Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

सभापति देउवा र पौडेलकै प्रदेशमा कांग्रेसको कसरी भयो पराजय ?

\"\"काठमाडाैं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै गृहजिल्ला डडेल्धुराबाट विजयी भए । तर, यस प्रदेशका बाँकी १५ सिटमा कांग्रेसलाई विजयी बनाउन सकेनन् । रमेश लेखक, एनपी, सावद, वीरबहादुर बलायर, रामजनम चौधरी, आरजु राणा र मोहनसिंह राठोरले जित्ने कांग्रेसको दाबी गलत साबित भयो । अाजको नयाँ पत्रिकामा खबर छ-स्थानीय तह निर्वाचनमा कांग्रेसले प्रदेश–४ मा एमाले र माओवादीको दाँजोमा धेरै सिट जितेको थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला भएकाले पनि यहाँ कांग्रेसलाई बलियो मानिएको थियो तर पौडेल आफैँ हारे । यस प्रदेशअन्तर्गत स्याङ्जा जिल्लाका दुई निर्वाचन क्षेत्रको मतगणना बाँकी रहँदा कांग्रेसले एक सिट मात्रै जितेको छ । नवलपुरबाट कांग्रेस महामन्त्री डा. शशांक कोइराला विजयी भए । १५३ प्रतिनिधिसभामा उम्मेदवारी दिएको कांग्रेसले अहिलेसम्म २१ ठाउँमा मात्र जित हात पारेको छ । मतगणना भइरहेका सुनसरी–३, कञ्चनपुर–३ र सर्लाही–२, स्याङ्जा–१ र स्याङ्जा–२ मा भने कांग्रेस प्रतिस्पर्धामै छ । तसर्थ, कांग्रेसले केही सिट बढाउने सम्भावना बाँकी छ ।
अन्य चार प्रदेशका प्रतिनिधिसभादेखि प्रदेश सभा सदस्यसम्म कांग्रेसको अवस्था दयनीय
कांग्रेसले दुई राप्रपालाई चारचारका दरले आठ, गोरखामा बाबुराम भट्टराई, अशोक राईलाई सुनसरी–१, उपेन्द्र यादवलाई सप्तरी–३ सप्तरी–२ र महन्थ ठाकुरलाई महोत्तरी–३ छोडेपछि १५३ प्रतिनिधिसभा उम्मेदवारी दिएको थियो । पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका ३७ क्षेत्रमा कांग्रेसले रसुवामा मात्र जित हासिल ग¥यो । सात प्रदेशसमध्ये कांग्रेसले १ बाट ४, २ बाट ५, ३ बाट ५, ४ बाट १, ५ बाट ५ सांसद जित्यो । प्रदेश नम्बर १ बाट कांग्रेसका हस्तीहरू कृष्ण सिटौला, डा. शेखर कोइराला, महेश आचार्य, विश्वप्रकाश शर्मा, बलबहादुर केसीजस्ता नेता पराजित हुन पुगे । प्रदेश नम्बर २ बाट प्रभावकाली नेता विमलेन्द्र निधि राजपाका राजेन्द्र महतोसँग पराजित भए । प्रदेश नम्बर ३ बाट नुवाकोटबाट डा. रामशण महत र अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशी, मोहन बस्नेतजस्ता चर्चित नेता पराजित भए । प्रदेश–४ बाट रामचन्द्र पौडेल नै पराजित भए । प्रदेश ५ बाट चन्द्र भण्डारी, ६ बाट पूर्णबहादुर खड्का र ७ बाट रमेश लेखक, एनपी, सावद, वीरबहादुर बलायर, रामजनम चौधरी, आरजु राणा र मोहनसिंह राठोरजस्ता जित्ने आकलन गरिएका नेता नै पराजित भएका हुन् । प्रतिनिधिसभातर्फ कहाँ–कति सिट ? प्रदेश ६ मा शून्य प्रदेश १ मोरङ–२ मीनेन्द्र रिजाल सुनसरी–४ ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–२ सीताराम मेहता उदयपुर–१ नारायण खड्का प्रदेश–२ सिरहा–१ प्रदिप गिरि रौतहट–२ अफताब आलम रौतहट–४ देवप्रसाद तिमल्सेना सप्तरी–४ तेजुलाल चौधरी बारा–१ उमाकान्त चौधरी प्रदेश– ३ काठमाडौं–१ प्रकाशमान सिंह काठमाडौं–४ गगनकुमार थापा काठमाडौं–६ भीमसेनदास प्रधान काठमाडौं–१० राजन केसी रसुवा – मोहन आचार्य प्रदेश–४ नवलपुर–१ शशांक कोइराला प्रदेश–५ रुपन्देही–४ प्रमोदकुमार यादव रुपन्देही–५ भरत शाह नवलपरासी–२ देवेन्द्रराज कँडेल बर्दिया–१ सञ्जय गौतम कपिलवस्तु–३ अभिषेकप्रताप शाह प्रदेश–७ डडेल्धुरा : शेरबहादुर देउवा दोस्रो दल बन्ने सम्भावना एमाले ७४ सिट जितिसकेको छ भने ५ वटामा अग्रता लिइरहेको छ । प्रत्यक्षमा ८० जित्दा समानुपातिकमा ४० सिट जिते एमालेको सिट संख्या १२० पुग्नेछ । एमाले पहिलो दल हुने सुनिश्चित भइसक्दा कांग्रेसले मुस्किलले दोस्रो दल बन्ने सम्भावना कायम राखेको छ । माओवादीले ३४ प्रतिनिधिसभा सदस्य जितेको छ र दुईवटामा अग्रता लिएको छ । यी दुई जितसहित समानुपातिकमा १५ सिट जित्दा ५० देखि ५२ सम्म बनाउन सक्नेछ । तर, कांग्रेसले यस्तोमा समानुपातिकमा बढीमा ४० जित्दा प्रत्यक्षका २१ गरी ६० को हाराहारी सिट जित्नेछ । यस्तो अवस्थामा माओवादीभन्दा कांग्रेस अघि हुनसक्ने छ । यद्यपि, समानुपातिकको मत आउने क्रम जारी छ । प्रदेश सभातर्फ कहाँ कति सिट ? प्रदेश सभातर्फ प्रदेश नम्बर १ का ५६ सिटमा कांग्रेसले ६ मा जितेको छ भने एकमा अग्रता लिएको छ । प्रदेश नम्बर २ का ६४ प्रदेश सभामा कांग्रेसले ८ वटामा मात्रै जितेको छ । प्रदेश नम्बर ३ का ६४ प्रदेश सभामा कांग्रेसले सातवटामा जित दर्ता गरेको छ । प्रदेश नम्बर ४ का ३६ प्रदेश सभामा कांग्रेसले ५ वटामा जितेको छ । प्रदेश सभा ५ मा ५, प्रदेश नम्बर ६ का २४ मा एउटा, प्रदेश ७ का ३२ सिटमा कांग्रेसले ५ वटा मात्रै प्रदेश सभा सदस्य जितेको छ । प्रदेश–६ मा शाही मात्र कांग्रेसले स्थानीय तहको निर्वाचनमा प्रदेश–६ मा एमाले र माओवादीसँग बराबर तह जितेको थियो । तर, प्रतिनिधिसभा निर्वाचनमा ६ नम्बर प्रदेशका १२ निर्वाचन क्षेत्रमा कांग्रेसले एक सिट पनि जित्न सकेन । २४ प्रदेश सभाका सदस्यमा हुम्ला ‘ख’ बाट जीवनबहादुर शाहीले जित्नु नै सिंगो ६ प्रदेशमा एक मात्र सिट हुन पुग्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending