Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

निर्वाचनमा बढी खपत हुने सामानको आयात घट्यो

\"\"काठमाडौं । निर्वाचनका समयमा बढी प्रयोगमा आउने वस्तुको आयात घटेको छ । निर्वाचनको अवसरमा सबैभन्दा बढी खपत हुने अल्कोहलिक पदार्थ, कागजजन्य वस्तु र ड्राई फुडको आयातमा कमी आएको छ । यसअघिका निर्वाचन वर्षमा यस्ता वस्तुको आयात वृद्धि भएकोे थियो। यतिबेला प्रतिनिधि र प्रदेशसभा निर्वाचनले देशभर रौनक ल्याएको छ । निर्वाचनका बेला बढी खपत हुने वस्तु स्वदेशमा नै पर्याप्त उत्पादन भएकाले आयात घटेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । दोस्रो संविधानसभाको निर्वाचन भएको वर्ष २०७०/७१ मा अल्कोहलिक पदार्थ, कागजजन्य वस्तु र ड्राई फुडको आयात ५६ प्रतिशतसम्म बढेको थियो । अाजको अन्नपूर्णमा खबर छ-तर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आव २०७४/७५ मा भने थोरै मात्र ड्राइ फुडको आयात बढे पनि अधिकांशको घटेको छ । अर्थ मन्त्रालयले दिएका जानकारीअनुसार दोस्रो संविधानसभाको निर्वाचनका बेला आयात भएको उपभोग्य वस्तुको तुलनामा अहिले कमी आएको हो । दोस्रो संविधानसभा निर्वाचनअगाडिको चार महिना भारत र तेस्रो मुलुकबाट हुने सबै उपभोग्य वस्तुमा आयात बढेको थियो। तर अहिले घटेको छ । आव २०७३/७४ को पहिलो चार महिना (साउन-कात्तिक) सम्ममा अल्कोहलिक पदार्थ ८५ करोड ५४ लाख रुपैयाँबराबरको आयात भएको थियो। तर चालू आव २०७४/७५ को पहिलो चार महिनामा अल्कोहलिक पदार्थको आयातमा १८.४४ प्रतिशतले कमी आएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । चालू आवको पहिलो चार महिना अल्कोहलिक पदार्थ ६९ करोड ७३ लाख रुपैयाँबराबरको मात्रै आयात भएको छ । तर दोस्रो संविधानसभाको निर्वाचन वर्ष आव २०७०/७१ को पहिलो चार महिनामा आव २०६९/७० को चार महिनाको तुलनामा आयात बढेको थियो। आव २०७०/७१ को पहिलो चार महिनामा ९६ करोड ८९ लाख रुपैयाँबराबरको अल्कोहलिक पदार्थ आयात भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाउँछ ।
निर्वाचनका बेला बढी खपत हुने वस्तु स्वदेशमै पर्याप्त उत्पादन भएकाले आयात घटेको हो ।
तर आव २०६९/७० को चार महिनामा ९६ करोड ५९ रुपैयाँबराबरको अल्कोहलिक पदार्थ आयात भएको थियो। दोस्रो संविधानसभाको निर्वाचन अगाडि अल्कोहलिक पदार्थको आयातमा ०.३१ प्रतिशतले वृद्धि थियो । निर्वाचनमा बढी उपभोग हुने सामानका रूपमा कागजजन्य वस्तु पनि पर्छ। तर, नेताले सामाजिक सञ्जाललाई बढी प्रयोगमा ल्याउँदा कागजजन्य वस्तुको आयातका कमी आएको अर्थ मन्त्रालयको अनुमान छ। निर्वाचन वर्ष भए पनि चालू आवको चार महिनामा कागजजन्य वस्तुको आयात गत आव २०७३/७४ मा भन्दा ३३.०२ प्रतिशतले कमी भएको छ । चालू आवको साउनदेखि कात्तिकसम्म ४६ करोड १८ लाख रुपैयाँबराबरको कागजजन्य वस्तुको आयात भएको देखिन्छ । तर चालू आव २०७३/०७४ को चार महिनामा कागजन्य वस्तुको ६८ करोड ९४ लाख रुपैयाँबराबरको आयात भएको थियो। आव २०६९/७० को चार महिनामा भएको कागजजन्य वस्तुको आयातभन्दा दोस्रो संविधानसभा निर्वाचन वर्ष २०७०/७१ मा ५६.८५ प्रतिशतले वृद्धि भएको थियो । आव २०७०/७१ मा ६१ करोड ४१ लाख रुपैयाँबराबरको कागजी वस्तु आयात भएको थियो भने २०६९/७० मा ३९ करोड १५ लाख रुपैयाँबराबरको आयात भएको थियो । चालू आवको चार महिनामा गत आव २०७३/०७४ को चार महिनामा सस, अचार, दालमोठ, पापड, मसला, कुरकुरे, लेजलगायत वस्तुको आयात केही बढेको छ । चालू आवको चार महिनामा २१ करोड ४६ लाख रुपैयाँबराबरका यी वस्तु आयात भएको देखिन्छ । गत आव २०६९/७० मा २० करोड ७१ लाखबराबरको आयात भएको थियो। तर सोही वस्तु दोस्रो संविधानसभा निर्वाचन वर्ष २०७०/७१ मा आव २०६९/७० भन्दा १३.८७ प्रतिशतले वृद्धि भएको थियो। दोस्रो संविधानसभा निर्वाचन वर्ष २०७०/७१ मा यी वस्तु १७ करोड २६ लाख रुपैयाँबराबरको आयात भएको थियो भने आव २०६९/०७० मा १५ करोड १६ लाख रुपैयाँबराबरको आयात भएको थियो । चालू आवको पहिलो चार महिनामा गत आवभन्दा कक्टेल आइटममा सबैभन्दा बढी वृद्धिदर देखिएको छ। कक्टेल आइटममा गत आव २०७३/७४ को भन्दा आव २०७४/७५ मा एक सय ४० प्रतिशतले वृद्धि भएको छ। आव २०७३/७४ मा भन्दा चालू आवको चार महिनामा बियरमा ५९ प्रतिशत, वाइनमा १० प्रतिशत, रम, ह्विस्की, जिनलगायतको आयात ३१ प्रतिशतले कमी आएको छ । तर बिस्कुटमा १० प्रतिशत र काजुमा ५७ प्रतिशतले आयात बढेको छ ।

किन घट्यो

स्वदेशी उत्पादन बढ्दा दैनिक उपभोग्य वस्तुको आयात घटेको अर्थ राजस्व सचिव शिशिर ढुंगाना बताउँछन् । खपत भने सामान्य अवस्थामै रहेको उनको भनाइ छ। हाल विदेशी ब्रान्डका अल्कोहलिक पदार्थसँग प्रतिस्पर्धा गर्दै नेपाली ब्रान्ड उत्पादन भइरहेका छन् । नेपाली उपभोक्ताले पनि विदेशीभन्दा नेपाली उत्पादनलाई मन पराउँछन् । तर नेताका लागि दिनहुँ जनताको घरघरमा हिँड्नेले प्रयोग गर्ने ड्राई फुड आयातमा थोरै कमी आए पनि अन्यमा जस्तो गिरावट भने आउन सकेको छैन। कागजी वस्तुको आयातमा कमी आउनुको प्रमुख कारण निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पनि हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending