Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

मनाङमा चुनावी ट्विस्ट : कांग्रेसका लागि एमाले–राप्रपा एकैठाउँ

कांग्रेसलाई एमालेको साथ, नजानिँदो चुनावी गठबन्धन खुलासा

खबरडबली संवाददाता

मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ अब तीनवटा मात्रै चुनाव चिह्नमा मतदान हुने भएको छ । नेपाली कांग्रेसको रुख, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को रातो तारा र मङ्गोल नेशनल अर्गनाइजेसनको भाले चिन्ह मात्रै मतपत्रमा रहने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना उम्मेदवारी फिर्ता लिँदै नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मात्र प्रतिस्पर्धा हुने टुङ्गो लागेको हो । यस घटनालाई जिल्लामा एमाले–कांग्रेसबीच नजानिँदो तर व्यावहारिक चुनावी सहकार्यको रूपमा हेरिएको छ ।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार सुरुमा पाँच दलबाट उम्मेदवारी दर्ता भएको थियो । “निर्वाचनका लागि पाँच दलबाट उम्मेदवारी परेकोमा दुई दलले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि अब मतपत्रमा तीनवटा चिन्ह मात्रै रहने भएका हुन्,” पौडेलले जानकारी दिए ।

उनका अनुसार एमाले र राप्रपाले आ–आफ्ना उम्मेदवार फिर्ता लिएर कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि निर्वाचन समीकरण एकाएक बद्लिएको हो । यसले मनाङको चुनावलाई औपचारिकभन्दा बढी राजनीतिक समझदारी र रणनीतिक सहकार्यको उदाहरणका रूपमा लिइएको छ ।

अब चुनावी मैदानमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ मात्र प्रतिस्पर्धामा छन् ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मनाङ जिल्लामा कुल करिब सात हजार मतदाता रहेका छन् । देशकै सबैभन्दा कम मतदाता भएको जिल्लाका रूपमा परिचित मनाङमा एक अस्थायी केन्द्रसहित २९ वटा मतदान केन्द्र तोकिएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न १७१ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हिमाली भूगोल, मौसम र यातायातको कठिनाइलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा र व्यवस्थापनका सबै तयारी पूरा गरिएको जनाइएको छ ।

एमाले र राप्रपाको समर्थनपछि कांग्रेस उम्मेदवारको चुनावी सम्भावना बलियो देखिएको विश्लेषण भइरहँदा, सीमित मतदाता भएको मनाङमा एक–एक मत निर्णायक बन्ने अवस्था सिर्जना भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: