काठमाडौँ। निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमहरुले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवं सूचनाको प्रवाह गर्न आग्रह गरेको छन्।
सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ विषयक कार्यक्रममा प्रमुख आयुक्त भण्डारीले निर्वाचनका क्रममा भ्रामक समाचार फैल्याउनबाट जोगिन सुझाव दिएको हो ।
उनले नागरिकलाई यतिबेला अत्यन्त सत्यतथ्य समाचार सामग्रीको खाँचो हुने हुँदा खास गरी सञ्चार माध्यमलले आचारसंहिताको पालना गर्ने र गराउने भूमिका निर्वाह गर्नुपर्ने बताए।
उनले भने, “सञ्चार माध्यमले सकेसम्म निर्वाचनका समाचार लेख्दा आधिकारिक स्रोतमा मात्रै आधार बनाउनुहुन अनुरोध गर्छु ।” डिटिल प्लेटर्फम कृत्रिम बुद्धिमता ९एआई० जस्ता एप्स प्रयोग गरेर यतिबेला सामाजिक सञ्जालमा कसैको छविमा आँच आउने खालका श्रव्यदृश्य सामग्री देखिएकाले यसलाई व्यवस्थापन गर्न निर्वाचन आयोगले मेटा, टिकटकलगायत सामाजिक सञ्जालसँग सम्झौता गर्न लागेको जानकारी दिए।
कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचनको आचारसंहिता पालना गर्ने र गराउनका लागि निगरानी गर्ने दायित्व सञ्चार माध्यमको हुने बताए ।
उनले खास गरी नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति ९रासस० लगायतका सरकारी सञ्चार माध्यमले नागरिक समक्ष सत्य र आधिकारिक समाचार सम्प्रेषणमा बढी जिम्मेवार हुनुपर्ने बताए।
उनले राससले सञ्चार गृहअन्तर्गत आन्तरिक रुपमा निर्वाचन आचारसंहिता बनाएकामा प्रशंसा गर्दै अन्य सञ्चार गृहले यस्तो अभ्यास सुरु गर्नुपर्ने बताए।
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा नागरिकलाई सही सूचना दिने र निर्वाचन सफल पार्न सघाउ पुर्याउन सञ्चारमाध्यमले अहम भूमिका खेल्नुपर्ने बताए।
सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले सञ्चारमाध्यमले निर्वाचन आचारसंहितासँगै पत्रकारको आचारसंहिता ध्यानमा राखेर पत्रकारिता गर्न सुझाव दिए । उनले सञ्चारकर्मी आफैँबाटै आचारसंहिता पालना भएको छ कि छैन भनि जाँच गर्नुपर्ने धारणा राखे । कुनै पनि पार्टीका उम्मेदवार वा विचार धाराका कुरा सामाजिक सञ्जालमा राख्ने जस्ता गतिविधि नगरी निष्पक्ष ढङ्गले पत्रकारिताको धर्म निभाउनुपर्ने उनले बताए।
टेलिभिजनले देशभरका आफ्नो समाचारदातालाई भिडियो कलमार्फत निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण तालिम दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८२ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकैको सडकमा गाडीबाट खसेक...
माघ १३ गते, २०८२ - १६:१३
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ...
माघ १३ गते, २०८२ - १५:४२
काठमाडौँ । सरकार र जेनजी प्रतिनिधि बिच भएको १० बुँदे सम्झौता विरुद्ध दायर रिटलाई सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने सूची’मा राखेको छ। सोमबार, न्यायाध...
माघ १३ गते, २०८२ - १५:३१
काठमाडौँ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क...
माघ १३ गते, २०८२ - १५:१६
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्न वर्तमान चलचित्र सम्बन्धि कानुन ...
माघ १३ गते, २०८२ - १५:०४
काठमाडौँ। निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार मा...
माघ १३ गते, २०८२ - १४:४८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सोमबार सुदूरपश्चिम दौडाहका लागि नेपालगञ्ज पुगेका छन्। विमानस्थलमा उनका समर्थक...
माघ १३ गते, २०८२ - १४:३६
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका छन् । देशका धेरै ठ...
माघ १३ गते, २०८२ - १४:२५
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा ले मधेशसँगको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यका साथ सर्लाही–४ मा उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्त...
माघ १३ गते, २०८२ - १४:१३
वाशिङ्गटन । संयुक्त राज्य अमेरिकाका विभिन्न भागमा आएको एक भयानक आँधीले कम्तिमा १० जनाको ज्यान लिएको छ । आँधीका कारण सार्वजनिक यातायात सेवा, उडान सेवा ...




प्रतिकृया लेख्नुहोस्: