Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

टिप्पणीः अब के गर्लान् सभापति देउवाले ?

[caption id=\"attachment_141499\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं । प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो। तर एमाले र माओवादी केन्द्रबीच भएको गठबन्धनका कारण मात्रै पार्टी कमजोर भएको हो भन्ने नेतृत्वको तर्कलाई समानुपातिकतर्फ कांग्रेसले पार्टीले ल्याउँदै गरेको मतले पनि सावित गर्न नसक्ने देखिइसकेको छ। समानुपातिकतर्फ समेत एमाले नै अग्रस्थानमा आएपछि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी परिणामलाई लिएर पार्टीभित्रबाटै परिरहेका दबाब कसरी झेल्लान् ? आजको कान्तिपुरमा खबर छ-कांग्रेसका नयाँ पुस्ताका नेताहरूले विशेष महाधिवेशन बोलाएरै पार्टीले कार्यकर्तामा पुनर्जागरणको सन्देश दिन आवश्यक रहेको बताउन थालेका छन्। तर देउवानिकट नेताहरू महाधिवेशन आहवान गर्ने पक्षमा देखिँदैनन्, हालको पराजयलाई सामान्य चुनावी जितहारका रूपमा लिनुपर्ने बताउँछन्। विशेष महाधिवेशन माग गर्दै आएका केन्द्रीय नेता गगन थापा भने पहिलो पुस्ताबाट पार्टीको पुनर्जागरण सम्भावना नरहेको ठान्छन्। यसको अर्थ युवा पुस्तालाई नेतृत्व दिएकै कारण पार्टीमा पुनर्जागरण भइहाल्छ भन्ने पक्षमा उनी छैनन्। ‘नेतृत्व दिने कि नदिने भन्ने मुख्य प्रश्न होइन। अबको पाँच वर्षसम्म पार्टीलाई एक नम्बरमा पुर्‍याउन युवा पुस्तालाई काम गर्ने वातावरण दिनुपर्छ भन्ने कुरा मुख्य हो,’ उनले भने, ‘तल्लो तहसम्म पार्टीलाई पुनर्जागरण गर्न सक्ने क्षमता हामीसँग छ, पदको लोभ छैन। तर, काम गर्ने वातावरण नेतृत्वले देओस्। एक नम्बरको पार्टी बनाएर हाम्रो पुस्ताले देखाउन सक्छ।’ अर्का नेता धनराज गुरुङले हालको अवस्था आउनुका पछाडि वाम गठबन्धनमात्रै कारण नभएको बताउँदै पार्टी र सरकार सञ्चालनमा समयको वेग बुझ्न नसक्दाको परिणति देखापरेको बताए। ‘अब पुरानो पीढीले नेतृत्व छाडेर अभिभावकको भूमिकामा बस्नुपर्छ। मिति नाघेको औषधि मानिसको जीवनमा जति हानिकारक हुन्छ, पार्टी जीवनमा पनि यो पुस्ता अझै रहनु उत्तिकै हानिकारक छ,’ गुरुङले भने, ‘यो वर्गका सबै नेताले अब ठाउँ छाडिदिएर अभिभावक भएर बसिदियो भने कांग्रेस फेरि अबको पाँच वर्षमा एक नम्बरमा आउँछ।’ उनले केन्द्रदेखि तल्लो तहसम्मको पार्टी संरचनामा पुनर्गठन नै सुधारको पहिलो खुडकिलो रहेको बताए। कांग्रेस सभापति देउवा निकट केन्द्रीय सदस्य प्रकाशशरण महतले भने तत्कालै महाधिवेशन या महासमिति बैठक नबोलाइने धारणा राखे। समानुपातिकको गणना सकिएलगत्तै केन्द्रीय कार्यसमिति बैठक बोलाएर कमीकमजोरीबारे छलफल गरिने उनले बताए। ‘हाम्रो सबैभन्दा कमजोरी आफूले गरेका राम्रा कामलाई पनि प्रचार गर्न नसक्नु हो,’ महतले थपे, ‘अब कांग्रेसले प्रोपोगन्डाको मेसिनरी राम्ररी चलाउन र परम्परागत शैली हटाउन सक्नुपर्छ। नेतृत्वमा को रहनेभन्दा पनि हामीले के गर्ने भन्ने कुरा बढी महत्त्वपूर्ण छ।’ उनका अनुसार पार्टीमा आमूल सुधार आवश्यक छ, त्यो भनेको पार्टी सञ्चालन प्रणालीलाई वैज्ञानिक बनाउनु र संगठनमा व्यापक कार्यविभाजन गर्नु हो। नेता थापाले चाहिँ पार्टीले लिने एजेन्डा र नीतिगत सिद्धान्तको प्रस्टता नेतृत्वबाटै आउनुपर्ने बताए। ‘नेतृत्व नै हामीलाई चाहिन्छ भन्दा महत्त्वाकांक्षी भनिएला, तर नेतृत्वको स्वीकार्यतासँगै पार्टीको एजेन्डामा प्रस्टता हुन सक्यो भने हामी पार्टीलाई एक नम्बर बनाउने अभियान सुरु गर्छौं,’ उनले भने। समानुपातिकतर्फको मतगणनाले वाम गठबन्धनका कारण मात्रै नभएर कांग्रेसको आफ्नै जनमत पनि खस्केको देखाउँछ। २०६४ को चुनावमा यस्तै हार व्यहोरेको कांग्रेस तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा भएको ०७० सालको चुनावमा पहिलो दल बन्न सफल भएको थियो। त्यसपछि कांग्रेस ठूलो दल भएकै अवस्थामा संविधान जारी भयो। संविधान कार्यान्वयन गर्ने महत्त्वपूर्ण स्थानीय तह (पहिलो चरणमा माओवादी नेतृत्वमा भएको बाहेक) प्रदेश र संघीय निर्वाचनसमेत कांग्रेसकै नेतृत्वमा सम्पन्न भए। तर, कांग्रेसलाई चुनावमा जनताले पत्याएनन्। कांग्रेस नेता थापाका अनुसार सरकारका केही गलत कामकारबाहीका कारण सबै राम्रा र ऐतिहासिक काम छायामा पार्ने गरी कालो बादल लाग्यो, जसलाई चिरेर कांग्रेस नेतृत्व अघि बढ्न सकेन। कांग्रेसको पराजयलाई धेरै नेताले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको कार्यशैलीलाई मुख्य जिम्मेवार ठानेका छन्। कांग्रेसका एक केन्द्रीय सदस्यले देउवालाई पार्टी संगठनको भन्दा सत्ता राजनीतिसँग बढी चिन्ता भएकै कारण पार्टीका काम ठप्पप्राय: भएको बताए। सरकारमा रहँदा पनि देउवाले आम जनमतविपरीत आईजीपी प्रकरण, तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने, विवादास्पद व्यक्तिलाई राजदूत बनाउनेलगायत निर्णय लिए, जसले कांग्रेसको सहरी जनमतलाई बढी चिढायो। देउवाले सभापति निर्वाचित भएको दुई वर्ष बित्न लाग्दा पनि पार्टी उपसभापति, महामन्त्री, सहमहामन्त्री बनाउन सकेका छैनन्। केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छैन। ४२ विभाग बन्न सकेका छैनन्। राष्ट्रिय र समसामयिक एजेन्डामा पार्टीभित्र छलफल गर्ने क्रम टुटेको छ। केन्द्रीय कार्यसमितिको बैठक महिनौं बोलाइन्न। ‘गिरिजाप्रसाद कोइरालाले सत्ता र शक्तिमा मात्र रमाउने संस्कृतिको विकास गरे, देउवाले त्यसैलाई चरमोत्कर्षमा पुर्‍याउने काम गरे,’ ती नेताको भनाइ छ, ‘शक्ति आर्जन गर्नका लागि पार्टीको नेतृत्वमा आउने र नेतृत्वमा आइसकेपछि त्यसैलाई उपयोग गर्दै सत्ता राजनीति मियो बन्ने गिरिजाप्रसादकै प्रवृत्ति देउवामा हावी देखिन थाल्यो। त्यसैले पार्टी कमजोर बन्दै गयो।’ महत विगतमा पनि त्यस्तै भएकाले अहिलेको नेतृत्वको आलोचना गरेरमात्रै समाधान नहुने बताउँछन्। केही समयअघि यस्तै आलोचना हुँदा देउवाले आफू निकटहरूसँग ‘गिरिजाप्रसाद र सुशील कोइरालाले त्यही गर्दा हुने, मैले गर्दा किन नहुने ? भनी टिप्पणी गरेका थिए।’ ‘अघिल्लो पुस्ताले पनि त्यस्तै गरेकाले अहिले पनि त्यही शैलीमा पार्टी सञ्चालन भएको हो, तर यो शैलीमा अब चल्दैन,’ महतले भने, ‘वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न पार्टीमा आमूल परिवर्तन हुन आवश्यक छ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending