Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

स्वदेशी चलचित्रको प्रवर्द्धनका लागि कानुन संशोधन गर्ने तयारी: मन्त्री सिन्हा

खबरडबली संवाददाता

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्न वर्तमान चलचित्र सम्बन्धि कानुन संशोधन गर्ने योजना रहेको बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको संघीय संसद राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले सांसदहरूले गरेका सुझाव र छलफलले देशको चाहना प्रतिबिम्बित गरेको बताए। उनले सरकार देशले चाहे अनुसारको चलचित्र निर्माणका लागि आवश्यक नीतिगत र कानुनी व्यवस्था गर्न इच्छुक रहेको पनि बताए।

मन्त्री सिन्हाले भने, “चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगको रूपमा विकास गर्न तथा स्वदेशी चलचित्रको प्रवर्द्धन र नियमनका लागि प्रचलित कानुनलाई संशोधन एवं एकीकरण गरेर नयाँ स्वरूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको छ। यहाँ भएको छलफलले कानुन परिमार्जनमा महत्वपूर्ण योगदान दिएको छ। यसले समाज र देशले चाहेका विविध आयामहरू समेटेको छ।”

सिन्हाले चलचित्र सम्बन्धि कानुन निर्माणका लागि भएको विचार विमर्श अति उपयोगी हुने विश्वास समेत व्यक्त गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कल सेन्टरमा जिज्ञासाको चाङ : मतदाता नामावली र आचारसंहितामा बढी चासो

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ मा मतदाता र सरोकारवालाको आक...

नेपालगञ्जमा बालेनका समर्थक सवार गाडीबाट खसे, ५ जना सामान्य घाइते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकैको सडकमा गाडीबाट खसेक...

बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ...

जेनजी र सरकारबीचको १० बुँदे सम्झौता विरुद्धको रिट ‘हेर्न नभ्याइनेमा

काठमाडौँ । सरकार र जेनजी प्रतिनिधि बिच भएको १० बुँदे सम्झौता विरुद्ध दायर रिटलाई सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने सूची’मा राखेको छ। सोमबार, न्यायाध...

दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो

काठमाडौँ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क...

स्वदेशी चलचित्रको प्रवर्द्धनका लागि कानुन संशोधन गर्ने तयारी: मन्त्री सिन्हा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्न वर्तमान चलचित्र सम्बन्धि कानुन ...

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौँ। निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार मा...

चुनावी प्रचारका लागि नेपालगञ्जमा पुगेका बालेनको क्रेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सोमबार सुदूरपश्चिम दौडाहका लागि नेपालगञ्ज पुगेका छन्। विमानस्थलमा उनका समर्थक...

किसानले माघ लागेपछि बल्ल टिप्न थाले सुन्तला

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका छन् । देशका धेरै ठ...

मधेशका कुरा काठमाडौंमा र काठमाडौंका कुरा मधेशमा सुनाउन इच्छुक छु: सभापति थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा ले मधेशसँगको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यका साथ सर्लाही–४ मा उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending