Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

घरदैलोमा सिंहदरबार पुग्दा पनि जनतालार्इ सास्ती उस्तै

\"\"डोल्पा । सिंहदरबारको अधिकार घरदैलोमा भन्ने कुरा डोल्पाली जनताको हकमा भने लागू हुन सकेको छैन ।

विकट हिमाली जिल्ला डोल्पामा काम परेका बेला जनप्रतिनिधि र कर्मचारी नभेटिने गरेपछि जनताले पहिलेकै जस्तो सास्ती खेप्नुपरेको छ । यतिखेर जिल्लाका आठ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा सचिव र अध्यक्ष कार्यालयमा नभेटिने गरेपछि जनतालाई पञ्जीकरण, सिफारिशलगायत सुविधा लिन समस्या भएको छ ।

दुई नगरपालिका र छ गाउँपालिका गरेर ६५ वटा वडा रहेको डोल्पामा १८ वडा सचिवले सबै वडा धानेका छन्, बाँकी ४७ वटा वडा सचिवविहीन छन् । “एघार वडा रहेको ठूलीभेरी नगरपालिकामा यो समयमा एक जना मात्र वडा सचिव छन्, कोही नभएपछि दिनमा सेवा लिन आउने २० देखि ३० जनाको काम म गरिदिन्छु”, ठूलीभेरी नगरपालिकाका सहजकर्ता दिलु केसी बताउछन् ।

शे–फोक्सुन्डो गाउँपालिकाका जनता सात दिन लगाएर नागरिकता र नाबालक परिचयपत्र बनाउन सदरमुकाम दुनै पुग्दा सचिव नभएर काम नभएको शे–फोक्सुन्डो– २ का कुञ्जाङ गुरुङ बताउछन् । वडा सचिव र अध्यक्ष नभएपछि सिफारिशका लागि दिनभर जिल्ला समन्वय समितिका सहसंयोजकको घरमा बसेर सिफारिश ल्याएको छिरिक फुँञ्जो गुरुङ दुखेसो पोख्छन् । जनप्रतिनिधि र कर्मचारी नभेटिँदा उनीहरुको घरघर धाउँदै हप्ताँै दिन बितेको उनले बताए । डोल्पामा छ वडा सचिव जिल्लाका विभिन्न स्थानीय तहको निमित्त कार्यकारिणी अधिकृतको जिम्मेवारी लिएर काम गरिरहेका छन् । गाउँगाउँमा सिंहदरबार पुगे पनि उपल्लो डोल्पावासीलाई सचिव र अध्यक्ष खोज्दै हप्तौँ हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता कायमै रहेको उपल्लो डोल्पावासीको गुनासो छ । वडाध्यक्षलाई सिफारिश गराउन जाँदा पनि दिनभर हिँड्नुपर्ने समस्या कायमै रहेको उपल्लो डोल्पालीले बताएका छन् । “ वडाका अध्यक्षबाट हुने काम सबै काम सदरमुकाम दुनै पुगेर समन्वयका कर्मचारीबाट गराउनुपर्ने बाध्यता छ, कहाँबाट भयो घरघरमा सिंहदरबार ?” छार्काकी कुङापुटी लामाले प्रश्न गरे, “नौ महिना अगाडि जस्तो थियो अहिले पनि उस्तै छ डोल्पाली जनताको काम छोडेर काठमाडाँै बस्ने जनप्रतिनिधिलाई भोट दिएर बेकार भयो । ” डोल्पाका स्थानीय तहका प्रमुख उपप्रमुख, वडाध्यक्ष कर्मचारी सबैले राजधानी केन्द्रित भएर जनताको काम ठप्प गराएको उनी भन्छन् । हिउँदका समयमा जनप्रतिनिधि र कर्मचारी जनताको काम छाडेर तराईतिर झरेपछि जनतालाई सास्ती भएको नागरिक अगुवा सुरेन्द्र ढकालले बताए । जनताको काम अघिल्लो संरचनाभन्दा पनि जनप्रतिनिधि आइसकेपछि झनै ओझेलमा परेको उनको भनाइ छ । कर्मचारी र जनप्रतिनिधिको जाडो छल्न जाने प्रवृत्तिबाट डोल्पालीको सेवा प्रवाह रोकिएको ढकाल बताउछन् । स्थानीय सरकार गठन भएको नौ महिना बितिसक्दा समेत जनताले स्थानीय सरकारको अनुभूति गर्न नपाएको नेपाल पत्रकार महासंघ डोल्पाका अध्यक्ष तथा युवा बबीकिशोर गुरुङले बताए । “जिल्लाका ४७ वडा अझै सचिवविहीन छन्, भएका सचिव पनि विभिन्न बहानामा जिल्ला बाहिर गएका छन्, आजभोलि जनताको दैनिक काम प्रभावित भएको छ”, त्रिपुरासुन्दरी नगरपालिकाका बासिन्दाले सुमन थापाले भने । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending