Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

चुनावी माहोलसँगै महोत्तरीमा आर्थिक चहलपहल बढ्यो

खबरडबली संवाददाता

महोत्तरी। देश चुनावी रङले ढाकिँदै जाँदा त्यसको प्रभाव राजनीतिक गतिविधिमा मात्र सीमित छैन, यसको प्रत्यक्ष असर स्थानीय अर्थतन्त्र र समग्र बजारमा देखिन थालेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूको दौडधुप, सभा–समारोह र कार्यकर्ता परिचालन बढेसँगै बजारमा पनि चहलपहल व्यापक बढेको छ ।

केही महिनाअघिसम्म सुनसानजस्तै देखिने गौशाला, बर्दिवास लगायत तराई–मधेशका बजार क्षेत्र अहिले राजनीतिक भेटघाट, रणनीति बैठक र चुनावी कार्यक्रमले भरिन थालेका छन् । होटेल, लज र रेस्टुरेन्टमा चहलपहल बढेको छ भने यातायात व्यवसाय, छपाइ उद्योग, साउन्ड सिस्टम र प्रचार सामग्रीसम्बन्धी कारोबार उल्लेख्य रूपमा बढेको छ ।

बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काका अनुसार दैनिकजसो सबै दलका उम्मेदवारका कार्यक्रम भइरहेकाले स्थानीय व्यवसायमा नयाँ जीवन आएको छ ।

निर्वाचन प्रचारप्रसारसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ, सवारी साधनको माग उच्च छ र साना व्यवसायीहरूमा समेत आशा पलाएको देखिन्छ। अर्थ मन्त्रालयले निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड बराबर स्रोत सहमति प्रदान गरेको छ, जसले अर्थतन्त्रमा अस्थायी भए पनि चलायमानता ल्याउने अपेक्षा गरिएको छ ।

यही चुनावी आशाको छायाँ सेयर बजारमा पनि देखिएको छ। राजनीतिक स्थायित्व र नयाँ नेतृत्वप्रतिको अपेक्षाले लगानीकर्ता सेयर बजारतर्फ आकर्षित भएका छन् । पछिल्लो सातामा नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा उच्च कारोबार देखिएको छ । परिसूचकमा उतारचढाव भए पनि कारोबार रकम ऐतिहासिक रूपमा बलियो देखिएको हो । सोमबार १६ अर्ब १९ करोड रुपियाँको कारोबार भएको थियो भने अन्तिम दिन बिहीबार पनि १४ अर्ब ३३ करोड रुपियाँको कारोबार भयो ।

विशेषगरी पुँजीवादी आर्थिक नीति र निजी क्षेत्रमैत्री दृष्टिकोण लिएका नयाँ राजनीतिक शक्तिहरूको उदयले बजारलाई सकारात्मक सङ्केत दिएको विश्लेषकहरू बताउँछन् । माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता सम्पन्न भएसँगै नेप्से परिसूचक एकैदिन ४२ अङ्कले बढ्नु त्यसको उदाहरण मानिन्छ ।

निर्वाचन आयोगले मतपत्र छपाइ अन्तिम चरणमा पुर्‍याएको छ भने म्यादी प्रहरी भर्ना प्रक्रिया पूरा भइसकेको छ । माघको दोस्रो सातादेखि नेपाली सेना परिचालनको तयारीसँगै चुनावी तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । दातृ निकायहरूले पनि आवश्यक सहयोग उपलब्ध गराउन थालेका छन् ।

विश्लेषकहरूका अनुसार यो निर्वाचन जेन–जी आन्दोलनबाट उत्पन्न राजनीतिक चेतनाको परिणाम हो। कुशासन, भ्रष्टाचार र पुराना राजनीतिक शक्तिप्रतिको असन्तोषले नयाँ दल र नयाँ नेतृत्वप्रति जनआकर्षण बढाएको छ । यद्यपि, पुराना र सांगठनिक रूपमा बलिया दलहरू अझै कमजोर भइसकेका छैनन् र मिश्रित निर्वाचन प्रणालीका कारण स्पष्ट बहुमत आउन कठिन देखिन्छ ।

यसअघि बालेन शाह र कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिँदा सेयर बजारमा उल्लेख्य वृद्धि देखिएको उदाहरण दिँदै लगानीकर्ताहरूले नयाँ राजनीतिक शक्तिप्रति बजारको सकारात्मक धारणा रहेको बताउँदै आएका छन् । ती दलहरूको आर्थिक दृष्टिकोण उदारवादी तथा निजी क्षेत्रमैत्री भएकाले बजार अनुकूल वातावरण बन्ने अपेक्षा गरिएको छ ।

इतिहासले देखाएझैँ राजनीति र सेयर बजारबीच गहिरो सम्बन्ध छ । २०६४ सालको निर्वाचनमा माओवादी केन्द्रको प्रभाव बढ्दा सेयर बजारमा गिरावट आएको थियो । सो समयमा अर्थनीतिसम्बन्धी अभिव्यक्तिले बजारको मनोविज्ञान नकारात्मक बनेको उदाहरण पनि स्मरणीय छ । तर पछिल्ला वर्षहरूमा कम्युनिष्ट भनिने दलहरू समेत व्यवहारमा उदार अर्थनीतितर्फ उन्मुख हुँदै आएका छन् ।

हालको अवस्थामा सेयर बजार दलीय नामभन्दा पनि नीति, नेतृत्व र स्थायित्वप्रति बढी संवेदनशील देखिन्छ । पुराना अनुहार दोहोरिने हो कि भन्ने आशङ्का कायमै रहे पनि प्रमुख दलहरूमा युवा नेतृत्व अघि सारिएको छ । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ भने अन्य दलहरूमा पनि युवाको उपस्थिति उल्लेख्य देखिन्छ ।

जेनजी आन्दोलनको पृष्ठभूमिमा नयाँ सोच र युवा नेतृत्वको खोजी भइरहेको वर्तमान राजनीतिक माहौलले आगामी दिनमा सेयर बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । अहिलेको बजार दलीय नामभन्दा पनि नीति, नेतृत्व र स्थायित्वप्रति संवेदनशील देखिन्छ। नयाँ सोच, युवा नेतृत्व र स्थिर सरकारको अपेक्षाले चुनाव नजिकिँदै जाँदा बजार थप उत्साहित हुने विश्लेषकहरूको विश्वास छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हरिबोल र महेश्वरमाथिको कारबाहीले सिन्धुली–२ मा नेकपालाई सकस पर्ला ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता हरिबोल गजुरेल र महेश्वर दाहाललाई स्पष्टीकरणसमेत नलिई पार्टीबाट नि...

भारतमा सवारी दुर्घटनामा परि एक नेपालीको मृत्यु, एक घाइते

नेपालगन्ज। नेपाल भारत सीमा नजिकै भारतीय क्षेत्रमा बसले मोटरसाइकललाई ठक्कर दिँदा नेपालगन्ज पिप्रहवा निवासी एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते...

चुनावी माहोलसँगै महोत्तरीमा आर्थिक चहलपहल बढ्यो

महोत्तरी। देश चुनावी रङले ढाकिँदै जाँदा त्यसको प्रभाव राजनीतिक गतिविधिमा मात्र सीमित छैन, यसको प्रत्यक्ष असर स्थानीय अर्थतन्त्र र समग्र बजारमा देखिन थ...

सैनिक कल्याणकारी भवनको भाडा विवाद, अदालतको आदेश उल्लङ्घन

काठमाडौँ । न्युरोडको महाङ्कालस्थित सैनिक कल्याणकारी भवनको भाडा विवाद अझै टुङ्गिएको छैन। सैनिक कल्याणकारी कोषले जयन्ती निर्माण सेवा प्रालिसँगको करार सम...

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनु भएको छ । क्...

जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१५ गिरावट, वार्षिक आधारमा वृद्धि

टोकियो। जापानको सरकारी तथ्याङ्कले जनाए अनुसार डिसेम्बर सन् २०२५ मा जापानको औद्योगिक उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो जानकारी जापानी अर्थ मन्त्रालयले...

प्रचण्डले एकताको नाममा झुट बोले—विप्लव

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एकताको नाममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झुट बोले...

भ्रष्टाचार विरोधी अभियानका कारण सरकारबाट बाहिरिनुपरेको थियो, रुकुम पूर्वबाट जनताको बीचमा फर्कन्छु: प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले भ्रष्टाचार विरोधी अभियान मन नपर्ने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान...

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौँ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्य...

निर्वाचन विशेष तयारी: गृह मन्त्रालयले ल्यायो वडा तहसम्मको सुरक्षा अवधारणा

काठमाडौँ। गृह मन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गरी निजलाई निर्वाचनका सबै प्रक्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE