Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

सिंहदरबारकै हालत बेहाल: न बत्ती न सुरक्षा

काठमाडाैं । स्थानीय तहको निर्वाचनपछि प्रमुख दलहरूले गाउँमा सिंहदरबारको अधिकार लैजाने बताउँदै आएका छन् । मुलुकको सुरक्षाको सबै अभिभारा सिंहदरबारमै केन्द्रित छ । तर, सम्पूर्ण अधिकार केन्द्रित भएको सिंहदरबार आफैँ अस्तव्यस्त छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्रकै अवस्था अति दुर्गम र पिछडिएको क्षेत्रजस्तो छ । अाजकाे नयाँ पत्रिकामा खबर छ-सुरक्षा अवस्था मात्र होइन, सिंहदरबारले बिजुली बत्तीको समेत अभाव झेल्दै आएको छ । \"\" ‘म्यानुअल चेक’ले समस्या सिंहदरबार प्रवेश गर्ने दक्षिण मोहडास्थित मुख्य ढोकामा अझै पनि परम्परागत तरिकाले नै सुरक्षा चेकजाँच हुन्छ । सुरक्षाकर्मीले परिचयपत्रबाहेक अन्य चेक गर्दैनन् । ‘अन्य मुलुकका सामान्य कार्यालय प्रवेश गरिँदा सुरक्षा चेकजाँचमा कुनै सम्झौता हुँदैन । आधुनिक सुरक्षा संयन्त्र प्रयोग गरिन्छ । तर, सिंहदरबार प्रवेश गर्नेको हकमा त्यस्तो केही छैन,’ सुरक्षा प्रहरी गण सिंहदरबारका प्रमुख डिएसपी प्रेम जोशीले भने । \"\" दैनिक ट्राफिक जाम सिंहदरबारभित्र प्रवेश गर्नेलाई जाँच गर्दा दिनहुँ अनामनगरदेखि हनुमानथानसम्म ट्राफिक जाम हुने गर्छ । सिंहदरबारभित्र करिब सात हजार कर्मचारी कार्यरत छन् । ती सबै १० बजे कार्यालय आउने र साँझ ५ बजे घर फर्कन्छन् । यो समयमा सधैँ ट्राफिक जाम हुने गर्छ । ‘सबै कर्मचारीलाई चेकजाँच गर्नै पर्‍यो । ‘म्यानुअल्ली’ सुरक्षा जाँच गरिँदा यस्तो समस्या आएको हो,’ डिएसपी जोशीले भने । अधिकांश पोलका बल्ब बल्दैनन् सिंहदरबारभित्र एक सय ५५ वटा बिजुलीका पोल गाडिएका छन्, सबैमा बल्ब जडान गरिएको छ । तर, ४२ पोलका बत्ती मात्रै बल्छन् । सिंहदरबारभित्रका मुख्य सडकमा मात्रै बत्ती छ । मन्त्रालयभित्रका पार्क, मन्त्रालय परिसर, सहायक सडक अँध्यारै रहन्छन् । सुरक्षा प्रहरी गण सिंहदरबारका प्रमुख डिएसपी प्रेम जोशीले पर्याप्त मात्रामा बिजुलीका पोल राख्न नसकिएको बताए । ‘हाम्रो रेकर्डमा १५५ ठाउँमा बिजुलीका पोल जडान गरिएका छन् । त्यसमध्ये अधिकांश बल्दैनन्,’ उनले भने । सिसिटिभी प्रयोजनविहीन बिजुली नबलेपछि सुरक्षा निगरानीका लागि जडान गरिएका सिसिटिभी पनि प्रयोजनविहीन भएका छन् । सिंहदरबारभित्र १९ ठाउँमा सिसिटिभी जडान गरिएका छन्, त्यसमध्ये १६ वटाले मात्रै काम गर्छन् । रातको समयमा भने त्यसले पनि काम गर्न छाड्छ । ‘दिउँसोको समयमा सिसिटिभीले राम्रै काम गर्छ, रातमा भने काम गर्दैन । सिंहदरबार छिर्ने मुख्य गेटमा बाहिर बलेका बिजुलीका कारण सिसिटिभीले जसोतसो काम गर्दै छ,’ डिएसपी जोशीले भने । पर्याप्त बत्ती नभएकै कारण सिंहदरबारभित्र चोरीका घटना हुने गरेको प्रहरीले जनाएको छ । केही दिनअघि सिंहदरबारभित्र बा २ झ २९२७ नम्बरको सस्पेन्सर ब्रिज गाडीको चारवटा टायर चोरी अँध्यारोकै कारण भएको प्रहरीको भनाइ छ । \"\" गृह मन्त्रालयछेउकै बाटो अँध्यारो गृह मन्त्रालयअगाडि हुँदै सिंहदरबारबाट बाहिरिने पश्चिमतर्फको गेटसम्म करिब दुई सय मिटर सडक कच्ची छ । वर्षाको समयमा सो सडक हिलोले हिँडिसक्नु हुँदैन । दुर्गम क्षेत्रजस्तो छ । अहिले पानी नपरेकाले धुलोले मुख छोपेर हिँड्नुपर्ने अवस्था छ । त्यति मात्र होइन, सो सडकमा बिजुली पनि छैन । सुरक्षाकर्मी रातको समयमा टर्चलाइट बालेर ओहोरदोहोर गर्छन् । ‘मुलुकको समग्र सुरक्षाको जिम्मा लिएको गृह मन्त्रालयकै अगाडि यस्तो अवस्था छ भने दुर्गममा झन् कस्तो होला ?’ एक सुरक्षाकर्मीले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending