Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

खबरडबली संवाददाता

रुकुम पूर्व। रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

लोकमार्ग अवरुद्ध हुँदा सवारीसाधन वारपार गर्न सकिरहेका छैनन् । यस खण्डमा काठमाडौँबाट छुटेका बसहरू फसेको भन्ने खबर आएसँगै इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा टोली खटाएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिए। अहिले पनि निरन्तर रूपमा हिमपात भइरहेको उनले बताए।

फसेका गाडी र यात्रुहरूको उद्धारको प्रयास भइरहेको र बाटो खुलाउनको लागि भूमे गाउँपालिकासँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताए। स्काभेटर लगाएर हिउँ पन्छाउने र बाटो खुलाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी परियारले बताए। 

रुकुम पूर्वको हिमाली तथा उच्च लेकाली क्षेत्रहरूमा गए रातिदेखि हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा भएको छ । हिमपातका कारण चिसोले मानिसहरूको जनजीवन प्रभावित भइरहेको छ भने लामो समयको अन्तरालमा भएको वर्षा र हिमपातको कारण किसानहरू खुसी भएका छन् । आकाशेपानीको भरमा खेती गरिरहेका किसानको पानी नपर्दा गहुँ बाली सुकिसकेको थियो । लामो समयपछि पानी पर्दा खेतीपातीलाई राहत मिलेको सिस्ने गाउँपालिका–५ का विमल बिसीले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीमा बौद्धिक युवा नेताको उम्मेदवारीले तरङ्ग

रुपन्देही। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रुपन्देहीमा नयाँ र बौद्धिक स्तरका धेरै युवाको उम्मेदवारी परेको छ । गत माघ ...

हरिबोल गजुरेल र महेश्वर दाहाल नेकपाबाट निष्कासित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेल र महेश्वर दाहाल पार्टीबाट निष्कासनमा परेका छन्। पार्टीको निर्णयविपरीत सिन्धुली–२ ...

भोलि संसदमा कुरा उठाउँदा अनुमान होइन, अनुभूतिमा आधारित तथ्य चाहिन्छ: बालेन शाह

तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले चुनावी अभियान कागजी बहसमा सीमित नराखी प्रत्यक्ष अनुभूतिमा आधारित हुनुपर्ने बताएका ...

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध

बैतडी। भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रम...

बाँकेका तीन पालिका हात्तीपाइलेको उच्च जोखिममा

नेपालगन्ज। विगत १५ वर्षदेखि निरन्तर हरेक वर्ष चल्दै आएको हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान प्रभावकारी नहुँदा बाँकेका तीन वटा पालिका अझैपनि सो ...

अनुमति लिएर राखिएका हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

सल्यान । जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार सल्यानमा स्थानीय प्रशासनले अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल गरेको छ । निर्वाचनलाई स्वच्छ...

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व। रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी...

कञ्चनपुर–१ मा पुरुषभन्दा महिला मतदाता बढी

कञ्चनपुर। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या तुलनात्मक रुपमा बढी रहेको छ । आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधि...

बदल्यौं कांग्रेस, बदल्छौं देश: सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् ।  शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending