Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

प्रत्यक्षमा थोरै विजयी भएकाले समानुपातिकबाट ८०% महिला पर्ने

\"\"काठमाडाैं । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट थोरै मात्र महिला निर्वाचित भएकाले दलहरूले समानुपातिकबाट धेरै महिला (करिब ८० प्रतिशत) लाई सांसद बनाउनुपर्ने भएको छ । संवैधानिक व्यवस्थाअनुसार संसद्मा ३३ प्रतिशत महिला सदस्य अनिवार्य छ । दलहरूले प्रत्यक्षमा उम्मेदवार बनाउँदा नै थोरै मात्र महिलालाई समेटेका थिए भने विजयी भएर आउने महिला सांसदको संख्या त झनै न्यून छ । अाजको कान्तिपुरमा खबर छ-प्रतिनिधिसभामा ५ जना मात्र महिला निर्वाचित भएका छन् । प्यूठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, कञ्चनपुर–१ बाट माओवादी केन्द्रकी बिना मगर, ललितपुर–३ बाट माओवादीकै पम्फा भुसाल, झापा–३ बाट एमालेकी पवित्रा निरौला खरेल र रुकुमपूर्व १ बाट माओवादी केन्द्रकी कमला रोका विजयी भएका छन् । मतगणना जारी रहेका क्षेत्रमध्ये सुनसरी–३ मा एमालेकी भगवती चौधरी कांग्रेसका विजय गच्छदारसँग प्रतिस्पर्धामा छिन् भने स्याङ्जा–२ मा एमालेकी पद्मा अर्याल कांग्रेसका गोपालमान श्रेष्ठसँग प्रतिस्पर्धामा छिन् । प्रत्यक्षबाट निर्वाचित १६५ र समानुपातिकबाट ११० गरी प्रतिनिधिसभा २७५ सदस्यीय हुनेछ । यस्तै, राष्ट्रिय सभा ५९ सदस्यीय हुनेछ । राष्ट्रिय सभाका लागि ७ वटा प्रदेशबाट ८/८ जना निर्वाचित हुनेछन् भने राष्ट्रपतिद्वारा ३ सदस्य मनोनीत गर्ने व्यवस्था छ । संविधानअनुसार अब बन्ने संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभाको कुल ३ सय ३४ सिटको ३३ प्रतिशत अर्थात् १ सय १० सदस्य महिला हुनु अनिवार्य छ । संविधानको धारा ३८ (४) ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक प्रदान गरेको छ । धारा ८४ (८) ले भने संघीय संसद्मा कम्तीमा ३३ प्रतिशत महिला हुनैपर्ने भनेको छ । यस्तै व्यवस्था संविधानको धारा १७६ (९) ले प्रदेशसभाका निम्ति पनि गरेको छ, जसअनुसार संघीय संसद्को ३३४ सिटमा ११० महिला अनिवार्य छ । संविधानअनुसार ७ प्रदेशबाट एकल संक्रमणीय मतका आधारमा कम्तीमा तीन/तीन महिला राष्ट्रिय सभामा आउनेछन् । यस्तो प्रक्रियाबाट संसद्मा आउने महिलाको संख्या कम्तीमा २१ हुनेछ । त्यस्तै, राष्ट्रपतिले मनोनीत गर्ने ३ मध्ये एक महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । यसरी संसद्मा महिलाको संख्या कम्तीमा २२ पुग्नेछ । संसद्मा ३३ प्रतिशत पुर्‍याउन थप ८८ महिला सांसद चाहिन्छ । सोमबारसम्मको मत परिणामलाई आधार मान्दा ५ महिला मात्रै प्रत्यक्षतर्फबाट संसद्मा पुगे भने थप ८३ महिला सदस्य समानुपातिकबाट पुर्‍याउनुपर्नेछ । यसका निम्ति दलहरूले समानुपातिक सूचीबाट धेरै महिला सदस्य चुन्नुपर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending