Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

मधेस आन्दोलनकै उद्गमस्थलमा मधेसी गठबन्धन कमजोर !

\"\"काठमाडाैं । मधेश आन्दोलनको उद्गमस्थल मानिएको सिरहामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मधेशी गठबन्धन कमजोर देखिएको छ भने वाम गठबन्धन सुदृढ देखिएको छ । गत मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिँदा सिरहाको प्रतिनिधिसभा र प्रदेशसभाका १२ वटा क्षेत्रमध्ये ८ मा वाम गठबन्धनले बाजी मारेको छ । अाजको नयाँ पत्रिकामा खबर छ-सिरहाको प्रतिनिधिसभातर्फ रहेका ४ क्षेत्रमध्ये २ वटा र प्रदेशसभाको ८ वटामध्ये ६ वटा गरी ८ वटामा वाम गठबन्धनले सफलता हात पार्दा एक प्रतिनिधिसभा र २ प्रदेशसभामा मधेशी गठबन्धन र एक प्रतिनिधिसभामा कांग्रेस विजयी भएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार सुरेशचन्द्र दास यादव र क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठ निर्वाचित भए । यस्तै, क्षेत्र नम्बर १ मा कांग्रेसका नेता प्रदीप गिरी र क्षेत्र नम्बर ४ मा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव निर्वाचित भएको सिरहाका मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए । त्यस्तै सिरहाको प्रदेशसभातर्फ क्षेत्र नम्बर १ को (क) र (ख) दुबैमा वाम गठबन्धनकै उम्मेदवारहरु क्रमशः लगनलाल चौधरी (एमाले) र अशोककुमार यादव (एमाले) निर्वाचित भए । क्षेत्र नम्बर ३ को (क) र (ख) मा पनि वाम गठबन्धनकै उम्मेदवार विजयी भए । निर्वाचन क्षेत्र नम्बर ३ (क) मा माओवादी केन्द्रका रामकुमार यादव र (ख) मा एमालेका प्रमोद यादव निर्वाचित भए । भने क्षेत्र नम्बर २ (ख) मा एमालेका मदनसेन श्रीवास्तव र क्षेत्र नम्बर ४ (क) मा माओवादी केन्द्रका दिलीप साहले सफलता हात पारे । मधेशी गठबन्धनले सिरहा क्षेत्र नम्बर २ (क) मा र क्षेत्र नम्बर ४ (ख) मा मात्र विजयी हासिल गर्न सक्यो । क्षेत्र नम्बर २ (क) मा संघीय समाजवादी फोरम नेपालका विजय कुमार यादव र क्षेत्र नं ४ (ख) मा राजपाका सुरेश कुमार मण्डल निर्वाचित भए । प्रतिनिधिसभातर्फ एउटा मात्र क्षेत्रमा जित्न सकेको कांग्रेसले सिरहामा प्रदेशसभातर्फ एउटा पनि क्षेत्रमा जित्न सकेन । मधेशी गठबन्धनले जितेको सिरहाको तीन वटा क्षेत्रमध्ये दुई वटामा वाम गठबन्धन नै निकटतम प्रतिष्पर्धी रहे । यसरी मधेश आन्दोलनको उद्गमस्थलमै मधेशी गठबन्धनको चुनावी परिणाम निराशाजनक आएपछि नेता कार्यकर्ता मात्र होइन, सर्वसाधारणसमेत आश्चर्यचकित भएका छन् । आन्दोलनकै गर्भबाट जन्मेको मधेशी गठबन्धनले आन्दोलनकै उद्गमस्थलमा नराम्ररी पराजित हुँदा आफूहरु आश्चर्यमा परेको यहाँ सर्वसाधारण बताउँछन् । मधेशी गठबन्धनमा आबद्ध दलका नेताहरुबीच टिकट वितरणमा भएको किचलो, वामपन्थी दलहरुको सशक्त गठबन्धन, मधेशी गठबन्धनभित्रकै अन्तर्घात र अन्य दलहरुको धन बलका कारण यहाँ मधेशी गठबन्धनको कमजोर परिणाम आएको मधेशी गठबन्धनका नेता तथा राजपा नेपाल सिरहाका अध्यक्ष रामबहादुर महतो बताए । सर्वसाधारण मात्र होइन, स्वयं मधेशी गठबन्धनका नेताहरु समेत आफ्नै कमीकमजोरीका कारण चुनावमा अकल्पनीय परिणाम देख्नपरेको स्वीर्काछन् । ‘निर्वाचन हुनुभन्दा अघिसम्म हामी यस्तो नराम्रो परिणाम आउँछ जस्तो लागेको थिएन,’ महतोले भने– ‘तर अहिले जसरी परिणाम आयो, यो परिणामबाट हामी आश्चर्य परेका छौं ।’ ‘चुनावअघि सिरहामा प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फ ४ क्षेत्रमा जित्छौं भन्ने लागेको थियो, तर त्यो हुन सकेन,’ उनले अगाडि थपे – ‘हामी लामो समयसम्म आन्दोलनमा होमियौं तर आन्दोलनका एजेण्डाहरु जनतामाझ जसरी पुर्‍याउनुपर्दथ्यो त्यसरी पुर्‍याउन नसक्नु, राम्ररी प्रचारप्रसार गर्न नसक्नु र कतिपय ठाउँमा गठबन्धनकै कार्यकर्ताहरुबाट अन्तर्घात हुनु जस्ता कारणले हामी सिरहामा नमिठो हार बेहोर्न बाध्य भयौं ।’ आन्तरिक एकता मजबुत नहुनु र आन्दोलनका एजेण्डाहरु गाउँ गाउँसम्म पुर्‍याउन नसक्नु हारका अन्य कारण भएको उनको कथन छ । अहिलेको चुनावमा भएको कमीकजोरीमाथि गठबन्धन घटक दलका नेताहरुबीच छलफल गरी आगामी दिन सुदृढ ढंगबाट अघि बढ्ने उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending