Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

कमल थापामाथि लाग्यो बैठकमै यस्तो अारोप, देलान् त राजीनामा ?

\"\"काठमाडौं । राप्रपाको राजधानीमा जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ । बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी पराजयको जिम्मेवारी अध्यक्ष थापाले लिनुपर्ने भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका हुन् । नेताहरूले कांग्रेससँगको गठबन्धन प्रभावकारी बनाउन नसकेको, पार्टी विभाजन रोक्न नसकेको र टिकट वितरणमासमेत अध्यक्षले मनोमानी गरेको आरोप लगाए। केन्द्रीय सदस्य वसन्तमानसिंह अधिकारीले अध्यक्ष थापाका कारण पार्टीले लज्जास्पद पराजय भोग्नुपरेको आरोप लगाए । बैठकमा अध्यक्षविरुद्ध निकै आक्रामक बनेका उनले थापालाई इंगित गर्दै भने, ‘यसको जिम्मेवारी तपाईंले लिनुपर्छ । तपाईंले जानी जानी पार्टीलाई पराजित गर्नुभयो। तपाईंले राजीनामा दिनुपर्छ ।\' अधिकारीले पार्टी विभाजन रोक्न अध्यक्ष थापाले कुनै पहल नगरेको जिकिर गरे । उनले भने, ‘पार्टी एकतापछि हामी सांगठनिक रूपमा निकै सुदृढ भइसकेका थियौं, तर अध्यक्षले पार्टीका शीर्ष नेतालाई सँगै मिलाएर लैजान सक्नुभएन र पार्टी विभाजन रोक्न चासो दिनुभएन ।\' केन्द्रीय सदस्य विक्रम थापाले पनि नेतृत्वप्रति असन्तुष्टि जनाए । पार्टीले एजेन्डालाई बिर्सेर सत्तामा मात्र ध्यान दिएको र उनले अब नेतृत्वको कार्यशैली बदल्नुपर्नेमा जोड दिँदै हिन्दु राज्य र राजसंस्थाको मागलाई फेरि जनताबीच सशक्त रूपमा लैजानुपर्ने बताएका थिए ।
अधिकांश केन्द्रीय सदस्यले अध्यक्ष थापाको राजीनामा मागेका छन्। बिहीबारको बठकमा अध्यक्ष थापाले आत्मालोचना गरेका थिए। उनले पार्टी पराजयको नतिक जिम्मेवारी लिन आफू तयार रहेको बताए।
केन्द्रीय सदस्य मनोज प्रधानले पनि निर्वाचनमा पार्टीले अनपेक्षित हार बेहोरेको उल्लेख गर्दै नेतृत्वले यसको नैतिक जिम्मेवारी लिनुपर्ने बताए। उनले दोस्रो संविधानसभा निर्वाचनपछिका सबैजसो सरकारमा पार्टी सहभागी हुनुले जनताबीच पार्टीको नकारात्मक छवि बनेको बताए। उनले भने, ‘एजेन्डा एकातिर व्यवहार अर्कोतिर भयो। पार्टीमा सत्तामोह व्याप्त भयो र पार्टी नराम्ररी पराजित भयो।\' राप्रपानिकट भ्रातृसंस्था युवक संगठनका अध्यक्षसमेत रहेका केन्द्रीय सदस्य प्रकाश रिमालले पुरानो नेतृत्वबाट पार्टी नबन्ने भन्दै थापासँग नेतृत्व हस्तान्तरण गर्न माग गरे। उनले पार्टीको नेतृत्वसहित नाम नै परिवर्तन गर्न माग गरे। उनले पञ्चायती शैली र पञ्चहरूको झुण्डले राप्रपालाई विलय हुनबाट रोक्न नसक्ने बताए। उनले भने, ‘युवालाई नेतृत्व दिनुपर्छ। साथै राप्रपा नामले अब पार्टी अघि बढ्न सक्दैन। अरूलाई पनि समेटेर पार्टी बलियो बनाउने हो भने नाम फेर्नैपर्छ।\' बैठकमा अधिकांश केन्द्रीय सदस्यले अध्यक्ष थापाको राजीनामा मागेका छन्। बिहीबारको बैठकमा अध्यक्ष थापाले आत्मालोचना गरेका थिए। उनले पार्टी पराजयको नैतिक जिम्मेवारी लिन आफू तयार रहेको बताए। केन्द्रीय सदस्यको बोल्ने क्रम नसकिएकाले बैठक शुक्रबार पनि बस्ने छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending