Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

वाग्मती सफाइ महाअभियानले २४५ हप्ताः मुहानबाटै बग्दै कालो पानी

\"\"काठमाडौं । वाग्मती सफाइ महाअभियानले २४५ हप्ता पार गरे पनि नदीको मुहानस्थलमै ढल हाल्ने क्रम भने अझै रोकिएको छैन ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको वाग्द्वारबाट बग्ने वाग्मती गोकर्णेश्वर नगरपालिका–१ मा आएपछि फोहर मिसिन शुरु हुन्छ । निकुञ्जभित्रै नगरपालिका पाँच बस्ती छन् । यी बस्तीको फोहर सिधै वाग्मतीमा जान्छ । यो अझै रोकिएको छैन । बस्तीमुनि उपत्यकामा ल्याइएको पानीको मुहान छ । बस्तीको कारण मुहान पनि फोहर बन्ने गरेको छ । नगरपालिका–१ मा निर्वाचित अध्यक्ष राम मानन्धरले नदी र पानीको मुहान सफा राख्ने हो भने यहाँको बस्तीलाई अन्यत्र सार्न गम्भीररुपमा काम गर्न अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई अनुरोध गरिएको सुनाउछन् । सुन्दरीजल क्षेत्रदेखि नदी किनारको दायाँबायाँ फाँटमा स्थापना गरिएका सुँगुर र बंगुरपालनका कारण नदीमा फोहर मिसिएको छ । फार्मको फोहर नदीमा पठाउन सजिलो हुने गरी फार्म खोलिएको प्रष्ट देखिए पनि अधिकार सम्पन्न वाग्मती समितिले अनुगमन गर्न सकेको छैन । नगरपालिका–४ को नदी किनारमा पनि सुँगुर बंगुर फार्म पालिनुका साथै ढल सिधै नदी किनारमा हालिएको छ । ४ नं वडाका अध्यक्ष श्रीकुमार श्रेष्ठ ढल सिधै हाल्ने र नदी किनारमा फोहर बढाउने गतिविधि गर्दा मुहान क्षेत्रकै नदीको पानी कालो बनेको बताउछन् । “यहीँ कालो पानी बगेको तस्वीर खिचेर अधिकार सम्पन्न वाग्मती समितिमा दिए पनि केही काम भएको छैन”– उनले भने । समितिका आयोजना प्रमुख आशिष घिमिरे भने कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुखसँग नदी सफाइ अभियानमा सहयोगको माग गर्दै पटकपटक बैठक गरे पनि समन्वय हुन नसकेको स्वीकार्छन् । उपत्यकाबाट ३२ मेट्रिक टन फोहर व्यवस्थापन  उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४५ औँ हप्तामा मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइका प्रमुख अभियन्ता एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, जीवन विज्ञानका एलपी भानू शर्मालगायत ४५० अभियन्ताको सहभागिता रहेको अभियन्ता माला खरेलले जानकारी दिए । गुह्येश्वरीमाथिको वाग्मती सफाइको २०६ औँ हप्तामा गोठाटार पुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पुडासैनी मैत्री समाज, राम्रो जोरपाटी, हाम्रो जोरपाटीलगायत संस्थाका १५० भन्दा बढी अभियन्ताले सहभागिता जनाएको अभियन्ता उत्तम पुडासैनीले बताए । वाग्मती प्रदूषण भएकाले आज पनि यस क्षेत्रको नदी किनारमा असली जातका माछा मरेको फेला पारिएको उनले सुनाए । वाग्मतीको तिलगंगा क्षेत्रको १५१ औँ हप्ताको सफाइका क्रममा आँखा अस्पताल वरपर जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरी घर र पसलबाट निस्किएको फोहर नदीमा नफाल्न आग्रह गरिएको अभियन्ता आशा पाण्डेले बताए । अर्को हप्तादेखि नदीमा फोहर फाल्नेलाई कारबाही गरिने उहाँले सुनाए । रुद्रमती सफाइको २०० औँ हप्तामा रातोपुल–ज्ञानेश्वर–कमलपोखरी –डिल्लीबजार–शास्त्रीमार्ग हुँदै मैतीदेवी मन्दिरसम्म जनचेतनामूलक ¥यालीसहित सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए । सफाइका क्रममा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा रुद्रमती सफाइ अभियानका संयोजक एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २५० भन्दा बढी अभियन्ताको सक्रियता थियो । सफाइले २०० हप्ता पार गरेको उपलक्षयमा माघ १३ गते शनिबार बूढानीलकण्ठदेखि वाग्मती दोभानसम्म १० स्थानमा नदीभित्रै पसेर सफाइ गरिने तयारी गरिएको छ । चक्रपथको सफाइको ४१ औँ हप्तामा अस्पतालदेखि उत्तर पश्चिम सुकेधारा चोकसम्म सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा सर्वसाधारण, प्रहरी, सेना, सफाइ अभियन्ता संघ संस्थासहित ३५० को सहभागिता थियो । सफाइमा पूर्वप्रधान सेनापति रुक्माङ्गत कटुवालको पनि सहभागिता रहेको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए । महानगरपालिकाको सहयोगमा चक्रपथको दायाँबायाँ भागमा पार्किङ गरिएका बेबारिसे सवारीसाधन उठाइएको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए । आलोकनगर सफाइको ४१ औँ हप्तामा मीनभवन क्षेत्रको घर दैलो सफाइ गर्दै जनचेतनामूलक ¥यालीसहित वाग्मती मनहरा दोभानमा सहभागिता जनाइएको अभियन्ता प्रमिला पौडेलले जानकारी दिए । चक्रपथको बाफलखण्ड सफाइको २३ औँ हप्तामा स्यूचाटारदेखि सीतापाइलाचोकसम्म सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक ताराबहादुर कुँवरले बताए । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले हाल देशव्यापी जागरणको अभियान लिएको छ । जागरणस्वरुप देशका ४५ भन्दा बढी स्थानमा नदी, शहर र बजार सफाइ अभियान शुरु भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending