काठमाडौँ । नेकपा संयुक्तका कार्यबाहक अध्यक्ष घनश्याम भूसालले निर्वाचनपछि पनि मुलुकका दुर्दिन तत्काल अन्त्य नहुने चेतावनी दिएका छन्। आन्तरिक राजनीति र भूराजनीतिक दबाबका कारण देश थप जटिल परिस्थितितर्फ धकेलिन सक्ने भन्दै उनले निर्भय भएर बाँच्नसमेत कठिन अवस्था आउन सक्ने बताएका छन्।
भिडियो सन्देशमार्फत भूसालले भने, ‘चुनावपछि पनि आन्तरिक राजनीति र भूराजनीतिले हामीमाथि थप चुनौती खडा गर्नेछ। त्यसैले शान्त र सजग भएर ती चुनौती सामना गर्न सक्ने अवस्थामा रहनु आवश्यक छ।’
उनले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको सन्दर्भ उठाउँदै नयाँ र पुराना दुवै दलको कडा आलोचना गरे। ‘पुराना दल सबै खराब भन्नेहरू र आफ्नै नालायकी छोप्न निर्वाचनमा होमिएर जनताको असन्तुष्टि झन् बढाउनेहरू दुवै गलत बाटोमा छन्,’ भूसालले भने।
भदौ २३ गते बानेश्वर पुगेपछि आन्दोलनको नेतृत्व अरूको हातमा गएको र यही कारण भदौ २४ गते प्रधानमन्त्री भाग्न बाध्य भएको उनको दाबी छ। उनका अनुसार पर्दापछाडि पुराना शक्तिहरूले राज्यलाई बन्धक बनाउँदा जनताको आक्रोश जेन्जी आन्दोलनको आवरणमा देखिएको हो। ‘तर आन्दोलनसमेत अरूको कब्जामा पर्यो,’ उनले टिप्पणी गरे।
भूसालले नालायकी लुकाएर जनतालाई फेरि झुक्याउँदै चुनाव जित्ने पुरानाको अभियानले देशलाई निकास नदिने बताएका छन्। यसमा भूराजनीतिक खेल खेल्ने शक्तिहरूको स्वार्थ थपिएको उनको आरोप छ। ‘देशमा आगो लगाउने आन्दोलन नेपाली नागरिकको स्वाभाविक चाहना होइन,’ उनले भने।
उनले चेतावनी दिँदै भने, ‘कुनै बेला एउटा ‘जखम’ आउँछ र सबै ठिक पार्छु भनेर फेरि जनतालाई झुक्याइन्छ। भित्री यथार्थ बुझ्न नपाउँदै हामीलाई अर्कै दिशामा जकडिइसकिएको हुन्छ। अहिले यही भइरहेको छ।’
सत्ताको सबै सुविधा र शक्ति हातमा हुँदा पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिचौलियातन्त्रसँग लड्न नसकेको कारण दुवैले ठूलो राजनीतिक क्षति बेहोरेको भूसालको भनाइ छ। ‘सत्ताको कुलत कति खतरनाक हुन्छ भन्ने उदाहरण शेरबहादुर देउवा हुन्,’ उनले थपे।
हालको राजनीतिमा ओली र प्रचण्ड असफल भए पनि उनीहरू राजनीतिको केन्द्रमा रहेकै बेला विचार, सिद्धान्त, इतिहास र समाजसँग बेखबर रवि लामिछाने र बालेन्द्र शाहको उदय भएको भूसालको टिप्पणी छ। ‘उनीहरूको शब्दकोशमा कुशासन र सुशासन छैन। देश बनाउँछु भन्छन्, तर कसरी बनाउने भन्ने उत्तर छैन,’ उनले भने।
नेपाली कांग्रेसप्रति टिप्पणी गर्दै भूसालले भने, ‘देउवाको नालायकी बोकेर जनताको घरघर जाने दासताबाट कांग्रेस मुक्त त भयो, तर गगन थापा र विश्वप्रकाश शर्मा पनि बिचौलिया र दलालतन्त्र चिन्छन्, तर त्यसको खुलेर विरोध गर्दैनन्।’
अन्त्यमा उनले मुलुकलाई अहिले घुस नखाने, बिचौलियाबाट मुक्त र नैतिकतामा आधारित पार्टीको आवश्यकता रहेको उल्लेख गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: