Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

मनाङमा चुनावी ट्विस्ट : कांग्रेसका लागि एमाले–राप्रपा एकैठाउँ

कांग्रेसलाई एमालेको साथ, नजानिँदो चुनावी गठबन्धन खुलासा

खबरडबली संवाददाता

मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ अब तीनवटा मात्रै चुनाव चिह्नमा मतदान हुने भएको छ । नेपाली कांग्रेसको रुख, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को रातो तारा र मङ्गोल नेशनल अर्गनाइजेसनको भाले चिन्ह मात्रै मतपत्रमा रहने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना उम्मेदवारी फिर्ता लिँदै नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मात्र प्रतिस्पर्धा हुने टुङ्गो लागेको हो । यस घटनालाई जिल्लामा एमाले–कांग्रेसबीच नजानिँदो तर व्यावहारिक चुनावी सहकार्यको रूपमा हेरिएको छ ।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार सुरुमा पाँच दलबाट उम्मेदवारी दर्ता भएको थियो । “निर्वाचनका लागि पाँच दलबाट उम्मेदवारी परेकोमा दुई दलले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि अब मतपत्रमा तीनवटा चिन्ह मात्रै रहने भएका हुन्,” पौडेलले जानकारी दिए ।

उनका अनुसार एमाले र राप्रपाले आ–आफ्ना उम्मेदवार फिर्ता लिएर कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि निर्वाचन समीकरण एकाएक बद्लिएको हो । यसले मनाङको चुनावलाई औपचारिकभन्दा बढी राजनीतिक समझदारी र रणनीतिक सहकार्यको उदाहरणका रूपमा लिइएको छ ।

अब चुनावी मैदानमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ मात्र प्रतिस्पर्धामा छन् ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मनाङ जिल्लामा कुल करिब सात हजार मतदाता रहेका छन् । देशकै सबैभन्दा कम मतदाता भएको जिल्लाका रूपमा परिचित मनाङमा एक अस्थायी केन्द्रसहित २९ वटा मतदान केन्द्र तोकिएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न १७१ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हिमाली भूगोल, मौसम र यातायातको कठिनाइलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा र व्यवस्थापनका सबै तयारी पूरा गरिएको जनाइएको छ ।

एमाले र राप्रपाको समर्थनपछि कांग्रेस उम्मेदवारको चुनावी सम्भावना बलियो देखिएको विश्लेषण भइरहँदा, सीमित मतदाता भएको मनाङमा एक–एक मत निर्णायक बन्ने अवस्था सिर्जना भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेतृत्वको परीक्षा बहसमा कि भोटमा ? ओली–बालेनकाे विषयले ततायो सामाजिक सञ्जाल

काठमाडौँ । दल र उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त रहँदा प्रधानमन्त्रीका दावेदारबीच सार्वजनिक बहस आवश्यक छ कि छैन भन्ने बहस भने सामाजिक सञ्जालमा चर्क...

रवि लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा...

स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल, सुपर सिक्सको आशा जीवित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ...

मनाङमा चुनावी ट्विस्ट : कांग्रेसका लागि एमाले–राप्रपा एकैठाउँ

कांग्रेसलाई एमालेको साथ, नजानिँदो चुनावी गठबन्धन खुलासा

चुनावले निकास नदिने दाबी गर्दै भूसालद्वारा पुराना र नयाँ दलको आलोचना

घुस नखाने, बिचौलियाबाट मुक्त र नैतिकतामा आधारित पार्टीको आवश्यकता छः

हरिबोल गजुरेलमाथिको कारबाहीप्रति झलनाथ खनालको आपत्ति, प्रचण्डलाई पार्टी संस्थागत बनाउन चेतावनी

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिन्धुलीमा बागी उम्मेदवारलाई साथ दिएको आरोपमा कारबाहीमा परेका ...

हिउँले थिचिएको अमेरिका: २० राज्यमा आपत्काल, १० लाख घर अन्धकारमा

काठमाडौँ। अमेरिकामा आएको भीषण हिमआँधीले आधुनिक पूर्वाधारमाथि गम्भीर परीक्षा लिएको छ। आइतबारदेखि देशका २० वटा राज्य र राजधानी वासिङ्टन डीसी आपत्कालको अ...

पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहनेछ मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागमा ...

संखुवासभामा जीप दुर्घटना : दुईजनाको मृत्यु, तीन घाइते

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीनजना घाइते भएका छन् ।   चैनपुरबाट ...

पर्यटक र बीमा ठगीको जालो: ‘फेक रेस्क्यू’ काण्डमा ६ ट्राभल व्यवसायी पक्राउ

काठमाडौँ। हिमाल, साहसिक पर्यटन र उद्धारको नाममा गरिएको ठगीको गम्भीर काण्डमा नेपाल प्रहरीले ठूलो कारबाही अघि बढाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending