Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

प्रतिनिधिसभामा यी हुन् पाँच महिला निर्वाचित

\"\"काठमाडाैं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका २० मध्ये पाँच महिला विजयी भएका छन् । चार महिला उम्मेदवारको अझै नतिजा आइसकेको छैन । माओवादी केन्द्रका तीन, एमाले र राष्ट्रिय जनमोर्चाबाट एक–एकजनाले प्रतिनिधिसभा सदस्यको सिट सुरक्षित गरेका हुन् । माओवादीबाट कञ्चनपुर–१ मा विना मगर, ललितपुर–३ मा पम्फा भुसाल र रुकुम पूर्वमा कमला रोका विजयी भएका छन् । त्यस्तै, झापा–२ बाट एमालेकी पवित्रा निरौला खरेल र प्युठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल सांसद निर्वाचित भएका छन् । अाजको नयाँ पत्रिकामा खबर छ-कञ्चनपुर–१ मा बिनाले कांग्रेस उम्मेदवार दिवानसिंह विष्टलाई, ललितपुर–३ मा भुसालले कांग्रेसका मदन अमात्यलाई, रुकुम पूर्वमा रोकाले कांग्रेसकै हरिशंकर घर्तीमगरलाई पराजित गरे । झापा–२ मा खरेलले कांग्रेसका उद्धव थापा र प्युठानबाट पौडेलले कांग्रेसका डा. गोविन्दराज पोखरेललाई पराजित गरे । संविधानले ३३ प्रतिशत महिला सहभागिता हुनैपर्ने व्यवस्था गरे पनि दलहरूले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ निकै थोरै उम्मेदवार बनाएका थिए । १६५ सिटमा कांग्रेसले नौ, एमालेले पाँच, माओवादी केन्द्रले चार, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एकजना महिला उम्मेदवार बनाएका थिए । राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा र संघीय समाजवादी फोरमले प्रतिनिधिसभामा महिला उम्मेदवार नै बनाएनन् । कांग्रेसबाट उम्मेदवार बनेका सबै पराजित कांग्रेसले प्रतिनिधिसभामा उम्मेदवार बनाएका सबै (नौ) महिला नेतृ पराजित भएका छन् । कांग्रेसले खोटाङबाट सरस्वती बजिमय, तेह्रथुमबाट सीता गुरुङ, बाग्लुङ १ बाट चम्पादेवी खड्का, महोत्तरी २ बाट किरण यादव, काठमाडौं ३ बाट अम्बिका बस्नेत, मकवानपुर २ बाट महालक्ष्मी उपाध्याय ‘डिना’, दाङ १ बाट सुशीला चौधरी र कैलाली ५ बाट डा.आरजु राणा देउवालाई उम्मेदवार बनाएको थियो । कैलाली १ की कांग्रेस उम्मेदवार ईश्वरी न्यौपाने तेब्बरभन्दा धेरै मतले पछाडि रहेर प्रतिष्पर्धा गरिरहेकी छन् । एमालेले उम्मेदवार बनाएका सुनसरी ३ की भगवती चौधरी, स्याङ्जा २ की पद्मा अर्याल र कैलाली १ की मदनकुमारी (गरिमा) शाहको नतिजा आइसकेको छैन । अर्याल र चौधरीले झिनो मतले अग्रता लिइरहेका छन् । शाह भने तेब्बर मतले पछाडि परेकी छन् । उदयपुर १ बाट एमाले उम्मेदवार बनेकी मञ्जु चौधरी पराजित भइन् । माओवादीबाट पर्सा ४ की उम्मेदवार उर्मिला अर्याल पराजित भइन् । भक्तपुर २ बाट उम्मेदवार बनेकी नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले पनि पराजय बेहोरेकी छन् । नगन्य उम्मेदवार प्रत्यक्षतर्पmको १६५ सिटमा कांग्रेसले नौ, एमालेले पाँच, माओवादी केन्द्रले चार, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एकजना महिला उम्मेदवार बनाएका थिए । प्रतिनिधिसभामा तीन दलित निर्वाचित प्रतिनिधिसभाको प्रत्यक्षतर्फ तीन दलित उम्मेदवार निर्वाचित भएका छन् । माओवादीबाट एक र एमालेबाट दुई दलित उम्मेदवार विजयी भएका हुन् । माओवादीबाट बाँके–१ मा महेश्वर गहतराज कांग्रेसका माधवराम खत्रीलाई पराजित गर्दै विजयी भए । गहतराजले ३१ हजार १७३ मत ल्याए भने खत्रीले २८ हजार २१७ मत पाए । रूपन्देही–१ बाट एमालेका छविलाल विश्वकर्मा र कास्की–३ बाट जगत विश्वकर्मा विजयी भए । छबिलालले ३४ हजार ७५२ र उनका प्रतिस्पर्धी कांग्रेसका अव्दुल रजाक गद्दीले २६ हजार ८८५ मत ल्याए । कास्की १ मा जगतले ३२ हजार ६९० र उनका प्रतिस्पर्धी कांग्रेसका शुक्रराज शर्माले २४ हजार ३०४ मत पाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending