Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

एमालेको चुनावी प्रचारप्रसार: कहाँ छन् मदन भण्डारी ?

\"\"काठमाडाैं । २०४७ सालमा एमाले गठन भएयताका प्रत्येक चुनावी प्रचार सामग्रीमा पार्टीका पूर्वमहासचिव मदन भण्डारीलाई प्रमुख ‘अनुहार’का रूपमा राखिँदै आएको थियो । यसपटकको चुनावमा भने एमालेले अध्यक्ष केपी ओलीलाई प्रमुखता दिएको छ । प्रयोगमा ल्याइएका तुल ब्यानर, पोस्टर र श्रव्य–दृश्यलगायतका कुनै पनि प्रचारप्रसार सामग्रीमा भण्डारी देखिँदैनन् । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले प्रयोगमा ल्याएका पोस्टरलगायतका निर्वाचन सामग्रीमा पनि अध्यक्ष ओली र उम्मेदवारहरूकै अनुहार प्रयोग गरिएको देखिन्छ । जबकि ०४८ यताका प्रत्येक चुनावमा त्यो ठाउँ पूर्वमहासचिव मदन भण्डारीले लिँदै आएका थिए । अाजको कान्तिपुरमा खबर छ-यस अवधिमा एमाले दुई वटा संविधानसभा निर्वाचन, तीनवटा संसदीय निर्वाचन र दुई स्थानीय निर्वाचनमा भाग लिइसकेको छ । यी सबै चुनावका प्रचार सामग्रीमा भण्डारीलाई प्रमुखताका साथ स्थान दिइँदै आएको थियो । केही महिनाअघिको स्थानीय तहको चुनावमा समेत भण्डारीका तस्बिर र विचार प्रयोग गरिएका थिए । तर, यसपटक न त भण्डारी देखिन्छन् न त उनका विचारहरू नै । छापा सामग्री, अडियोदेखि भिडियो सबैतिर अध्यक्ष ओली नै छाएका देखिन्छन् । किन चटक्कै बिर्सियो त एमालेले पूर्वमहासचिव भण्डारीलाई ? ‘जुन जतिबेला प्रभावकारी हुन्छ, त्यही प्रयोग गर्ने हो । त्यसैले यसपटकको चुनावमा अध्यक्ष र उम्मेदवारहरूकै अनुहार प्रयोग गरिएको छ,’ एमाले निर्वाचन परिचालन समितिका प्रवक्ता तथा पोलिटब्युरो सदस्य विष्णु रिमालले भने, ‘उम्मेदवारहरूलाई चिनाउनुपर्ने भएकाले यस्तो भएको हो, जुन आकर्षक बन्छ, त्यही प्रयोग हुन्छ । अन्य कुनै विशेष कारण छैन ।’ त्यसैगरी वाम गठबन्धनका रूपमा चुनावमा गएका कारण पनि पार्टी अध्यक्ष र उम्मेदवार केन्द्रित प्रचार सामग्री प्रयोग गरिएको रिमालले बताए । नेपाली कांग्रेस र तत्कालीन वाममोर्चाको संयुक्त आन्दोलनकै परिणामस्वरूप ०४६ सालमा प्रजातान्त्रिक आन्दोलनले सफलता हात पारेको थियो । त्यतिबेला छरिएर रहेका कम्युनिस्ट दलहरूलाई एक ठाउँमा ल्याएर वाममोर्चाको गठन गर्न र नेपाली कांग्रेससँग संयुक्त आन्दोलनमा जान स्व. भण्डारीले विशेष पहल गरेका थिए । उक्त राजनीतिक परिवर्तनपछिको आमनिर्वाचनमा भण्डारी काठमाडौं १ र ५ बाट निर्वाचित भएका थिए । क्षेत्र १ मा उनले तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई नै पराजित गरेका थिए । त्यो जितले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै उनको छवि उज्यालिएको थियो । माओवादीसँग गठबन्धन निर्माण गरेका बेला मदन भण्डारीलाई समेत ल्याउँदा ‘कम्युनिस्ट’ देखिने भएकाले पनि एमालेको चुनावी अभियानमा पछिल्लो बद्लाव आएको हुन सक्ने समाजशास्त्री प्राध्यापक चैतन्य मिश्रले बताए । ‘सबैभन्दा पहिले वाम गठबन्धनले दिएको ‘समृद्धि र स्थायित्व’ राजनीतिबाट अलग राख्न जबज र भण्डारीलाई बिर्सिएको हो भन्ने प्रश्नको निवारण गरिनुपर्छ । यदि त्यो हो र कसैले समृद्धि र स्थायित्व राजनीतिविहीन एजेन्डा हो भनेर दाबी गर्छ भने गलत हो,’ मिश्रले भने, ‘राजनीतिबाट अलग गरेर त्यस किसिमको लक्ष्य सम्भव छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending