Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

राष्ट्र बैंकले किन जलायो ३ खर्ब ६१ अर्ब ४० करोड रूपैयाँ बराबर नेपाली नोट ?

\"\"काठमाडाैं । नेपालमा कागजी नोट सुरु भएको ७२ वर्षमा नेपाल राष्ट्र बैंकले ३ खर्ब ६१ अर्ब ४० करोड ४१ लाख रुपैयाँबराबरका नोटहरू जलाएको छ । चलनचल्तीमा रहेका कागजी नोटको सरदर आयु २ देखि ५ वर्षसम्म रहने राष्ट्र बैंकको भनाइ छ । आर्थिक वर्ष ०७३-७४ मा मात्र विभिन्न दरका २५ अर्ब ७५ करोड ४२ लाखबराबरका नोट जलाएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोटहरू फिर्ता ल्याएर जलाउने गर्छ । बैंक तथा वित्तीय संस्थाहरू एवं सर्वसाधारणसँग रहेका झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोटहरू आफ्नो नोटकोषमार्फत फिर्ता ल्याएर समय–समयमा जलाउने गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले बताए । अाजको नयाँ पत्रिकामा खबर छ-उनका अनुसार साना मूल्यका नोटको आयु सरदर २ वर्ष र ठूला मूल्यका नोटको आयु सरदर ५ वर्ष हुन्छ । ४ खर्ब ३ अर्बको नोट चलनचल्तीमा अर्थतन्त्रको आकारसँगै बजारमा चलनचल्ती हुने नोटको परिमाणसमेत बढ्दै गएको छ । हाल नेपालमा ४ खर्ब ३० अर्ब रुपैयाँबराबरका नोट चलनचल्तीमा छन् । यो अघिल्लो वर्षको भन्दा ११.६१ प्रतिशतले बढी हो । नोटको मूल्य र परिमाण दुवै बढेको राष्ट्र बैंकको तथ्यांक छ । ०७३ असारसम्म विभिन्न दरका ३ खर्ब ८६ अर्ब १६ करोड रुपैयाँबराबरका नोटहरु चलनचल्तीमा रहेका थिए । ०७४ असारमा आइपुग्दा नोटको परिमाण ११.६१ प्रतिशतले बढेर ४ खर्ब ३० अर्ब ९९ करोड रुपैयाँबराबर पुगेको हो । \"\"
सवा ४ खर्बका नोट बजारमा, एक वर्षमा ८९ अर्ब निष्कासन
अर्थतन्त्रको आकार, आर्थिक वृद्धि, मूल्य वृद्धि, बजारमा हुने कारोबारको प्रवृत्तिलगायतले नोटको आवश्यकता निर्धारण गर्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले बताए । ‘सामान्यतः अहिले हाम्रो अर्थतन्त्रको आकार तथा आर्थिक गतिविधि बढ्दै जाँदा बजारमा नगद प्रवाह पनि बढ्दै गएको छ,’ उनले भने, ‘सोहीकारण चलनचल्तीमा हुने नोटको मात्रा बढेको हो ।’ निष्कासित नोटका लागि सुरक्षणबापत विदेशी मुद्राहरू र विदेशी सुरक्षणपत्र राख्ने गरिन्छ । २ अर्ब १९ करोड थान नोट बजारमा अहिले बजारमा विभिन्न दरका २ अर्ब १९ करोड थान नोट चलनचल्तीमा छन् । राष्ट्र बैंकले आर्थिक वर्ष ०७३-७४ मा १ हजार दरको २० करोड थान, १ सय दरको १२ करोड थान, ५० दरको १५ करोड थान र २० दरको ५ करोड ५० लाख थान नोटहरू छपाइ गरी बैंकको ढुकुटीमा दाखिला गरिसकेको छ । त्यस्तै, ५ दरको नोट २६ करोड थान, १० दरको २४ करोड थान छपाइका लागि सम्झौता भइसकेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष ०७-७४ मा विभिन्न दरका ३८ करोड २१ लाख ५० हजार थान नोट चलनचल्तीका लागि निष्कासन गरेको हो । यो ८९ अर्ब ४ करोड २ लाख रुपैयाँबराबरको नोट हुन् । उक्त अवधिमा नोट छपाइ खर्च ९३ करोड ८७ लाख भएको उनले बताए । ७७ नोटकोषबाट नोट आपूर्ति राष्ट्र बैंकले आफ्ना शाखा तथा सरकारी कार्यालयका शाखाहरूमार्फत नोटको आपूर्ति गर्दै आएको छ । ती शाखा कार्यालयमार्फत चलनचल्तीका लागि योग्य नभएका नोटहरू खिच्ने (फिर्तालिने) पनि गरिन्छ । नेपालभरि नेपाली मुद्राको आपूर्ति व्यवस्था सरल, सहज र प्रभावकारी रूपमा कार्यान्वय गर्न र नेपाल सरकारको साधारण र पुँजीगत खर्चका लागि आवश्यक पर्ने रकम ७५ वटा नोटकोषबाट उपलब्ध गराइरहेको उनले बताए । राष्ट्र बैंकले आफ्ना ८ शाखा (उपत्यकाभित्र र बाहिरसमेत गरी), राष्ट्रिय वाणिज्य बैंकका ४३ र नेपाल बैंकका २४ वटा शाखा कार्यालयसमेत गरी ७७ वटा नोटकोषहरूमार्फत नेपाली नोटको आपूर्ति गर्ने तथा चलनचल्तीमा पठाउन योग्य नभएका नोटहरू खिच्ने कार्य हुँदै आएको छ । \"\" यसरी साट्न सकिन्छ नोट सर्वसाधारणले आफूसँग भएका चलनचल्तीका लागि अयोग्य नोटहरू राष्ट्र बैंकको काठमाडौं उपत्यकाको एउटा र उपत्यकाबाहिर रहेका ७ वटा शाखाबाट सटही गर्न सक्छन् । त्यस्तै, नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकका शाखाबाट समेत नोट सटही गर्न सकिन्छ । राष्ट्र बैंकले आफ्नो शाखा र नेपाल बैंक तथा वाणिज्य बैंकका शाखासमेत गरी ७७ वटालाई नोटकोष तोकेको छ । ती नोटकोषबाट ‘नेपाल राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली,२०५९’ अनुसार नोट साट्न सकिन्छ । नोटको दर र पुरा नम्बरसहित पचास प्रतिशतभन्दा बढी भाग भएको र दोहोरो सट्टा भर्ना जान नसक्ने यकिन भएमा नोट कोषले नयाँ नोट साटिदिन्छन् । तर, जोडा नमिलेको, सच्याइएको, मनोमानी लेखेको नोटको भने सट्टा भर्ना हुनेछैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending