Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

सांसददेखि शिक्षकसम्म १९ हजारले लुकाए सम्पत्ति विवरण, अब अख्तियारले कारबाहि गर्ने

\"\"काठमाडाैं । राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरी चालू आर्थिक वर्षको सम्पत्ति विवरण नबुझाउने १९ हजार एक सय ३४ जनालाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने तयारी गरेको छ । पटक–पटक ताकेता गर्दासमेत सम्पत्ति विवरण नबुझाएपछि केन्द्रले उनीहरूलाई जरिवानासहित कारबाही गर्न सिफारिस गर्न लागेको हो । त्यसका लागि प्रतिवेदन तयार भइसकेको स्रोतले जनाएको छ । अाजको नयाँ पत्रिकामा खबर छ-यो वर्ष राज्य कोषबाट तलब–भत्ता बुझ्ने चार लाख ४९ हजार १३९ मध्ये १९ हजार एक सय ३४ ले सम्पत्ति विवरण बुझाएका छैनन् । नबुझाउनेमा निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरीदेखि पूर्वसांसदसम्म छन् । सतर्कता केन्द्रले उनीहरूलाई पाँच हजार जरिवानासहित कारबाहीको सिफारिस गर्न लागेको हो । राष्ट्रिय योजना आयोगका सदस्य डा. गोविन्दराज भट्टले पनि सम्पत्ति विवरण पेस नगरेको सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।  ३ हजार १६८ निजामती कर्मचारी सतर्कता केन्द्रका अनुसार निजामती सेवातर्फ यस वर्ष तीन हजार एक सय ७८ कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । यो संख्या स्वास्थ्य सेवाबाहेकको हो । निजामती सेवामा सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा धेरै श्रेणीविहीन कर्मचारी छन् । उनीहरूको संख्या एक हजार दुई सय ४२ छ । ४७ उपसचिव, तीन सय ८८ अधिकृत, ६ सय १३ नायब सुब्बा, ६ सय ४६ जना खरिदार, एक सय ८१ मुखिया, ४९ जना बहिदारले सम्पत्ति विवरण नबुझाएको सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख छ । एसएसपीले नै बुझाएनन् सतर्कता केन्द्रले अख्तियार पठाउन लागेको प्रतिवेदनमा सशस्त्र प्रहरीका १७ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको उल्लेख छ । त्यसमध्ये एक एसएसपी र दुई–दुईजना डिएसपी र इन्स्पेक्टर छन्।  शिक्षकको संख्या धेरै सतर्कता केन्द्रका अनुसार सम्पत्ति विवरण नबुझाउनेमा शिक्षकको संख्या सबैभन्दा धेरै छ । हरेक वर्ष सम्पत्ति विवरण नबुझाउनेमा शिक्षकको संख्या उच्च देखिने गरेको छ । देशभरका सामुदायिक विद्यालयका करिब ८० हजार ६ सय ४६ शिक्षकमध्ये ११ हजार ४५५ ले सम्पत्ति विवरण बुझाएका छैनन् । कस्तो छ कारबाहीको व्यवस्था ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) मा सार्वजनिक पद धारण गरेको र सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले साठी दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ । त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण पेस गर्नुपर्ने हुन्छ । सो व्यवस्थाअनुसार साठी दिनभित्र सम्पत्ति विवरण पेस नगर्ने व्यक्तिलाई आयोगले पाँच हजार जरिवाना गर्न सकिने ऐनमा उल्लेख छ । त्यस्तै, सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि उसले आफ्नो वा आफ्नो परिवारको नाममा अवैध सम्पत्ति राखेको अनुमान गरी छानबिन गर्न सक्ने व्यवस्था छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending