वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनु भएको छ । क्यानाडाले जर्जियास्थित गल्फस्ट्रीम एयरोस्पेसका जेट विमानलाई प्रमाणीकरण गर्न अस्वीकार गरेको आरोप लगाउँदै ट्रम्पले बदला स्वरूप यस्तो कदम चाल्न सकिने बताउनु भएको हो ।
सामाजिक सञ्जालमा गरिएको पोस्टमा ट्रम्पले क्यानाडाले आफ्नो निर्णय तुरुन्त सच्याएन भने अमेरिकामा बेचिने सबै क्यानाडाली विमानमा उच्च कर लगाइने उल्लेख गरेको छन् । उनले बोम्बार्डियरका ग्लोबल एक्सप्रेस व्यापारिक जेटको प्रमाणपत्र रद्द गर्ने प्रक्रिया अघि बढाइएको दाबी पनि गरेको छन् । उड्डयन विश्लेषण कम्पनी सिरियमका अनुसार हाल अमेरिकामा दर्ता भएर सञ्चालनमा रहेका करिब १५० ग्लोबल एक्सप्रेस विमान छन् ।
बोम्बार्डियर र गल्फस्ट्रीम व्यापारिक जेट बजारका प्रत्यक्ष प्रतिस्पर्धी हुन् । बोम्बार्डियरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्पको अभिव्यक्तिलाई गम्भीर रूपमा लिएको र क्यानाडा सरकारसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । कम्पनीले आफ्ना सबै विमान अमेरिकी सङ्घीय उड्डयन प्रशासनका मापदण्ड अनुसार पूर्ण रूपमा प्रमाणित रहेको र अमेरिकामा आफ्नो सञ्चालन विस्तार भइरहेको स्पष्ट पारेको छ ।
क्यानाडा सरकारका प्रवक्ताले यस विषयमा तत्काल प्रतिक्रिया दिएका छैनन् । तर म्याकगिल विश्वविद्यालयका उड्डयन विज्ञ जोन ग्रेडेकले प्रमाणीकरण सुरक्षा विषयसँग सम्बन्धित हुने र व्यापारिक कारणले प्रमाणपत्र रद्द गर्नु अभूतपूर्व हुने बताएको छन् । उनका अनुसार व्यापार युद्धको सन्दर्भमा यो कदम चरम दबाबको नयाँ सङ्केत हुन सक्छ ।
यसअघि सन् २०१७ मा पहिलो ट्रम्प प्रशासनका बेला अमेरिकी वाणिज्य मन्त्रालयले बोम्बार्डियरमाथि अनुचित सरकारी अनुदानको आरोप लगाउँदै शुल्क लगाएको थियो । तर पछि अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले क्यानाडाली कम्पनीले अमेरिकी उद्योगलाई क्षति नपुर्याएको ठहर गरेको थियो ।
विश्लेषकका अनुसार यदि अमेरिकी बजार बोम्बार्डियरका लागि बन्द भयो भने क्युबेकस्थित यस कम्पनीलाई ठूलो आर्थिक झट्का पुग्ने छ । क्यानाडाका अन्य विमान निर्माता तथा क्यानाडामा उत्पादन हुने एयर बसका परियोजनामा समेत यसको प्रभाव पर्न सक्ने अनुमान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १२:४५
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा नियुक्त भएको छन् । शिक्षा तथा खेलकुदमन...
जेष्ठ २८ गते, २०८३ - १२:२०
काठमाडौं। प्रतिनिधिसभा बैठकमा सामाजिक सञ्जालमा फैलाइएको फर्जी पोस्टरको विषय उठाइएको छ। उक्त पोस्टरमा केपी शर्मा ओली लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रा...
जेष्ठ २८ गते, २०८३ - १२:०५
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख २१ हजार राजस्व दाखिला भएको छ ...
जेष्ठ २८ गते, २०८३ - ११:४८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विद्युतीय सवारीसाधन (इभी) आयात सम्बन्धी विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। ...
जेष्ठ २८ गते, २०८३ - ११:३२
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले विद्युतीय सवारीसाधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। आरोप पुष्टि भए आफू ...
जेष्ठ २८ गते, २०८३ - ११:२५
काठमाडौँ। नेपालमा लागुऔषधको दुर्व्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोले सीमित स्रोतसाधनका बाबजुद आफ्नो सक्रियता बढाएको छ। ...
जेष्ठ २८ गते, २०८३ - ११:१५
कालीकोट। लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोर सडकखण्डमा ठुलो क्षति पुगेको छ। करिडोरको कालीकोट खण्डमा पर्ने सडकको एक भाग भासिएर क...
जेष्ठ २८ गते, २०८३ - ११:०९
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार...
जेष्ठ २८ गते, २०८३ - १०:५८
गौर। रौतहटको बौधीमाई नगरपालिका–७ बंकुल टोलबाट प्रहरीले अवैध रूपमा राखिएको करिब ९० लाख १६ हजार रुपियाँ बराबरको फर्सीको बीउ बरामद गरेको छ। विशेष सूचनाको...
जेष्ठ २८ गते, २०८३ - १०:२६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीसाधनमा गलत वर्गीकरण गरी ठूलो परिमाणमा राजस्व हिनामिना भएको आ...



प्रतिकृया लेख्नुहोस्: