Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

मेलम्ची आयोजना एक महिनामै ‘ब्रेक थ्रु’

\"\"काठमाडाैं । अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग एक महिनाभित्रै ‘ब्रेक थ्रु’ हुने भएको छ । जतिसक्दो चाँडो आयोजना सक्ने तदारुकता र लक्ष्यमा अन्यथा नभए मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना असारभित्रै पूरा हुने देखिएको छ। आजको नागरिकमा खबर छ-‘बाँकी दुई सय ६० मिटर खनेपछि साढे २७ किलोमिटर लामो सुरुङमार्ग ब्रेक थ्रु हुनेछ,’ आयोजनाका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले भने, ‘फागुन (मार्च दोस्रो साता) भित्र मुहानस्थल अम्बाथान–सुन्दरीजल सुरुङमार्ग जोड्न प्रतिबद्ध छौं ।’ सुरुङका तीनमध्ये दुई खण्ड ब्रेक थ्रु भइसकेका छन् । बीचको सिन्धु–ग्याल्थुम खण्ड ब्रेक थु्र गर्न अहिले तीव्र गतिमा काम भइरहेको छ। ७.७ किमि लामो सुरुङमार्ग रहने यो खण्डमा ५.१ किमि सुरुङको काम सकिएको छ । निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनी सिएमसी, कन्सल्ट्यान्ट र आयोजनाका अधिकारीबीचको बैठकले एक महिनाभित्रै सुरुङमार्ग ब्रेक थ्रु गर्ने साझा संकल्प गरेको उपकार्यकारी निर्देशक थापाले बताए । सबैभन्दा लामो सुन्दरीजल–सिन्धु खण्ड गत वर्ष पुसमा सुरुङमार्गले जोडिएको थियो । गत पुस १४ गते ८.२ किमि लामो ग्याल्थुम–अम्बाथान खण्ड ब्रेक थ्रु भएको थियो । यो दोस्रो लामो खण्ड हो । आयोजनाका अनुसार ठेकेदार कम्पनी सिएमसीले दैनिक आठ मिटरसम्म सुरुङ खनिरहेको छ । उसले यही दरलाई मात्र निरन्तरता दिए अबको ३२ दिनमै सुरुङ ब्रेक थ्रु हुनेछ। ‘ठेकेदारले दैनिक १२ मिटरसम्म पु¥याउने बाचा गरेकाले बाँकी सुरुङको काम सक्न त्यति दिन पनि नलाग्ने ठानेका छौं,’ थापाले भने । आयोजनाका अधिकारीहरुका अनुसार सुरुङमार्ग बन्दैमा मेलम्ची काठमाडौं पुग्दैन । निर्मित सुरुङ ढलान र मुहानस्थल (इन्टेक) मा ड्राइभर्सन च्यानल निर्माण गरेपछि मात्र पानी आपूर्ति सम्भव हुन्छ । सुरुङ ढलानलाई त्यति समय नलाग्ने देखिए पनि ड्राइभर्सन च्यानल बनाउन ६ महिना समय लाग्न सक्ने अधिकारी बताउँछन् । ढलान सकेपछि ड्राइभर्सन च्यानलको सट्टा तत्कालका लागि अस्थायी संरचना बनाएर पानी सुन्दरीजल खसाल्ने तयारीमा आयोजना छ । ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता तीन महिना थपेर असार (जुन) सम्म पु¥याइएको दाबी आयोजनाका अधिकारीले गरेका छन् । ठेकेदारसँगको सम्झौता फागुन (मार्च) मा सकिँदैछ । उक्त अवधिमा सुरुङ सम्पन्न हुने देखिए पनि ढलान गर्न नभ्याउने भएपछि उसकै आग्रहमा समय थपिएको आयोजनाको भनाइ छ। ‘सबै काम सकेर थपिएको समयभित्र सुन्दरीजलमा पानी खसाल्छौं,’ उपकार्यकारी निर्देशक थापाले भने, ‘असारभित्रै उपत्यकावासीले मेलम्ची पानी पाउँछन् ।’ उनका अनुसार अहिले बाँकी सुरुङ खन्ने र ढलान गर्ने काम सँगसँगै भइरहेको छ । सिन्धुबाट सुन्दरीजल र ग्याल्थुमबाट अम्बाथानतिर साढे तीन किमि सुरुङ ढलान भइसकेको छ । दुईतिरबाट मात्र काम गर्दा एकै दिन ७६ मिटरसम्म सुरुङ ढलान भएकाले यसमा धेरै समय नलाग्ने आयोजनाको निष्कर्ष छ । ‘सुरुङ ब्रेक थ्रु गरेपछि तीन खण्डका सातै ठाउँबाट ढलानमा तीव्रता दिनेछौं,’ थापाले भने । मुहानस्थल अम्बाथानमा स्थायी च्यानल बनाउन समय लाग्ने भएकाले तत्कालका लागि अस्थायी प्रकृतिको ‘कफर्ड ड्याम’ बनाएर पानी सुरुङमा प्रवेश गराउने उनले बताए । थापाले भने, ‘इन्टेकमा स्थायी संरचना बन्दै गर्छ, त्यतिन्जेल कफर्ड ड्यामबाट पानी आपूर्ति भइरहन्छ।’ सुन्दरीजलमा मेलम्चीबाट आउने १७ करोडमध्ये साढे आठ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ । बाँकी साढे आठ करोड लिटर क्षमताको अर्को प्रशोधन केन्द्र निर्माण भइरहेको छ । त्यहाँ आयोजनाको मुख्य दाता एसियाली विकास बैंक (एडिबी) को सहयोगमा काम भइरहेको हो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending