Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

लमजुङका १० विद्यालयमा पाँच जनाभन्दा कम विद्यार्थी

\"\"लमजुङ । जिल्लाका ५६ विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ । जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार जिल्लाका १० विद्यालयमा पाँच जनाभन्दा कम विद्यार्थी पाइएको छ भने चालु शैक्षिक सत्रमा एउटा विद्यालयमा एक जना मात्र विद्यार्थी रहेको पनि पाइएको छ । तीन विद्यालयमा दुई–दुई जना, दुई विद्यालयमा तीन–तीनजना, दुई विद्यालयमा चार–चार जना र दुई विद्यालयमा पाँच–पाँच जना विद्यार्थी अध्ययनरत रहेको भेटिएको छ । बेँसीशहर नगरपालिका–१० बाँझाखेत साँधुमा रहेको बुद्धि विकास प्राथमिक विद्यालयमा एकजना मात्र विद्यार्थी अध्ययनरत पाइएको छ । बेँसीशहर–१० खाँचेकै गणेश प्रावि, मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानी भलामको अरुण्यदय प्रावि, मस्र्याङ्दी–३, खुदी अर्खलेबेसीको जनचेतना प्राविमा पनि दुई÷दुई जना मात्र विद्यार्थी छन् । जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत बाबुराम बरालका अनुसार राइनास नगरपालिकाको मोहोरियाकोटको वीरेन्द्र शान्ति प्रावि र मस्र्याङ्दी–६ बाहुनडाँडा डहरेको हिमालय प्राविमा तीन जना विद्यार्थी अध्ययनरत छन् । त्यस्तै, सुन्दरबजार नगरपालिकाको कुन्छास्थित बाल विकास प्रावि र मस्र्याङ्दी–१ घनपोखरा घोप्टेस्थित विद्याज्योति प्राविमा चार जना विद्यार्थी छन् भने घिम्राङको जनकल्याण प्राविमा पाँच जना, खुदी जिम्दुको देउराली प्राविमा पाँच जना मात्र विद्यार्थी छन् । जिल्लाका ३४९ विद्यालयमध्ये करिब १५० विद्यालययमा मुस्किलले २० जनासम्म विद्यार्थी रहेको शिक्षा कार्यालयको तथ्यांकमा उल्लेख छ । गाउँबाट शहर बसाइँसराइ गर्ने क्रम बढ्दो र सामुदायिकभन्दा निजी विद्यालयमा बालबालिका पढाउने संस्कारका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटदै गएको हो । शाखा अधिकृत बरालका अनुसार सामुदायिक विद्यालयबाट वर्षेनी चार हजार विद्यार्थी घटिरहेका छन् । यसअघि कार्यालयले विद्यार्थी संख्या कम भएका विद्यालयलाई गाभ्ने तयारी गरे पनि सफल भएको छैन । यसअघि विद्यार्थी संख्या अत्यन्तै कम भएका लमजुङका २० विद्यालय गाँभिएको थियो भने १० विद्यालयको तह घटाइएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies