Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

भ्रष्टाचार विरोधी अभियानका कारण सरकारबाट बाहिरिनुपरेको थियो, रुकुम पूर्वबाट जनताको बीचमा फर्कन्छु: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले भ्रष्टाचार विरोधी अभियान मन नपर्ने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन्। रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा चालेका कदमहरू केही शक्तिलाई मन नपरेको थियो।

प्रचण्डले प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध र सामाजिक विभेद अन्त्य गर्ने अभियान चलाएको स्मरण गर्दै, राष्ट्र तथा अन्तर्राष्ट्रिय सन्तुलित सम्बन्ध बनाएर मुलुकको समृद्धि बढाउने प्रयासमा ती अभियान मन नपरेको समूह सक्रिय भई सरकार ढलेको उल्लेख गरे। उनले अधुरा रहेका सुशासन र समृद्धिका कार्यक्रम पूरा गर्न जनताको र कार्यकर्ताको दृढता आवश्यक भएकाले पुन: जनताको बीचमा फर्कने तयारीमा रहेको बताए।

आगामी निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बन्ने निर्णयबारे प्रचण्डले भने, यो केवल निर्वाचन क्षेत्र परिवर्तन मात्र नभएको हो। रुकुम पूर्व जनयुद्धको केन्द्रीय आधार इलाका र ऐतिहासिक चुनवाङ बैठकबाट गणतन्त्रको घोषणा भएको क्षेत्र भएकाले, पार्टीको इतिहासको अविस्मरणीय घटनाहरूलाई सम्मान गर्न त्यहाँ जाने योजना रहेको उनले स्पष्ट पारे।

प्रचण्डले भोट माग्न मात्र नभई रुकुम पूर्वमा विकास, उत्पादन र रोजगारीको नयाँ मोडेल खडा गर्ने लक्ष्य राखेको बताए। जडीबुटी, पर्यटन, अर्ग्यानिक कृषि र आधुनिक भेडापालनमार्फत हजारौं युवालाई रोजगारी दिएर समाजवादको आधार तयार पार्ने योजना रहेको उनले सुनाए।

साथै, तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका सहिद तथा बेपत्ता योद्धालाई राष्ट्रिय सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरेको र पीडित परिवारलाई रोजगारी तथा आर्थिक परिपूरण दिने विधेयक तयार पारिएको जानकारी दिए। विधेयक कार्यान्वयनको सुरुवात रुकुम पूर्वबाट गर्ने योजना रहेको उनले बताए।

प्रचण्डले आफ्नो बाँकी जीवन राष्ट्र, सुशासन र समाजवादका लागि समर्पित गर्ने सङ्कल्प व्यक्त गर्दै, रुकुम पूर्वका जनताको भावना र विकासको चाहना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सैनिक कल्याणकारी भवनको भाडा विवाद, अदालतको आदेश उल्लङ्घन

काठमाडौँ । न्युरोडको महाङ्कालस्थित सैनिक कल्याणकारी भवनको भाडा विवाद अझै टुङ्गिएको छैन। सैनिक कल्याणकारी कोषले जयन्ती निर्माण सेवा प्रालिसँगको करार सम...

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनु भएको छ । क्...

जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१५ गिरावट, वार्षिक आधारमा वृद्धि

टोकियो। जापानको सरकारी तथ्याङ्कले जनाए अनुसार डिसेम्बर सन् २०२५ मा जापानको औद्योगिक उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो जानकारी जापानी अर्थ मन्त्रालयले...

प्रचण्डले एकताको नाममा झुट बोले—विप्लव

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एकताको नाममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झुट बोले...

भ्रष्टाचार विरोधी अभियानका कारण सरकारबाट बाहिरिनुपरेको थियो, रुकुम पूर्वबाट जनताको बीचमा फर्कन्छु: प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले भ्रष्टाचार विरोधी अभियान मन नपर्ने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान...

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौँ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्य...

निर्वाचन विशेष तयारी: गृह मन्त्रालयले ल्यायो वडा तहसम्मको सुरक्षा अवधारणा

काठमाडौँ। गृह मन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गरी निजलाई निर्वाचनका सबै प्रक्रिय...

धनकुटामा बस दुर्घटना, ६ जना घाइते

धनकुटा । कोशी लोकमार्गअन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमानामा पर्ने त्रिशुलेमा बस दुर्घटना भएको छ। तेह्रथुमबाट धरा...

ललितपुरमा श्रीमतीको हत्या गरि श्रीमानद्धारा प्रहरीमा आत्मसमर्पण

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले आफ्नी पत्नी कोपिला पाख्रिन (२३) लाई हत्या गरी प्रहरी कार्यालयमा आत्मसमर्...

उद्योग वाणिज्य संघद्वारा उपमहानगरलाई २५ वटा आगो निभाउने फायर स्ट्रिगुसर हस्तान्तरण

नेपालगन्ज। पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending