Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

एमालेभित्र ‘महाभूकम्प’ गयो: मनाङ्गेलाई जेल सजाए सुनाएको भोलिपल्टै प्रहरीको अर्को ‘एक्सन’

\"\"काठमाडौं । नेकपा एमालेिभत्र दुइ दिनमा दुइ ठूला धक्का लागेको छ । दुइ सांसदमध्ये एकलार्इ ५ बर्ष जेल सजाए सुनाएको छ भने अर्का एक फरार रहेका सांसदलाइ पक्राउ गर्न प्रहरीले देशभर पत्राचार गरेको छ । हिजो मात्र सर्वोच्च अदालतले एमालेको समर्थनमा प्रदेशसभा सदस्य जितेका दीपक मनाङ्गे (राजीव गुरुङ) लाई ज्यान मुद्दामा पाँच वर्षको जेल सजाय थियो । तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले मंगलबार सदर गरेको हो । सर्वोच्चका न्यायाधीश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले पुनवेदन अदालत पाटनको फैसलालाई सदर गरेको हो । यसअघि नै उक्त मुद्दामा पुरावेदन अदालत पाटनले चारै जना प्रतिवादीलाई पाँच वर्षको कैद सजाग सुनाएको थियो । [caption id=\"attachment_81434\" align=\"alignleft\" width=\"750\"]\"\" दीपक मनाङ्गे[/caption] उक्त फैसाला रेवत कार्कीसहित तीनै प्रतिवादीले पुनरावेदन गरेता पनि दिपक मनाङेले भने पुनरावेदन नगरेकाले पुनरावेदन पाटनकै फैसला अन्तिम हुने गरी सर्वोच्चले सदर गरेको हो । त्यस्तै प्रहरी प्रधान कार्यालयले नेकपा एमालेबाट नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य तथा पूर्वडिआईजी नवराज सिलवाललाई पक्राउ गर्न सात वटै प्रदेशमा अाज पत्राचार गरेको छ । बुधबारप्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले सात वटै प्रदेश प्रहरी कार्यालयलाई पत्र लेखेर सिलवाललाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा उपस्थित गराउन निर्देशन दिएको हो । [caption id=\"attachment_171737\" align=\"alignleft\" width=\"750\"]\"\" नवराज सिलवाललाई पक्राउ गर्न सात वटै प्रदेशमा अाज पत्राचार[/caption] काठमाडौं प्रहरीमा दर्ता भएको मुलुकी ऐन किर्ते कागजको महल अन्तर्गतको सरकारी कागजात किर्ते मुद्धा अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्न भन्दै काठमाडौं प्रहरीले सिलवाललाई पक्राउ गरेर बुझाउन ललितपुर प्रहरीलाई गएको पुस १८ गते पत्राचार गरेको थियो । प्रहरीले पक्राउ गर्ने सुराकी पाएका सिलवाल मलेसिया गएपछि नेपाल फर्किएका छैनन् ।      
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending