Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

प्रदेश मुकाम सिफारिस, कहाँ-कहाँ ?

\"\" काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकारसमक्ष सिफारिस गरेको छ। प्रधानमन्त्री कार्यालयको समन्वयमा सहरी विकास मन्त्रालयले सातै प्रदेशको कार्यालय राख्ने ठाउँ पहिचान गरेको हो। अाजको अन्नपूर्णमा खबर छ-सरकारले प्रदेशसभा सचिवालय, प्रदेशसभा हल, प्रदेश सभामुख र उपसभामुखको निवास, प्रदेश प्रमुखको कार्यालय, प्रदेश मुख्यमन्त्रीको कार्यालय, प्रदेश मुख्यमन्त्रीको निवास तथा प्रदेश मन्त्रालयको कार्यालय रहने स्थान र ठाउँको पहिचान गर्न सहरी विकास मन्त्रालयका सहसचिव राजेन्द्रकुमार पौडेल नेतृत्वको विज्ञ टोली खटाएको थियो। विज्ञ टोलीले दिएको प्रतिवेदनका आधारमा मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वमा सचिवहरू सम्मिलित उच्चस्तरीय समितिले प्रदेशसभा सञ्चालन हुने स्थानबारे टुंगो लगाएको हो। यता, प्रधानमन्त्री कार्यालयले क्षेत्रीय प्रशासकलाई जिल्लाहरूमा समन्वय गरी प्रदेश कार्यालय रहने ठाउँको थप व्यवस्थापन गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीले सातै प्रदेशको सचिवालय तथा सभा सञ्चालन हुने स्थान र कार्यालयको पहिचान गरिएको जानकारी दिए। विज्ञ समितिले प्रदेश १ को इटहरीमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँ क्षेत्र उपयुक्त हुने सुझाव दिएपछि प्रदेश नं १ को प्रदेश सभाको बैठक सोही स्थानमा नै राखिने भएको छ। समितिको सिफारिसअनुसार प्रदेशसभा २ को बैठक भने मिथिला सांस्कृतिक केन्द्र जनकपुरमा बस्ने भएको छ। यसैगरी प्रदेश नं ३ को प्रदेशसभा बैठक भक्तपुर ठिमीस्थित कृषि विकास बैंकको तालिम केन्द्र अथवा सानो ठिमीस्थित शिक्षा विभाग क्षेत्रमा बसाउन उपयुक्त हुने प्रस्ताव गरिएको छ। यस्तै प्रदेश ४ को प्रदेशसभा बैठक पोखराको जिल्ला समन्वय समितिको कार्यालयमा बसाउन प्रस्ताव गरिएको छ भने प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय प्रशासन कार्यालयलाई नै बनाउन सुझाव दिइएको छ। प्रदेश ४ को मुकाम पोखरामा नै तोक्न कुनै विवाद नभएकाले सरकारले ४ नम्बर प्रदेशको प्रदेशसभा बैठक बस्ने ठाउँदेखि प्रदेश प्रमुख रहने तथा प्रदेशका मन्त्रालयहरू रहने ठाउँको समेत पहिचान गरिसकेको छ। यस्तै प्रदेश ५ को प्रदेशसभा बैठक दाङमा बस्ने निश्चित भए पनि स्थान भने निर्धारण हुन सकेको छैन। दाङको घोराहीमा प्रदेशसभा बैठक बसाउन सुुरुमा प्रस्ताव गरिए पनि त्यहाँ भवन अभाव हुन सक्ने भएकाले विकल्पका रूपमा लमही छनोट गरी भवनको खोजी गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यस्तै प्रदेश ६ को प्रदेशसभा बैठक सुर्खेतको शैक्षिक तालिम केन्द्रमा बस्ने भएको छ भने प्रदेश ७ को प्रदेशसभा बैठक दिपायलस्थित जिल्ला शिक्षा कार्यालयमा राख्न प्रस्ताव गरिएको छ। सातै प्रदेशको कार्यालय सञ्चालन गर्ने स्थान पहिचान गरी सरकारसमक्ष अस्थायी मुकाम तोक्न प्रस्ताव गरिए पनि सरकारले आवश्यकताअनुसार परिवर्तन गर्न सक्छ। ‘हामीले प्रस्ताव गरेका छौं। सरकारले अध्ययन गरी परिवर्तन गर्न सक्छ’, प्रधानमन्त्री कार्यालयका प्रवक्ता पन्थीले भने। सरकारले भोट बैंकमा असर पर्न सक्ने भन्दै निर्वाचनअघि प्रदेश प्रमुख नियुक्ति, प्रदेशको अस्थायी मुकाम तोक्ने तथा प्रदेश कार्यालय स्थापनाको निर्णय गरेको थिएन। महिला बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने जानकारी दिए। सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि प्रदेश प्रमुख तोक्ने र अस्थायी मुकाम तोक्ने विषयमा सामान्य छलफल भएको थियो। सामान्य छलफल भए पनि आगामी बैठकमा निर्णय हुनेछ, मन्त्री थापाले जानकारी दिए। प्रधानमन्त्री कार्यालयका प्रवक्ता पन्थीले प्रदेश कार्यालय सञ्चालन गर्ने स्थानको पहिचान गरी अस्थायी मुकाम तोक्न प्रस्ताव गरिएको बताए। ‘हामीले प्रस्ताव गरेका छौं। सरकारले थप अध्ययन गरी निर्णय लिन सक्छ’, प्रवक्ता पन्थीले भने। हाल सरकारले प्रदेशसभा बस्ने स्थान मात्रै तोक्नेछ। प्रदेश मुकाम भने प्रदेशसभा आफै‌ले तोक्ने पन्थीले बताए।

यस्तो छ विकल्प सहितको प्रस्ताव

प्रदेश १ : धरान, इटहरी वा विराटनगर धरान : सभागृह, कृषि विकास बैंक भवन, आन्तरिक राजस्व कार्यालयलगायत भवनमै प्रदेश सभाका विभिन्न कार्यालयको व्यवस्थापन गर्न सुझाव। इटहरी : पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँलाई प्रयोग गर्न सकिने। विराटनगर : जिल्ला समन्वय समिति, वीरेन्द्र सभागृह तथा विभिन्न क्षेत्रीय कार्यालय प्रयोग गर्न सकिने। प्रदेश २ : जनकपुर वा वीरगन्ज जनकपुर : मिथिला सांस्कृतिक केन्द्र तथा जनकपुर चुरोट कारखानाको हल प्रयोग गर्न सकिने। वीरगन्ज : महानगरपालिकाको हल तथा जिल्ला समन्वय समिति, नेपाल राष्ट्र बैंकको गेस्ट हाउस, नगरपालिकाको गेस्ट हाउसलगायत कार्यालय प्रयोग गर्न प्रस्ताव। प्रदेश ३ : ललितपुर वा भक्तपुर ललितपुर : कर्मचारी प्रशिक्षण प्रतिष्ठान जावलाखेल, स्थानीय प्रशिक्षण प्रतिष्ठान, महिला विकास विभाग, ठूला करदाताको कार्यालय, पुल्चोकका विभिन्न कार्यालय प्रयोग गर्न प्रस्ताव। भक्तपुर : भक्तपुरको ठिमी बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्र तथा शिक्षा विभाग र त्यहाँ रहेका सरकारी कार्यालय प्रयोग गर्न सकिने प्रस्ताव। प्रदेश ४ : पोखरा पोखरामा जिल्ला समन्वय समितिको कार्यालय, क्षेत्रीय कार्यालय, क्षेत्रीय प्रशासकको निवास, विभिन्न क्षेत्रीय कार्यालय, विभिन्न प्रशिक्षण केन्द्रलाई प्रयोग गर्न प्रस्ताव। प्रदेश ५ : दाङ वा बुटवल दाङमा घोराही तथा तुलसीपुर क्षेत्रमा प्रस्ताव गरिए पनि भवन अभाव हुँदा लमही क्षेत्रका सरकारी कार्यालय प्रयोग गर्न सकिने प्रस्ताव। लहमी : लमही नगर विकास समितिको बहुउद्देश्यीय भवन, भूमिगत जलसिँचाइ विकास डिभिजन कार्यालय, प्रगन्ना सिँचाइ आयोजनाका कार्यालय प्रयोग गर्न सकिने प्रस्ताव। घोराही र तुलसीपुर क्षेत्रमा पनि भवन खोज्ने काम जारी। प्रदेश ६ : सुर्खेत शैक्षिक तालिम केन्द्र, क्षेत्रीय वन तालिम केन्द्र, क्षेत्रीय प्रशासन कार्यालय र क्षेत्रीय प्रशासक निवास प्रयोग गर्न प्रस्ताव। प्रदेश ७ : दिपायल क्षेत्रीय प्रशासन कार्यालय, खानेपानी तथा ढल निकास विभागको क्षेत्रीय कार्यालय, शैक्षिक तालिम केन्द्र र विभिन्न क्षेत्रीय कार्यालय प्रयोग गर्न प्रस्ताव।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending