Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

पार्टी एकताबारे ओली–प्रचण्डको बन्याे यस्ताे समझदारी

\"\"एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई मूर्त रूप दिन दुई छुट्टाछुट्टै कार्यदल बनाएर ठोस गृहकार्य गर्ने भएका छन् । वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यदलको गृहकार्यपछि एकतालाई अन्तिम रूप दिने आइतबार समझदारी भएको हो । आजको नयाँ पत्रिकामा खबर छ-ओलीनिवास बालकोटमा दुई नेताबीच एक सातापछि डेढ घन्टा छलफल भएको छ । पछिल्लोपटक ओली र प्रचण्डबीच १६ पुसमा प्रचण्डनिवास खुमलटारमा एकता केन्द्रित रहेर छलफल भएको थियो । नयाँ सरकारको नीति तथा कार्यक्रम तय गर्ने विषयमा पनि एकता संयोजन समितिमा छलफल गर्ने दुई नेताको समझदारी छ । सैद्धान्तिक–वैचारिक र सांगठनिक एकीकरण कार्यदल  पार्टी एकतालाई अन्तिम रूप दिन सैद्धान्तिक–वैचारिक र सांगठनिक एकता संयुक्त कार्यदल बनाउने समझदारी भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानकारी दिए । ‘संयुक्त कार्यदलले गर्ने गृहकार्यका आधारमा अन्तिम टुंगोमा पुगिनेछ,’ भेटवार्तापछि प्रचण्डले सञ्चारकर्मीहरूसँग भने । दुवै कार्यदलमध्ये एउटाले एकीकृत पार्टीका लागि सैद्धान्तिक–वैचारिक खाका तयार पार्नेछ भने अर्कोले केन्द्रदेखि तल्लो तहसम्मका दुवै पार्टी कमिटीको समायोजन र भ्रातृसंगठनहरूको समायोजनको मोडालिटी बनाउनेछ । ‘दुवै पार्टीबाट मिलाएर सानो टिम रहेको कार्यदल बनाउने समझदारी भएको छ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘कार्यदलमा रहने सदस्यहरूको नाम दुवै पार्टीले आन्तरिक बैठकमार्फत टुंगो लगाउनेछन् ।’ सैद्धान्तिक र वैचारिक तथा सांगठनिक एकताको ‘मोडालिटी’का विषयमा दुवै पार्टीका दोस्रो तहका नेताहरूबीच पनि अनौपचारिक छलफल चलिरहेको छ । एमालेबाट विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुनलगायत नेताहरूले अनौपचारिक तहमा ‘मोडालिटी’का विषयमा अनौपचारिक छलफल चलाउँदै आएका छन् । यद्यपि, अनौपचारिक छलफलकै विषयलाई कार्यदलमार्फत अन्तिम रूप दिएर एकता संयोजन समितिबाट अन्तिम टुंगो लगाउने नेताहरूको समझदारी छ । आज दुवै पार्टीमा आन्तरिक छलफल  पार्टी एकता र समसामायिक राजनीतिक विषयमा छलफल गर्न दुवै दलले सोमबार स्थायी समिति बैठक बोलाएका छन् । आइतबार दुई नेताबीच भएको समझदारी र संयुक्त कार्यदलका विषयमा दुवै पार्टीका अध्यक्षले स्थायी समितिमा ‘ब्रिफिङ’ गर्ने तयारी गरेका छन् । आन्तरिक छलफलपछि एकता समिति संयोजन समितिको बैठकबाट अन्तिम निर्णय गर्ने ओली र प्रचण्डबीच समझदारी छ । मंगलबार एकता संयोजन समितिको बैठक प्रचण्डका अनुसार दुवै पार्टीले आन्तरिक निर्णय गरेपछि मंगलबार एकता संयोजन समितिको बैठक बस्नेछ । ‘आन्तरिक छलफलपछि एकता संयोजन समितिको बैठकमार्फत केही दिनभित्र एकता प्रक्रिया निष्कर्षतिर पुग्नेछ,’ प्रचण्डले भने । समितिमा एमालेबाट अध्यक्ष ओलीसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल छन् । त्यस्तै, माओवादी केन्द्रबाट प्रचण्डसहित नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल छन् । एकतालाई गति दिएर ओली थाइल्यान्ड जाने एकता संयोजन समितिबाट कार्यदल गठन भएलगत्तै एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य उपचारको सिलसिलामा २६ पुसमा थाइल्यान्ड प्रस्थान गर्दै छन् । बैंककस्थित बुमरुङगार्ड अस्पतालमा स्वास्थ्य परीक्षणपछि ओली एक सातापछि स्वदेश फर्किनेछन् । ओली एक साता अस्वस्थ रहेका कारण दुई नेताबीच औपचारिक भेटघाट नभए पनि नियमित टेलिफोन संवाद भइरहेको थियो । २० पुसमा गृहजिल्ला चितवन गएका प्रचण्ड काठमाडौं फर्किएलगत्तै दुई नेताबीच संवाद भएको हो ।   आन्तरिक गृहकार्यपछि कार्यदलको प्रस्ताव  एकता प्रक्रियाका विषयमा विभिन्न मोडालिटीमा छलफल गर्दै आएका ओली र प्रचण्ड आन्तरिक गृहकार्यपछि संयुक्त कार्यदल बनाउने निष्कर्षमा पुगेका छन् । ओलीले यसबीचमै नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, निकट नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेललगायतसँग सुझाब लिएका थिए । त्यस्तै, प्रचण्डले पनि नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, जनार्दन शर्मालगायतसँग अनौपचारिक छलफल गरेका थिए । अन्तिममा मुख्य नेतृत्वको टुंगो कार्यदलले एकताको सैद्धान्तिक र सांगठनिक मोडालिटी तयार पारेपछि मात्रै सरकार र पार्टीको नेतृत्वबारे अन्तिम टुंगो लगाउने भएको छ । एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने करिब निश्चित भए पनि पार्टी नेतृत्व कसरी टुंग्याउनेबारे दुई नेताबीच निरन्तर संवाद चल्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending