Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

चार करोड २९ लाख अवैध सम्पत्ति लेखिएपछि चुडामणि शर्माको पत्नी कल्पना पनि तानिइन्

\"\"काठमाडौं । कर फर्स्योट आयोगमा सदस्य रहँदा व्यापारिक फर्मलाई दिएको कर छुटमा भ्रष्टाचारको अभियोग खेपिरहेका आन्तरिक राजस्व विभागका तत्कालीनमहानिर्देशक सहसचिव चुडामणि शर्माविरुद्ध पदीय दुरुपयोग गरी चार करोड २९ लाख रुपैयाँ बराबर गैरकानुनी सम्पत्ति (अकुत) आर्जन गरेको अभियोगसहित सोमबार विशेष अदालतमा अर्को मुद्दा दायर गरिएको छ । अाजको अन्नपूर्णमा खबर छ-शर्माले पत्नी कल्पना उप्रेती शर्मा र परिवारका नाममा अवैध सम्पत्ति लुकाएको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । अकुत मुद्दामा शर्मालाई फरार देखाइएको छ । अख्तियारले शर्मा सार्वजनिक सेवामा प्रवेश गरेयता ०७३ साल मंसिर मसान्तसम्मको चल अचल सम्पत्ति जाँच गरिएको जनाएको छ । अख्तियारका प्रवक्तासमेत रहेका सहन्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले आयोगको निर्णयअनुरूप शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन (अकुत) सम्पत्ति मुद्दा दर्ता गरिएको बताए । ‘शर्माले सेवा अवधिमा आफू र आफ्नो परिवारका सदस्यको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिका विषयमा संकलित तथ्य प्रमाणउपर छानबिन एवं विश्लेषण गर्दा आयोग अदालतमा मुद्दा लैजाने निष्कर्षमा पुगेको हो’, प्रवक्ता पाण्डेयले अन्नपूर्णसँग भने । ६ महिना लामो अनुसन्धानपछि अख्तियारले शर्माविरुद्ध चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँ बराबर अवैध सम्पत्ति आर्जनको दाबी गरेको छ । निजामती सेवाको जाँच अवधिमा शर्माले तीन करोड ६३ लाख ७२ हजार नौ सय ६१ रुपैयाँ आयआर्जन गरेको निष्कर्षमा अख्तियार पुगेको छ । अनुसन्धानबाट उक्त अवधिमा चल अचल सम्पत्ति सिर्जना एवं सेयर लगानीलगायत शीर्षकहरूमा समेत गरी सात करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ खर्च गरेको देखिएको छ । यसरी वैध आयको तुलनामा ४ करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको हो । ‘निजको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आयो । निज चूडामणि शर्मा र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनयापन गरी आफ्नो हैसियतभन्दा बढी रकम आफ्नो र श्रीमती तथा छोराहरूको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दात देखिएको छ’, अदालतमा बुझाएको अभियोगपत्रमा उल्लेख छ, ‘विभिन्न वित्तीय संस्था तथा प्रालि एवं कम्पनीका सेयर खरिद तथा लगानी गरेको, सवारी साधन खरिद एवं घर निर्माण तथा जग्गालगायत चल अचल सम्पत्ति खरिद गरेको देखिन आएको छ ।’ शर्माले राष्ट्रसेवक भएपश्चात् के-कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको भनेर स्रोत पुष्टि गर्न नसकेको भन्दै उनलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ ग तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम दुई वर्षसम्म कैद, बिगोबमोजिम जरिवाना र बिगो जफतको माग गरिएको छ । ती दफामा भ्रष्टाचारको बिगो जफत र कैदको प्रावधान छ । शर्माको सम्पत्ति कानुनी रूपमा अमिल्दो र अस्वाभाविक देखिएको दाबी अख्तियारको छ । ऐनअनुसार अमिल्दो रूपमा उच्च जीवनस्तर यापन गरी कसैलाई हैसियतभन्दा बढी दान, दातव्य, उपहार, सापटी, चन्दा वा बकस दिएको प्रमाणित भए आरोपित व्यक्तिले उक्त सम्पत्तिको स्रोत पुष्टि गर्नुपर्छ। शर्माले स्रोत पुष्टि हुन नसकेको भन्दै दाबी गरिएको रकमलाई लोकसेवा आयोगको पाठ्यक्रमअनुरूप पुस्तक लेखन र निजामती विद्यार्थीको प्रशिक्षणको आम्दानीका रूपमा देखाएका छन् । ‘पुस्तक बेचेर र विद्यार्थीलाई पढाएबापत ठूलो आम्दानी देखाइएको छ । पुस्तकको मूल्य, संख्या, बिक्रीको अनुपात, छपाइ लागत र प्रकाशकको आम्दानी सबै कट्टा गरेर सामान्यतया हिसाब निकाल्दा उहाँको यो दाबी मनासिव र चित्तबुझ्दो देखिएन । यस्तो नदेखिएपछि सहमत हुन सकिएन’, स्रोतले भन्यो । यसअघि साउन १ गते शर्मासहित कर फस्र्योट आयोगमा रहँदा व्यापारिक फर्मलाई कर छुट दिँदा शर्मासहित आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँ भ्रष्टाचारको मागदाबीसहित विशेषमा अख्तियारले मुद्दा दायर गरेको थियो । त्यो मुद्दामा जनही ३ अर्ब ३४ करोड बिगो र बिगोको दोब्बर जरिवानाको माग छ । गैरकानुनी रूपमा आर्जन गरी स्रोत पुष्टि हुन नसकेको सम्पत्ति निजको श्रीमती कल्पना उपे्रती शर्माको नाममा समेत लुकाएको भन्दै उनका नामका अवैध सम्पत्ति जफत गर्न अदालतसमक्ष अख्तियारको माग छ । विशेष अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले आरोपित व्यक्तिबिना अभियोगपत्र दायर भएको जानकारी दिँदै मंगलबारदेखि अदालती प्रक्रिया सुरु हुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending