा १० भाग्यमानी जोडीले सांसद हुने अवसर पाएका हुन् । जसमध्ये नेकपा माओवादी केन्द्रबाट पाँच, नेकपा एमालेबाट चार र राष्ट्रिय जनता पार्टी नेपालबाट एक जोडी सांसद बनेका छन् । यीमध्ये सबैभन्दा भाग्यमानी एमालेका पुराना नेता कृष्णगोपाल श्रेष्ठ भएका छन् । श्रेष्ठ काठमाडौ क्षेत्र नं. ९ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । श्रेष्ठकी पत्नी महिला नेतृ बीना श्रेष्ठ समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि निर्वाचित भएकी छन् । माओवादी नेता देव गुरुङ र यशोदा सुवेदी दुवै सांसद बनेका छन् । गुरुङ र सुवेदी श्रीमान श्रीमती हुन् । गुरुङले लमजुङबाट प्रतिनिधि सभाको चुनाव जितेका हुन् भने सुवेदी समानुपातिकतर्फ जनजाति कोटाबाट सांसद् बनेकी छन् । एमाले स्थायी समिति सदस्य शंकर पोखरेल र उनी श्रीमती सुजिता शाक्य पनि सांसदमा निर्वाचित भएका छन् । पोखरेल दाङ क्षेत्र २‘क’बाट निर्वाचित भएका छन् भने शाक्य एमालेको प्रतिनिधि सभाको समानुपातिकबाट सांसद बनेकी छन् । पोखरेल प्रदेश ५ का मुख्यमन्त्री भएका छन् । एमाले केन्द्रीय सदस्य विरोध खतिवडा मकवानपुर क्षेत्र नं. २ वाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनकी श्रीमती तथा नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल समानुपातिकबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएको नेकपा एमालेले जनाएको छ । माओवादी केन्द्रका महेश्वर गहतराज बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् भने उनकी श्रीमती उषा पुन (गहतराज) प्रदेश ५ बाट प्रदेश सभामा समानुपातिक सांसद भएकी छन् । एमालेबाट शेरबहादुर तामाङ र उषाकला राई दुवै सांसद बनेका छन् । तामाङ सिन्धुपालचोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । राई प्रदेश नम्बर १ बाट समानुपातिकतर्फ प्रदेश सभा सदस्यमा चुनिएकी छन् । माओवादी नेता वर्षमान पुन रोल्पाबाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् भने उनी श्रीमती ओनसरी घर्तीमगर प्रतिनिधि सभाको समानुपातिकबाट सांसद चुनिएकी छन् । ओनसरी दोस्रो संविधान सभाको सभाध्यक्ष पनि हुन् । एमाले नेता रघुवीर महासेठ र उनी श्रीमती जुलीकुमारी महतो दुवै सांसद बनेका छन् । महासेठले घनुषा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका छन् । महतो प्रतिनिधि सभाको समानुपातिकतर्फ महिला मधेशी कोटाबाट सांसद बनेकी छन् । राष्ट्रिय जनता पार्टी(राजपा) का अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा र उनी श्रीमती डिम्पलकुमारी झा दुवै जना सांसद बनेका छन् । अनिल रौतहटको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । डिम्पल झा समानुपातिक तर्फ प्रदेश २ बाट प्रदेश सभा सदस्यमा चयन भएकी छन् । माओवादी केन्द्रका नेता कृष्णध्वज खड्का प्युठानबाट प्रदेश सभामा निर्वाचित भएका छन् भने उनकी श्रीमती रेखा शर्मा समानुपातिकबाट प्रतिनिधि सभामा सदस्य भएकी छन् । खड्का प्युठानको क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित भएका छन् । माओवादी नेता शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् भने श्रीमती सत्या पहाडी समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य भएकी छन् । यद्यपि नेताहरुले भने पार्टीले नेता पत्नीका रुपमा नभई पार्टीमा महत्वपुर्ण भुमिका खेलेका कारण समानुपातिक सांसद बनाइएको बताएका छन् । नेताहरुको नेता पत्नीका रुपमा नभई महिला नेतृहरुले पार्टी र जनसंगठनमा पुर्‍याएको योगदानको कदर गर्दै सांसद बनाएर थप जिम्मेवारी दिइएको बताएका छन् । अर्कातिर बर्दियाट पराजित भए पनि एमालेका उपाध्यक्ष तथा पुर्व गृहमन्त्री वामदेव गौतमकी धर्मपत्नि तुल्सी थापागौतम समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य भएकी छन् । समानुपातिकतर्फबाट सांसद बनेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पत्नी मञ्जु खाँणलाई पार्टीले समानुपातिक सूचीमा राखे पनि अन्तिममा नाम काटियो । दम्पति सांसद देव गुरुङ र यशोदा सुवेदी शंकर पोखरेल र सुजिता शाक्य महेश्वर गहतराज र उषा पुन (प्रदेश सभा) शेरबहादुर तामाङ र उषाकला राई(प्रदेश सभा) बर्षमान पुन र ओनसरी घर्तिमगर रघुवीर महासेठ र जुलीकुमारी महतो अनिलकुमार झा र डिम्पलकुमारी झा कृष्णध्वज खड्का र रेखा शर्मा शक्तिबहादुर बस्नेत र सत्या पहाडी विरोध खतिवडा र मुनु सिग्देल कृष्ण गोपाल श्रेष्ठ र बीना श्रेष्ठ

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies