Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

प्रदेश मुख्यमन्त्री र मन्त्रिपरिषद् यसरी चयन हुँदै: प्रदेशमा मन्त्रालय अन्तरिमकालीन ४९ वटा, तर बन्न सक्ने ११० वटासम्म

\"\"संघीय संसद् दुई सदनात्मक भए पनि प्रदेशसभा भने एक सदनात्मक हुनेछ । संविधानको धारा १६२ को उपधारा १ बमोजिम प्रदेशको कार्यकारिणी अधिकार प्रदेश मन्त्रिपरिषद्मा रहने छ । संविधानको धारा १६८ अनुसार प्रदेश प्रमुखले प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन हुनेछ । आजको अन्नपूर्णमा खबर छ-तर प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसके प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गरिने र त्यसरी नियुक्त गरेको व्यक्तिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । संविधानको धारा १६८ को उपधारा ९ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभाका सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम मुख्य मन्त्रीसहित प्रदेशसभाका कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्ने प्रावधान छ । हालको केन्द्रीय सरकारको एक उच्चस्तरीय समितिले तत्कालका लागि सातै प्रदेशमा सात÷सात वटा मन्त्रालयको अन्तरिमकालीन व्यवस्थापन गर्न प्रस्ताव गरे पनि संवैधानिक व्यवस्थाअनुसार प्रदेशमा कुल सदस्य संख्याको आधारमा मन्त्रालयको संख्या घटबढ हुन सक्ने देखिएको छ । प्रशासनका विज्ञहरूले भने प्रदेशको व्यवस्थापिकालाई संविधानले कुल सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्रालय राख्न बाटो खुला गरे पनि धेरै मन्त्रालय राख्दा मुलुकको आर्थिक भार बढ्न सक्ने भन्दै हाल बढीमा सात वटाभन्दा बढी मन्त्रालय नराख्न सुझाएका छन् । यद्यपि संवैधानिक व्यवस्थाअनुसार सात वटा प्रदेशमा एक सय १० वटा मन्त्रालयसम्म हुने छन् । जसअनुसार प्रदेश १ मा १९ वटा, प्रदेश २ मा २१, प्रदेश ३ मा २२, प्रदेश ५ मा १७, प्रदेश ६ मा ८ वटा र प्रदेश ७ मा ११ वटा सम्म मन्त्रालय रहन सक्छन् । निर्वाचन आयोगले प्रदेशको प्रत्यक्ष र समानुपातिक निर्वाचनको अन्तिम मतपरिणाम आउन कम्तिमा तीन साता लाग्ने बताएकाले पुस तेस्रो साताबाट प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरू चयन हुन सक्नेछन् । त्यसअघि नै प्रदेशमा निर्वाचित भएर आएका पाँच सय ५० जना सांसदहरू कहाँ बस्ने भन्नेबारे सरकारले कुनै निक्र्योल गर्न सकेको छैन । मुख्यमन्त्रीलाई सपथ खुवाउने प्रदेश प्रमुखसमेत नियुक्त हुन सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले हाललाई प्रदेशसभा बस्ने अस्थायी ठाउँहरूको खोजी भइरहेको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका संघीयता हेर्ने सचिव खगराज बरालले निर्वाचनलगत्तै प्रदेश प्रमुख नियुक्ति, प्रदेशको अस्थायी कार्यालय र कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धमा गृहकार्य अन्तिम चरणमा पुर्‍याइएको जानकारी दिए । प्रधानमन्त्री कार्यालयको समन्वयमा सहरी विकास मन्त्रालयले हाल सात वटै प्रदेशमा प्रदेश व्यवस्थापिका बस्ने तथा मुख्यमन्त्री र मन्त्रीहरू बस्ने ठाउँको खोजी गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE