Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

भावुक हुँदै बीनाले भनिन्-जीवनको सबैभन्दा ठूलो खुसी आज मसँग छैन..

\"\"काठमाडाैं । भीमदत्त नगरपालिका हाताभित्र कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम नतिजा घोषणाको तयारी भइरहेको थियो । कार्यालयबाहिर पार्टीका कार्यकर्ता, समर्थक र शुभेच्छुक जितको खुसियालीमा अबिरजात्रा गरिरहेका थिए। त्यही भीड छिचोलेर बीना मगर नगरपालिकाभित्र प्रवेश गरिन् । छोरालाई साथमा लिएर निर्वाचित भएको प्रमाणपत्र लिन पुगेकी बीनाको अनुहार मलीन देखिन्थ्यो। आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रकी नेत्री बीना मगरको मुहारमा खुसी छाएको थिएन । बीनालाई बधाई तथा शुभकामना दिनेहरूको लाम थियो। उनीहरूसँग सकी नसकी बोल्ने प्रयास गरिरहेकी थिइन् उनले । ‘आज ठूलो खुसीको दिन हो तर म खुसी हुन सकिरहेकी छैन’, बीनाले भनिन्, ‘मेरो जीवनको सबभन्दा ठूलो खुसी आज मसँग छैन ।’ आफूले खुसीको यो क्षणमा जीवनसाथी प्रकाशलाई सम्झिरहेको भावुक मुद्रामा व्यक्त गरिन् । निर्वाचन प्रचारका क्रममा मंसिर ३ गते प्रकाश दाहालको असामयिक निधनले पतिशोकमा परेकी बीना मगर विक्षिप्त भएकी थिइन् । पतिशोकका बेला धीत मरुन्जेल रुन पनि नपाई एक सातापछि चुनाव प्रचारमा होमिनुप‍रेको थियो । उनको यो पीडामा सबैले साथ दिए र आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतान्तरले निर्वाचित भइन् । बीनाले ३८ हजार ४ सय ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत पाए । ८८ हजार ५९ मतदाता रहेको कञ्चनपुर क्षेत्र नं १ मा ६३ हजार ३ सय १ मत खसेकोमा ६० हजार २ सय ६३ मत सदर भएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका दिवानसिंह विष्टसँग बीना मगर ७ सय मतले पराजित भएकी थिइन् । ‘अब मैले यो क्षेत्रका जनताको भरोसालाई ध्यानमा राखेर काम गर्नेछु’, उनले भनिन्, ‘मेरो जीवन यही क्षेत्रको समग्र विकासका लागि केन्द्रित रहनेछ ।’ आफ्नो दक्षता र क्षमताको भरपूर उपयोग गर्दै जनताको अपेक्षा पूरा गर्न निरन्तर लागिरहने उनले प्रतिबद्धता जनाएकी छन् । ‘निर्वाचन प्रचारका क्रममा हामीले सार्वजनिक गरेका प्रतिबद्धतापत्रलाई मुख्य मार्गचित्र मानेर यस क्षेत्रको विकासमा लाग्नेछु’, बीनाले भनिन्, ‘स्थानीय, प्रदेश र केन्द्र सरकारमा वाम गठबन्धनकै नेतृत्व हुने भएकाले विकास गर्न सहज हुनेछ ।’ बीनाले आमजनतासँग निरन्तर जनसम्पर्क स्थापित गर्न, गुनासो सुन्न र समस्या समाधानका लागि स्थानीय तहमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने पनि जानकारी दिएकी छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै बीना कञ्चनपुरबाट केन्द्रीय संसद्मा प्रत्यक्ष निर्वाचित हुने पहिलो महिला बनेकी छन् । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा मजदुर परिवारमा २०४० मंसिर २२ गते जन्मिएकी बीनालाई जन्मजात वामपन्थी बन्ने वातावरण मिल्यो । राज्यसत्ताको दमन, सामाजिक विभेद र शोषणलाई नजिकबाट देखेकी उनी १० वर्षे जनयुद्ध, माओवादी आन्दोलन हुँदै संसद्मा निर्वाचित भएकी हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending